default_image

3 years ago

April 20, 2021

मिश्राको घातक बलिङमा मुम्बई सस्तैमा समेटियो

एजेन्सी – अनुभवी लेगस्पिनर अमित मिश्राको उत्कृष्ट बलिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । मुम्बईका ओपनर तथा कप्तान रोहित शर्माले ३० […]

67 views

0 Bookmark

एजेन्सी – अनुभवी लेगस्पिनर अमित मिश्राको उत्कृष्ट बलिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ ।

चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । मुम्बईका ओपनर तथा कप्तान रोहित शर्माले ३० बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए । तेस्रो ओभरको पहिलो बलमै ओपनर क्विन्टन डी ककलाई मार्कस स्टोइनिसले ऋषभ पन्तबाट एक रनमा क्याच आउट गराएका थिए । सातौं ओभरको अन्तिम बलमा सूर्यकुमार यादव २५ रनमा क्याच आउट हुन पुगे ।

आवेश खानको बलमा पन्तबाट समातिनुअघि सूर्यले १५ बलमा ४ चौका प्रहार गरे । उक्त समय मुम्बई ६७–२ को राम्रो अवस्थामा थियो । त्यसपछि भने मुम्बईले लगातार विकेट गुमाउन पुगेको थियो । नवौं ओभरको चौथो बलमा अमित मिश्राले रोहितलाई स्टिभ स्मिथबाट क्याच आउट गराए । एक बल पछि हार्दिक पान्ड्या शून्यमा स्मिथबाट समातिन पुगेका थिए ।

क्रुनाल पान्ड्यालाई ललित आदवले एक रनमा बोल्ड आउट गरे । अर्का आक्रामक ब्याट्सम्यान काइरन पोलार्डलाई मिश्राले १२ औं ओभरको पाँचौं बलमा २ रनमा एलबिडब्लू आउट गरेपछि मुम्बई ८६–६ को कमजोर अवस्थामा पुगेको थियो । मिश्राले प्रमुख तीन आक्रामक ब्याट्सम्यानको विकेट लिएपछि रन जोड्न संघर्ष गरेको थियो । १८ औं ओभरको तेस्रो बलमा ईशान किशनलाई पनि मिश्रालेनै २६ रनमा बोल्ड आउट गरे । किशनले २८ बलमा १ चौका र १ छक्का प्रहार गरे । जस्पित बुमराह ३ र ट्रेन्ट बोल्ट १ रनमा अविजित रहे ।


स्पिनर अमित मिश्राले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । आवेश खानले २, कागिसो रबाडा र ललित यादवले १–१ विकेट लिए ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.