default_image

3 years ago

April 18, 2021

लगातार तेस्रो जितसँगै बेंगलोर शीर्षस्थानमा

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजित गर्दै लगातार तेस्रो जितका साथ बेंगलोर शीर्षस्थानमा उक्लिएको हो । जितको लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६६ रन बनायो […]

67 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजित गर्दै लगातार तेस्रो जितका साथ बेंगलोर शीर्षस्थानमा उक्लिएको हो ।

जितको लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । कोलकाताका फिनिसर आन्द्रे रसेल २० बलमा ३ चौका र २ छक्का सहित ३१ रनमा बोल्ड आउट भए । ओपनर नितिश राना १८, सुमभन गिल २१ र राहुल त्रिपाठी २५ रनमा आउट भए । गिलले ९ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । ओईन मोर्गन २३ बलमा १ चौका र २ छक्का सहित २९ रनमा आउट भए । सकिब अल हसन २५ बलमा १ चौका र १ छक्का सहित २६ रनमा आउट भए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । काइल जामिसनले ३ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । हर्षल पटेल २ र वासिन्टन सुन्दरले १ विकेट लिए ।

चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनायो । बेंगलोरले सुरुवात खराब गरेपनि म्याक्सवेलले मध्यक्रम र डी डिभिलियर्सले अन्त्य उत्कृष्ट गरेपछि विशाल योगफल तयार पारेको हो । बेंगलोरका ग्लेन म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । डी भिलियर्स ३४ बलमा ९ चौका र ३ छक्का सहित ७६ रनमा अविजित रहे । काइल जामिसन ४ बलमा १ चौका र १ छक्का सहित ११ रनमा अविजित रहे ।

कप्तान विराट कोहली ५ र राजत पातिदर १ रनमा आउट भएपनि तेस्रो विकेटका लागि म्याक्सवेलले देवदत्त पाडिक्कलसँग मिलेर ५८ बलमा ८६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । पाडिक्कल २८ बलमा २ चौका सहित २५ रनमा आउट भए । चौथो विकेटका लागि डिभिलियर्स र म्याक्सवेलले मिलेर ३७ बलमा ५३ रन जोडेका थिए । कोलकाता स्पिनर बरुण चक्रवर्तीले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्स र प्रसिद्ध कृष्णाको नाममा १-१ विकेट लिए ।

यो जितसँगै बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । बेंगलोरले विहिबार राजस्थान रोयल्ससँग खेल्ने छ । कोलकाताले बुधबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ । मुम्बई ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै तेस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स २ अंकका साथ क्रमश : चौथो र पाँचौ स्थानमा छन् ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.