default_image

3 years ago

April 18, 2021

डि भिलियर्स र म्याक्सवेलको उत्कृष्ट ब्याटिङमा कोलकातालाई विशाल लक्ष्य

एजेन्सी – मध्यक्रमका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल र एवी डी भिलियर्सको उत्कृष्ट ब्याटिङमा बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को १० औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनायो । बेंगलोरले सुरुवात […]

52 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल र एवी डी भिलियर्सको उत्कृष्ट ब्याटिङमा बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को १० औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ ।

चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनायो । बेंगलोरले सुरुवात खराब गरेपनि म्याक्सवेलले मध्यक्रम र डी डिभिलियर्सले अन्त्य उत्कृष्ट गरेपछि विशाल योगफल तयार पारेको हो । बेंगलोरका ग्लेन म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । डी भिलियर्स ३४ बलमा ९ चौका र ३ छक्का सहित ७६ रनमा अविजित रहे । काइल जामिसन ४ बलमा १ चौका र १ छक्का सहित ११ रनमा अविजित रहे ।


कप्तान विराट कोहली ५ र राजत पातिदर १ रनमा आउट भएपनि तेस्रो विकेटका लागि म्याक्सवेलले देवदत्त पाडिक्कलसँग मिलेर ५८ बलमा ८६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । पाडिक्कल २८ बलमा २ चौका सहित २५ रनमा आउट भए । चौथो विकेटका लागि डिभिलियर्स र म्याक्सवेलले मिलेर ३७ बलमा ५३ रन जोडेका थिए ।

कोलकाता स्पिनर बरुण चक्रवर्तीले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्स र प्रसिद्ध कृष्णाको नाममा १-१ विकेट लिए ।

April 19, 2024

नेपाल युएईको सामना गर्दै

मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा लक्ष्य सहित ओमान आएको नेपाली क्रिकेट टोलीले आज सेमिफाइनलमा चिर प्रतिद्वन्दी (संयुक्त अरब इमिरेट्स) युएईको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल समूह एको विजेता र युएई समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।भएको छ । गत संस्करणको फाइनलमा भिडेका यी दुई […]

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

Success

Thank you for your time.