default_image

3 years ago

April 19, 2021

‘कडा मिहिनेतको नतिजा प्राप्त गरेको छु’ – कुशल भुर्तेल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले नेपालमा जारी मलेसिया र नेदरल्यान्ड्ससँगको टि२० आई त्रिकोणात्मक सिरिजमा लगातार दुई अर्धशतक प्रहार गरेका छन् । पहिलो खेलमा नेदरल्यान्ड्ससँग टि२० आईमा डेब्यू गर्दै ६२ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रनको अविजित अर्धशतकीय इनिङ खेले । नेपालबाट टि२० आईमा लगातार […]

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले नेपालमा जारी मलेसिया र नेदरल्यान्ड्ससँगको टि२० आई त्रिकोणात्मक सिरिजमा लगातार दुई अर्धशतक प्रहार गरेका छन् ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग टि२० आईमा डेब्यू गर्दै ६२ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रनको अविजित अर्धशतकीय इनिङ खेले । नेपालबाट टि२० आईमा लगातार अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी हुन् । कुशलसँगै अर्का ओपनर आशिफ शेखले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

आसिफले पहिलो डेब्यू खेलमा ५४ रनको अविजित इनिङ खेल्दा दोस्रो खेलमा मलेसियाविरुद्ध ४२ रनमा क्याच आउट भए । आसिफ र कुशलले पहिलो खेलमा नेदरल्यान्ड्सँग १ सय १६ र दोस्रो खेलमा मलेसियासँग १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । लगातार अर्धशतक प्रहार गरेपछि यसको पछि आफ्नो कडा मिहिनेत रहेको कुशलले बताएका छन् ।

‘अनुभव राम्रो छ । नेदल्यान्ड्सविरुद्धको प्रदर्शनलाई निरन्तरता दिँदा खुसी लागेको छ । पहिलो कुरा टोलीले जिति हाल्यो त्यसैमा खुसी छु’, खेलपछि बोल्दै कुशलले भने । ‘नेदरल्यान्ड्ससँग डेब्यू खेल थियो । तर मलाई कुनै दबाब थिएन । मैले यो अवसर प्राप्त गर्न कडा मिहिनेत गरेको थिएँ । यसलाई सदुपयोग गर्ने योजना थियो । त्यसै अनुसार खेलिरहेको छु’, कुशलले भने ।

आसिफ र कुशलको लगातार उत्कृष्ट प्रदर्शन र शतकीय साझेदारी बारे बोल्दै उनले भने, ‘टिममा एउटा भूमिका दिनु भएको छ । आसिफ र म कसरी खेल्ने भन्ने । त्यहि भूमिका अनुसार नै हामी दुई जनाले खेलेको हो ।’

‘घरेलु क्रिकेटमा ओपनिङ गर्न लागेको मैले दुई तीन वर्ष भयो । इमर्जिङ कप देखिनै मैले ओपनिङ गरेको थिए । ओपनर भन्ने कुरा गाह्रो छैन । म यसको लागि उपयोगी हुन्छु ।’

पहिलो खेलमा केहि खराब सट खेलेपनि मलेसियाविरुद्ध उनले पूर्ण आत्मविश्वाससहित सट प्रहार गरेका थिए । मलेसियाविरुद्ध कुशलको सट छनोट खतरामुक्त र उत्कृष्ट थियो । ‘नेदरल्यान्ड्ससँग लक्ष्य पनि धेरै थियो । त्यसैले केहि प्रयोग गरेर जोखिम लिनुपर्ने थियो । आजको खेलमा लक्ष्य धेरै थिएन । आसिफ र मेरो सोच बल अनुसार सट खेल्दै जाने थियो । अस्ति (नेदरल्यान्ड्सविरुद्ध) इनिङलाई अघि बढाउने थियो । आज बल पनि सहज थियो । त्यसैले दायाँ बायाँ गर्नु परेन’, उनले भने ।

प्रशिक्षक डेभ व्हाटमोरले पनि कुशल र आसिफको प्रशंसा गरे । ‘कुशल र आसिफ दुवैले राम्रो प्रदर्शन गरिरहेका छन् । प्रशिक्षणमा पनि उनीहरुबाट यस्तै प्रदर्शन आएको थियो । सुरुवातमा हामीले यी दुईबीच कसलाई खेलाउने भन्ने दुविधा थियो । तर पारस घाइते भएपछि हामीलाई निर्णय लिन कठिन भएन,’ उनले भने ।

डबल राउन्ड रोविन लिगको आधारमा चलेको यस त्रिकोणात्मक सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा २ अंकका साथ दोस्रो र मलेसिया अंक विहिन हुँदै पुछारमा छ । मंगलबार नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

अर्का ओपनर आसिफ शेखबारे टि२० आई डेब्युअघि लेखिएको सामग्री : शेख दाजुभाइ – घरको छतदेखि राष्ट्रिय टोलीसम्म सँगै

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

Success

Thank you for your time.