default_image

3 years ago

April 20, 2021

मुम्बईमाथि दिल्लीको कठिन जित

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएको छ । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका ललित यादव २२ र शिम्रन हेटमायर १४ रनमा अविजित रहे । शिखर धवन ४२ बलमा ५ […]

50 views

0 Bookmark

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएको छ । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

दिल्लीका ललित यादव २२ र शिम्रन हेटमायर १४ रनमा अविजित रहे । शिखर धवन ४२ बलमा ५ चौका र १ छक्का सहित ४५ रनमा आउट भए । स्टिभ स्मिथ २९ बलमा ४ चौका सहित ३३ रनमा आउट भए । दोस्रो विकेटका लागि धवन र स्मिथले ५३ रनको साझेदारी गरेका थिए । कप्तान ऋषभ पन्त र पृथ्वी शा ७(७ रनमा आउट भए । मुम्बईका जस्प्रित बुमराह, जयन्त यादव, राहुल चहर र काइरन पोलार्डले १-१ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । मुम्बईका ओपनर तथा कप्तान रोहित शर्माले ३० बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए । तेस्रो ओभरको पहिलो बलमै ओपनर क्विन्टन डी ककलाई मार्कस स्टोइनिसले ऋषभ पन्तबाट एक रनमा क्याच आउट गराएका थिए । सातौं ओभरको अन्तिम बलमा सूर्यकुमार यादव २५ रनमा क्याच आउट हुन पुगे ।

आवेश खानको बलमा पन्तबाट समातिनुअघि सूर्यले १५ बलमा ४ चौका प्रहार गरे । उक्त समय मुम्बई ६७–२ को राम्रो अवस्थामा थियो । त्यसपछि भने मुम्बईले लगातार विकेट गुमाउन पुगेको थियो । नवौं ओभरको चौथो बलमा अमित मिश्राले रोहितलाई स्टिभ स्मिथबाट क्याच आउट गराए । एक बल पछि हार्दिक पान्ड्या शून्यमा स्मिथबाट समातिन पुगेका थिए ।

क्रुनाल पान्ड्यालाई ललित आदवले एक रनमा बोल्ड आउट गरे । अर्का आक्रामक ब्याट्सम्यान काइरन पोलार्डलाई मिश्राले १२ औं ओभरको पाँचौं बलमा २ रनमा एलबिडब्लू आउट गरेपछि मुम्बई ८६–६ को कमजोर अवस्थामा पुगेको थियो । मिश्राले प्रमुख तीन आक्रामक ब्याट्सम्यानको विकेट लिएपछि रन जोड्न संघर्ष गरेको थियो । १८ औं ओभरको तेस्रो बलमा ईशान किशनलाई पनि मिश्रालेनै २६ रनमा बोल्ड आउट गरे । किशनले २८ बलमा १ चौका र १ छक्का प्रहार गरे । जस्पित बुमराह ३ र ट्रेन्ट बोल्ट १ रनमा अविजित रहे ।

स्पिनर अमित मिश्राले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । आवेश खानले २, कागिसो रबाडा र ललित यादवले १–१ विकेट लिए ।

अंक तालिका

दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । चेन्नई सुपर किंग्स ३ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । मुम्बई ४ खेलमा समान २ मा हार र २ मा जित सहित चौथो स्थानमा छ ।

समान ३ खेलमा कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र पन्जाब किंग्सको समान २ अंक छ । नेट रनरेटको आधारमा कोलकता पाँचौं, राजस्थान छैटौं र पन्जाब सातौं स्थानमा छ । हैदराबाद ३ खेलमानै पराजित हुँदै अंक विहिन हुँदै पुछारमा छ । दिल्लीले अव आइतबार हैदराबादसँग चेन्नईमा खेल्ने छ । मुम्बईले शुक्रबार पन्जाबसँग खेल्ने छ । बुधबार पन्जाब र हैदराबाद तथा कोलकाता र चेन्नईबीच प्रतिस्पर्धा हुने छ ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.