default_image

3 years ago

April 18, 2021

मलेसियामाथि नेदरल्यान्ड्सको जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर म्याक्स ओडाउडले नेदरल्यान्ड्सको इतिहासमा पहिलो टि२०आई शतक प्रहार गर्दा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजमा मलेसिया १५ रनले पराजित भएको छ । ओडाउडको शतकमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा विरानदीप सिंहले आक्रामक ब्याटिङ गरेपनि टोलीलाई जितसम्म डोर्याउन भने सकेनन् । मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै १ […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर म्याक्स ओडाउडले नेदरल्यान्ड्सको इतिहासमा पहिलो टि२०आई शतक प्रहार गर्दा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजमा मलेसिया १५ रनले पराजित भएको छ ।

ओडाउडको शतकमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा विरानदीप सिंहले आक्रामक ब्याटिङ गरेपनि टोलीलाई जितसम्म डोर्याउन भने सकेनन् । मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७६ रन जोड्यो । मलेसियाका लागि मध्यक्रमका ब्याट्सम्यान विरानदीपले ५३ बलमा ८७ रन जोडे । उनले ६ चौका र ६ छक्का प्रहार गरे । उनी १९ औं ओभरको चौथो बलमा सर्ट थर्ड म्यानको हातबाट क्याच आउट भए ।

मलेसियाले ओपनर सायद अजिज (७ रन), अनवर अरुदीन (६ रन) र कप्तान अहमद फाइज (शून्य) लाई सस्तैमा गुमाएको थियो । एक समय २०-३ को स्थितिमा रहेको मलेसियालाई शार्विन मुनिआन्दी र विरानदीपले ५८ रनको साझेदारी गर्दै उकासेका थिए । शार्विनले २० बलमा २८ रन जोड्ने क्रममा ४ चौका र १ छक्का प्रहार गरे ।

तल्लोक्रममा अमिनुदीन राम्लीले १५ बलमा २ चौका र २ छक्कासहित २६ रन जोड्दै विरानदीपलाई साथ दिएपनि मलेसियाले जित हासिल गर्न सकेन । विरानदीप आउट भएसँगै मलेसियाको जितको आशा समाप्त भएको थियो । नेदरल्यान्ड्सका आर्यन दत्त, बास डे लिड र सबास्टियन ब्राटले २-२ तथा पिटर सिलार र फिलिपे बोसेभेनले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन जोडेको थियो । नेदरल्यान्ड्सका लागि ओडाउडले ७३ बलमा १ सय ३३ रन जोडे । उनले १५ चौका र ६ छक्का प्रहार गरे । उनलाई बेन कुपरले अर्को एन्डबाट राम्रो साथ दिएका थिए । कुपर २० बलमा २ चौकासहित २० रन जोड्दै नटआउट रहे । यी दुईले तेस्रो विकेटका लागि नटआउट १ सय २५ रनको साझेदारी गरे ।

ओडाउडले ५९ बलमा शतक पूरा गरेका थिए । उनले सायद अजिजको बलमा पोइन्टमा छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । ओडाउड नेदरल्यान्ड्सका लागि टि२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने । यसअघि वर्तमान कप्तान पिटर शिलारको ९६ रनको स्कोर नै सर्वाधिक थियो ।

त्यसअघि तेस्रो ओभरमा नै टोबियास भिसलाई पवनदीप सिंहले १ रनमा बोल्ड गरेका थिए । ओपनर ओ’डाउड र स्कट एडवार्ड्सले दोस्रो विकेटका लागि बलियो साझेदारी गर्दै राम्रो अवस्थामा पुर्याए । उनीहरुले ३८ बलमा ४९ रनको साझेदारी गरेका थिए ।

एडवार्ड्स २३ बलमा ३१ रन जोड्दै अनवर रहमानको एलबीडब्लू धरापमा परे । उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस जितसँगै नेदरल्यान्ड्सको पनि २ अंक भएको छ । नेपालको पनि २ अंक छ र रनरेटको आधारमा नेपाल शीर्षस्थानमा छ । नेपालले अब दोस्रो खेलमा सोमबार मलेसियाको सामना गर्नेछ ।

नेदरल्यान्ड्सको टोली : पिटार सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट

मलेसियाको टोली : अहमद फेज, विरनदिप सिंह, अमिनुदीन राम्ली, अनवर अरुदीन, अनवर रहमान, खिजार हायत, मुहमद वाफिक, शर्विन मुनींदी, पवनदीप सिंह, शफिक सरिफ, सायद अजिज

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

Success

Thank you for your time.