default_image

3 years ago

April 19, 2021

राजस्थानलाई चेन्नईको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १२ औं खेलमा राजस्थान रोयल्सलाई १ सय ८९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । चेन्नईका ड्वने ब्राभो ८ बलमा २ चौका र १ […]

30 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १२ औं खेलमा राजस्थान रोयल्सलाई १ सय ८९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनायो ।

चेन्नईका ड्वने ब्राभो ८ बलमा २ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । दक्षिण अफ्रिका ओपनर फाफ डु प्लेसिसले १७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३३ रनको योगदान दिए । डु प्लेसिसलाई क्रिस मोरिसले रियान परागबाट क्याच आउट गराएका थिए ।
मोईन अलीले २० बलमा २ छक्का र १ चौका सहित २६ रनमा आउट भए । ओपनर ऋतुराज गायकड १०, सरेश रैना १८, अम्बाती रायुडू २७ रनमा आउट भए ।

रायुडूले १७ बलमा ३ छक्का प्रहार गरे । कप्तान महेन्द्रसिंह धोनी १७ बलमा २ चौका सहित १८ रनमा आउट भए । रविन्द्र जडेजा ८ र साम करन १३ रनमा आउट भए ।

राजस्थानका युवा तीव्र गतिका बलर चेतन सकरियाले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । मुस्ताफिजुर रहमान र राहुल टेवाटियाले १–१ विकेट लिए ।

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

Success

Thank you for your time.