default_image

3 years ago

April 30, 2021

बेंगलोरलाई पन्जाबका कप्तानको डर!

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुने छ । बेंगलोर पन्जाबलाई हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिने सोचमा छ । पन्जाब बेंगलोरलाई हराउँदै तेस्रो जित निकाल्न […]

46 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुने छ ।

बेंगलोर पन्जाबलाई हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिने सोचमा छ । पन्जाब बेंगलोरलाई हराउँदै तेस्रो जित निकाल्न चाहन्छ । बेंगलोर विराट कोहली र पन्जाब लोकेश राहुल (केएल) को कप्तानीमा मैदान उत्रने छ । बेंगलोरले यस सिजनमा उच्च प्रदर्शन गरेको छ ।

तीव्र गतिका बलर हर्षल पटेल, आक्रामक ब्याट्सम्यान एवि डिभिलियर्स, ग्लेन म्याक्सवेल र विराट बेंगलोरका हतियार हुन् । डी भिलियर्स र हर्षल उत्कृष्ट लयमा छन् । पछिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई बेंगलोरले १ रनले हराएको थियो । डी भिलियर्सले ४२ बलमा ७५ रनको इनिङ खेलेका थिए । विराट , डी भिलियर्स, देवदत्त पाडिक्कल र म्याक्सवेल जस्ता ब्याट्सम्यान टोलीमा हुँदा बेंगलोरको ब्याटिङ बलियो छ ।

बलिङमा हर्षलले राम्रो प्रदर्शन गर्दै आएका छन् । हर्षलले ६ खेलमा १७ विकेट लिई सकेका छन् । पटेल पन्जाबका ब्याट्सम्यानलाई घातक बन्न सक्छन् । मोहम्मद शिराज र काइल जामिसनले हर्षललेलाई साथ दिने छन् । स्पिनरमा युजभेन्द्र चहल छन् ।

पन्जाब कप्तान लोकेश राहुलमाथि बढी निर्भर छ । बेंगलोरलाई राहुलको डर छ । पन्जाबले जितेका जारी सिजनको दुबै खेलमा राहुलले अर्धशतकीय योगदान दिएका छन् । राजस्थानलाई ४ रनले हराउन राहुलले ९० रनको उत्कृष्ट इनिङ खेलेका थिए । मुम्बईलाई ९ विकेटले पराजित गर्न राहुलले ६० रनको योगदान दिएका थिए । गतवर्ष दुबै खेलमा पन्जाबले बेंगलोरलाई हराउँदा राहुल नायक बनेका थिए ।

पहिलो खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले हराउन राहुलले ६९ बलमा १ सय ३२ रनको उत्कृष्ट शतकीय अविजित इनिङ खेलेका थिए । जसक्रममा पन्जाबले २ सय ६ रन बनाउँदा बेंगलोर १ सय ९ रनमा अल आउट भएको थियो । दोस्रो राहुल ६१ रनमा अविजित इनिङ खेल्दा पन्जाबले १ सय ७२ रनको लक्ष्य २ विकेटको क्षतिमा अन्तिम बलमा पूरा गरेको थियो ।

राहुल क्रिजमा टिकेको खण्डमा पन्जाबको जित सहज बनाउन सक्छन् । जिम्मेवारीका साथ ब्याटिङ गर्ने राहुल आफ्नो विकेट हतपत गुमाउँदैनन् । राहुलको मात्र प्रयास जितको लागि पर्याप्त हुने छैन । अन्य ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गर्न आवश्यक देखिन्छ ।
पन्जाबका मयंक अग्रवाल, क्रिस गेल र निकोलस पुरनलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । दीपक हुडा र शाहरुख खान पनि राम्रो ब्याटिङको क्षमता राख्छन् ।

मोहम्मद शामी र अर्शलदीप प्रमुख तीव्र गतिका बलर हुन् । प्रमुख तथा अनुभवी खेलाडी शामीको प्रदर्शन बलिङमा निकै महत्वपूर्ण हुने छ । स्पिन हतियारमा लेगस्पिनर रवि विश्रोई छन् । बेंगलोलले पन्जाबलाई हराउन सके ७ खेलमा ६ मा जित सहित १२ अंकका साथ शीर्ष स्थानमा उक्लिने छ । पन्जाब विजयी भएमा ६ अंकका साथ पाँचौ स्थानमा उक्लिने छ । फराकिलो जित निकाल्न सके नेटरनरेटको आधारमा मुम्बई इन्डियन्सलाई पछि पार्दै चौथो स्थानमा उक्लिने छ ।


हेड टु हेड :


बेंगलोर र पन्जाबबीच आइपिएलमा कुल २६ खेल भएको छ । पन्जाब १४ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ ।

अंक तालिका

चेन्नई सुपर किंग्स ६ खेलमा ५ जित र १ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ६ खेलमा ३ मा हार र ३ मा जित सहित ६ अंक बटुल्दै चौथो स्थानमा छ ।

कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ पाँचौ स्थानमा छ । पन्जाब ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । 

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.