default_image

3 years ago

April 19, 2021

त्रिकोणात्मक टि२० सिरिजको बाँकी खेलमा दर्शकलाई निषेध

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी नेपाल, मलेसिया र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक टि२० आई सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेशमा निषेध गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा कोभिड १९ को बढ्दो असरलाई कम गर्न वैशाख ६ गते सम्पन्न नेपाल सरकारको मन्त्रीपरिषद्को बैठक अनुसार दर्शक सहितको खेलकुद सञ्चालन […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी नेपाल, मलेसिया र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक टि२० आई सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेशमा निषेध गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा कोभिड १९ को बढ्दो असरलाई कम गर्न वैशाख ६ गते सम्पन्न नेपाल सरकारको मन्त्रीपरिषद्को बैठक अनुसार दर्शक सहितको खेलकुद सञ्चालन गर्न नपाइने आदेशसँगै त्रिकोणात्मक सिरिजमा दर्शक प्रवेशमा रोक लगाईएको जनाएको छ । सोमबार दर्शक प्रवेश गर्न नपाइने बताएपनि टियु क्रिकेटमा समर्थकको उपस्थित बाक्लो थियो । पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ५ हजार भन्दा बढी दर्शक थिए ।

दुई युवा ओपनर आसिफ शेख र कुशल भुर्तेलले लगातार उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले नेदरल्यान्ड्स र मलेसियालाई ९–९ विकेटले पराजित गरेको थियो । सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको थियो । सिरिजको चौथो खेलमा मंगलबार नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने छ । जुन खेल वन्द रंगशालामा हुने छ ।

बन्द मैदानमा नेपाललाई केहि घाटा हुन सक्छ । समर्थकको कारण नेपालले विपक्ष्य खेलाडीलाई दबाबमा राख्दै आएको थियो । नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले मलेसियाविरुद्ध १ सय ३३ रनको अविजित शतकीय इनिङ खेलेपछि बोल्नेक्रममा समर्थकको हल्लाको कारण आफ्नो केहि ध्यान गुमेको हुन सक्ने बताएका थिए ।

डबल राउन्ड रोविनको आधारमा चल्ने त्रिकोणात्मक सिरिजको शीर्ष दुई टोली फाइनल खेल्ने छन् । फाइनल वैशाख ११ मा हुने छ । नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा २ अंकका साथ दोस्रो र मलेसिया पुछारमा छन् ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.