default_image

3 years ago

May 9, 2021

राष्ट्रिय टोलीमा परेर डेब्यु गर्न नपाएका क्रिकेटर

भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि खेलाडीको सर्वाधिक ठूलो सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ । राष्ट्रिय टोलीको जर्सीमा खेल्ने सपना कसैको चाँडै पूरा हुन्छ भने केहिले लामो समय पर्खनुपर्छ । कसैको सपनामा मात्र सिमित हुन्छ । सामान्यतया उमेर समूह हुँदै घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि कुनैपनि खेलाडीको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाईन्छ । बन्द प्रशिक्षण पछि अन्तिम […]

138 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कुनैपनि खेलाडीको सर्वाधिक ठूलो सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ । राष्ट्रिय टोलीको जर्सीमा खेल्ने सपना कसैको चाँडै पूरा हुन्छ भने केहिले लामो समय पर्खनुपर्छ । कसैको सपनामा मात्र सिमित हुन्छ ।

सामान्यतया उमेर समूह हुँदै घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि कुनैपनि खेलाडीको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाईन्छ । बन्द प्रशिक्षण पछि अन्तिम टोली घोषणा गर्ने गरिन्छ । अन्तिम टोलीमा पर्ने खेलाडीलाई राष्ट्रिय टोलीबाट खेल्ने आशा र सम्भावना हुन्छ । अन्तिम टोलीमा परेपनि डेब्यू गर्छ भन्ने हुँदैन ।

टोलीमा त्यो भूमिकामा प्रतिस्पर्धा कतिको छ र अन्य खेलाडी कस्तो छ त्यसमा निर्भर रहन्छ । आन्तरिक प्रतिस्पर्धा, टोलीको रणनीति, सन्तुलन, आवश्यक लगायत विभिन्न कुरालाई ध्यानमा राखेर प्लेइङ ११ निर्धारण गर्ने गरिन्छ । राष्ट्रिय क्रिकेट टोलीको अन्तिम सदस्य टोलीमा परेपनि डेब्यू गर्न नपाएका ७ नेपाली क्रिकेट खेलाडी यस प्रकार छन् ।

विशाल गुप्ता : एसिसी ट्रफी मलेसिया–१९९६

नेपालले पहिलो पटक १९९६ मा मलेसियामा भएको एसिसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको थियो । उत्तम कर्माचार्यको कप्तानीमा नेपाली टोली मलेसिया भ्रमण गरेको थियो । अलराउन्डर विशाल गुप्ता पनि टोलीमा थिए । नेपालको समूहमा बंगलादेश, फिजी, हङकङ, ब्रुनेई र जापान थिए । तर विशाल गुप्ताले कुनैपनि खेल खेल्न पाएनन् ।

दीपेश श्रेष्ठ : एसिसी ट्रफी यूएई–२०००

२००० मा नेपाल एसिसी ट्रफी पवन अग्रवालको कप्तानीमा यूएईमा खेलेको थियो । उक्त समय विकेटकिपर ब्याट्सम्यान दीपेश श्रेष्ठ नेपालको १४ सदस्य टोलीमा भ्रमण गरेका थिए । तर दीपेशले कुनै खेल नखेलि फर्केका थिए । समूह बी मा रहेको नेपाल पहिलो खेलमा यूएईसँग १ विकेटले पराजित भएपनि त्यसपछि जापानलाई ७ विकेट र माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा नेपाल हङकङसँग १ सय ७९ रनको फराकिलो अन्तरले पराजित हुँदै बाहिरिएको थियो । तर दीपेश सबै खेल बेन्चमा बसेर फर्किएका थिए ।

आकाश गुप्ता : एसिसी ट्रफी मलेसिया – २००६

विनोद दासको कप्तानीमा नेपालले २००६ मा मलेसियामा भएको एसिसी ट्रफीमा प्रतिस्पर्धा गरेको थियो । नेपाल उक्त प्रतियोगितामा सेमिफाइनलमा यूएईसँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । ब्याट्सम्यान आकाश गुप्ता टोलीको १४ सदस्य टोलीमा रहेपनि खेल नखेली फर्केका थिए । त्यसबेला नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, शक्ति गौचन, महबुब आलम जस्ता खेलाडी थिए । आकाश गुप्ता नेपालको यू१९ टोलीबाट विश्वकप खेलिसकेका खेलाडी हुन् ।

आकाशले २००८ मा मलेसियामा भएको यू१९ विश्वकप खेलेका थिए । २००७ मा अफगानिस्तानलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाउन आकाश गुप्ताले ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए । नेपालले अफगानिस्तानलाई ४८ रनलेनै हराउँदै उपाधि जितेको थियो । २०१० मा बंगलादेशमा भएको साउथ एसियन गेम्स नेपालको यू२१ टोलीबाट खेलेका थिए ।

कृष्ण कार्की : टि२० विश्वकप छनोट – २०१२

कृष्ण कार्की

अलराउन्डर कृष्ण कार्की घरेलु क्रिकेटका चर्चित नाम हुन् । मध्य गतिमा बलिङसँगै कृष्ण तल्लोक्रममा ठूला सट र आक्रामक ब्याटिङका लागि परिचित छन् । नेपालका लागि उमेर समूह हुँदै यू१९ विश्वकपमा प्रतिनिधित्व गरेका कृष्ण २०१२ मा यूएईमा भएको आइसिसी टि२० विश्वकप छनोटको लागि नेपालको अन्तिम १४ सदस्य टोलीमा परेका थिए । तर डेब्यू गर्न पाएनन् । त्यो समय नेपालले तीन स्पिनर र दुई तीव्र गतिका बलर खेलाउथ्यो ।

शक्ति गौचन, वसन्त रेग्मी, सञ्जम रेग्मी टोलीमा स्पिनमा दबदबा कायम थियो । तीव्र गतिका बलरमा महबुब आलम र चन्द्र साउद थिए । पारस खड्का पार्टटाइम बलिङ गर्ने अलराउन्डर थिए । अष्ट्रेलियामा भएको यू१९ विश्वकप खेलेका कृष्ण टि२० उपयोगी खेलाडी हुँदा टोलीमा पहिलो पटक परेका थिए । प्लेइङ ११ बाहिर अमृत भट्टाई, कृष्ण कार्की र अनिल मण्डल थिए ।

अनिललाई अन्तिमतिर खेलाएपनि अमृत र कृष्ण भने बेन्चमा बसेर फर्किएका थिए । त्यसपछि कृष्ण टोलीमा पर्न सकेनन् । कृष्णले नेपालको यू२५ टोलीबाट भने खेलि सकेका छन् । २०११ मा माल्दिभ्समा भएको एसएएआरसी यू२५ टि२० कप पारसको खड्काको कप्तानीमा कृष्णले खेलेका थिए ।

जसक्रममा पाकिस्तानविरुद्ध कृष्णले ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसपछि उनी यू१९ विश्वकप हुँदै सिनियर टोलीमा परेका थिए । घरेलु क्रिकेटमा लुम्बिनी प्रदेशको कप्तानी गर्ने कृष्ण डेब्यूको लामो प्रतीक्षामा छन् ।

पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शनका साथ गत फागुनमा चैतमा कतारमा हुने भनिएको सिरिजको लागि नेपाली टोलीमा पूनरागमन समेत गरेका थिए । तर उक्त सिरिजनै स्थगित हुन पुगेको थियो । कृष्णले फ्रेन्चाइज लिगमा पनि राम्रो प्रभाव छोड्दै आएका छन् ।

विक्रम सोब – विश्व क्रिकेट लिग च्याम्पियनशिप २०१५–१७

तीव्र गतिका बलर विक्रम सोब नेपालको टोलीमा दुइ पटक परेपनि खेल्न पाएनन् । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप २०१५-१७ अन्तर्गत २०१६ मा उनी नेदरल्यान्ड्स भ्रमण गरेका थिए । नेपालले तीव्र गतिका बलरमा सोमपाल कामी र करण केसीलाई पहिलो खेलमा खेलाएको थियो । दोस्रो खेलमा सोमपाल कामीलाई तीव्र गतिका बलरको रुपमा खेलाउँदा अन्य स्पिनर मैदान उतारेको थियो ।

२०१७ मा विक्रम यूएई भ्रमणमा गएका थिए । त्यसअघि नेपालले युएईमा अमेरिकासँग अभ्यास खेल पनि खेलेको थियो । अमेरिकासँगको अभ्यास खेलमा कुशल भुर्तेल वैकल्पिक खेलाडीलाई खेलाएको नेपालले विक्रमलाई भने मौका दिएन । यूएईसँगको दुबै खेलमा ललितसिंह भण्डारी र सोमपाल कामी पहिलो रोजाईमा खेल्दा विक्रमले मौका पाएनन् ।

विक्रम पछिल्लो समय राम्रो लयमा छन् । गत माघमा त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप उपाधि दिलाउन विक्रम सोबले उत्कृष्ट प्रदर्शन गरेका थिए । पछिल्लो समय बन्द प्रशिक्षणमा पर्दै आएका विक्रम अन्तिम टोलीमा भने स्थान बनाउन सकेका छैनन् ।

भीम सार्की : यूएई ओडिआई र टि२० सिरिज – २०१९

युवा ब्याट्सम्यान भीम सार्की घरेलु क्रिकेटमा उत्कृष्ट फिल्डिरको रुपमा परिचित छन् । भीमलाई नेपाली जोन्टी रोड्स पनि भन्ने गर्दछन् । त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने भीमले यू१९ मा राम्रो प्रभाव छाडेपछि २०१९ मा यूएईसँग तीन ओडिआई र तीन टि२० आई सिरिजको लागि नेपाली टोलीमा परेका थिए ।

नेपालले चार अनक्याप्ड खेलाडी समेट्दै पारसको कप्तानीमा यूएई भ्रमण गरेको थियो । मधयक्रमा ब्याटिङ गर्ने उनले स्पिन पार्टटाइम बलिङ गर्ने गर्दछन् । तीव्र गतिका बलर अभिनाश बोहरा, युवा ब्याट्सम्यान सन्दीप जोरा र अलराउन्डर पवन सरार्फले उक्त सिरिजमा नेपालका लागि डेब्यू गरे । तर भीम ओडिआई र टि२० दुबै सिरिजमा बेन्चमा बसेर फर्किन पुगे ।

त्यसपछि उनी सियिनर टोलीमा पर्न सकेका छैनन् । नेपाली फ्रेन्चाइज लिग र घरेलु क्रिकेटमा लगातार देखिने भीम पूनरागमन सहित डेब्यूको लागि संघर्षरत छन् ।

किशोर महतो : थाईल्यान्ड इस्टर्न रिजन-२०२०

नेपालले गतवर्ष थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि२० एसिया कप छनोटको लागि युवा तीव्र गतिका बलर किशोर महतोलाई पहिलो पटक टोलीमा मौका दिएको थियो । प्रमुख तीव्र गतिका बलर सोमपाल कामी टोलीमा नहुँदा किशोरले मौका पाएका थिए । तर पूरै खेल बेन्चमा बसेर फर्किएका थिए । नेपालले मलेसिया, हङकङ जस्ता देशसँग किशोरलाई डेब्यू नगराएपनि थाईल्यान्डविरुद्ध मैदान उतार्ने अनुमान गरिएको थियो ।

तर नेपालले किशोरलाई कुनै पनि खेलमा मौका दिएन । उक्त समय खराब लयबाट ग्रुजिएको नेपालले कमजोर टोलीविरुद्ध पनि निकै संघर्ष गरेको थियो । मलेसिया, कतार, सिंगापुर जस्ता कमजोर देशसँग हारेको नेपालले अभिनाश र करण मध्य एकलाई विश्राम दिँदै किशोरलाई मौका दिने आँट गर्न सकेन । नेपाल एपिएफ क्लबबाट घरेलु क्रिकेट खेल्ने किशोर पूनरागमन सहित डेब्यूको प्रतीक्षामा छन् ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

Success

Thank you for your time.