default_image

3 years ago

June 10, 2021

महिला क्रिकेटमा सुधार गर्नुपर्ने पाँच पक्ष

भुपेन्द्र जिसी, काठमाडौं नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको झण्डै डेढ दशक भएको छ । सन् २००७ मा मलेसियामा सम्पन्न एसिसी वुमन्स प्रतियोगिता मार्फत पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा पाइला टेकेको नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै बाहिरिएको थियो । उक्त प्रदर्शनले महिला टोलीले पुरुष भन्दा पहिला टि२० विश्वकप खेल्ने आँकलन गरिएको थियो । पुरुष […]

69 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको झण्डै डेढ दशक भएको छ । सन् २००७ मा मलेसियामा सम्पन्न एसिसी वुमन्स प्रतियोगिता मार्फत पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा पाइला टेकेको नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै बाहिरिएको थियो । उक्त प्रदर्शनले महिला टोलीले पुरुष भन्दा पहिला टि२० विश्वकप खेल्ने आँकलन गरिएको थियो ।

पुरुष टोलीले २०१४ मा टि२० विश्वकप खेल्दा महिला टोलीको लागि बलियो सम्भावनामा मात्र सिमित हुँदै आएको छ । महिला टोलीले हालसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । सकोस् पनि कसरी ? खेलाडीको मिहिनेतले मात्र त्यो पर्याप्त छैन । महिला टोली जुन स्तरमा छ त्यो सबै खेलाडीको दिनरातको मिहिनेत, रुचि र धैर्ययतालेनै हो ।

महिला खेलाडीले पारिश्रमिक पाउन थालेको एक वर्ष मात्र भएको छ । उक्त पारिश्रमिक एउटा राम्रो ब्याट किन्न छेउछाउ पुग्दैन । तर पारिश्रमिकको सुरुवात हुनु नै ठूलो कुरा हो । खेलाडी त्यसैमा खुसी छन् । आफ्नो भविष्यको चिन्ता कसलाई हुँदैन र ? तर महिला खेलाडी आफ्नो भविष्य आफैं बनाउने सपनामा सबै पिडा, संघर्ष र दुःखलाई भुलेर दिनरात लागि परेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) र नेपाल सरकारबाट महिला टोलीले धेरै आशा र अपेक्षा पनि गरेका छैनन्, मात्र निरन्तर खेल खेल्न र खेलेर बाँच्ने वातावरण बनोस् भन्ने चाहन्छन् । पछिल्लो समय महिला क्रिकेट विकासमा क्यानले केहि सकरात्मक काम गर्दै आएको छ । तर जति सक्ने र गर्नपर्ने हो त्यति भने होईन ।

नेपालको अबको लक्ष्य २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकप खेल्ने छ । महिला टोली यस पटक सम्भावनालाई यथार्थमा परिणत गर्न चाहन्छन् । तर सजिलै भने पूरा हुन सक्दैन । नेपालले कुनै समय सहजै हराउने थाईल्यान्ड गत वर्ष टि२० विश्वकप खेल्यो । नेपाली खेलाडीले थाईल्यान्डले खेलेको टेलिभिजन र समाजिक सञ्जालमा हेरेर चित्त बुझाए । राम्रो योजना र पर्याप्त लगानीका साथ अघि बढ्ने हो भने छोटो समयमै महिला टोलीले ठूलो फड्को मार्न सक्छ ।

नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा विकास गर्दै विश्वकप सम्म पुग्न यी पाँच पक्ष सुधारमा जोड दिन आवश्यक देखिन्छ ।

५. निरन्तर घरेलु प्रतियोगिता

महिला होस् वा पुरुष, घरेलु प्रतियोगिता विना कुनैपनि टोलीको विकास हुन सक्दैन । खेलाडीले आफ्नो खेल देखाउने र तयार पार्ने आधारनै घरेलु क्रिकेट हो । युवा, नयाँ प्रतिभावान् खेलाडीको खोजि, खेलाडीको आत्माविश्वासमा वृद्धी, क्षमता निखारता, खेलको अनुभवमा वृद्धी गर्ने सबै घरेलु क्रिकेट हो । तर महिला टोलीले वर्षमा एउटा भन्दा बढी घरेलु प्रतियोगिता विरलै खेल्न पाउँछन् ।

पछिल्लो समय प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता हुँदै आएको छ । यस वर्ष ललितपुर मेयर च्याम्पियनसिप र २०१९ मा वुमन्स च्याम्पियन्ससिप (डब्लूसिएल) खेलेका थिए । यी तीन प्रतियोगितालेनै नेपाली महिला क्रिकेटमा थुप्रै ठूलो सम्भावना बोकेका युवा खेलाडी देखि सकेका छन् ।

कुनै उत्कृष्ट क्षमता भएको खेलाडी कुनै एक प्रतियोगिताकै समयमा विरामी, चोट वा कारणवश उपलब्ध हुन सकेन भने एक वर्ष त्यतिकै खेर जानसक्छ । एउटा टोलीले समूह चरणमा तीन चार खेल खेल्दा युवा खेलाडीले पहिलो खेलमै गल्ती गर्यो भने अर्को खेलमा मौका पाउने सम्भावना निकै कम हुन्छ । उसँग उत्कृष्ट क्षमता हुन्छ । त्यहिँ एउटा गल्तीको कारण आफ्नो करिअरनै धरापमा पर्न र खेल्ननै छोड्न सक्छ ।

सिनियर खेलाडीले पहिलो रोजाईमा पर्दा सम्भावना बोकेका खेलाडी बेन्चमा बस्नुपर्ने हुन्छ । टोली सिनियर खेलाडीलाई बेन्चमा राखेर युवा खेलाडीलाई मौका दिने जोखिम मोल्न सक्दैनन् । उक्त सिनियर खेलाडीले खराब प्रदर्शन गरेमात्र युवा खेलाडीको लागि बाटो खुल्छ । तर वर्षभर घरेलु प्रतियोगिता हुने भने यी कुनै पनि समस्या देखिदैनन् । सबै खेलाडीले आफ्नो क्षमता देखाउन पाउँछन् । आफ्नो प्रदर्शनलाई एकपछि अर्को गल्तीबाट सुधार गर्दै जान्छन् ।

गल्तीनै गर्दैन भने उसले सिक्ने कुरा पनि हुँदैन । अर्कोतर्फ टि२० सँगै एकदिवसिय प्रतियोगितामा बढी ध्यान दिनुपर्छ । महिला टोलीले खेलेका पछिल्लो समय सबै टि२० शैलीका छन् । ब्याटिङ सुधारको लागि एकदिवसिय शैली बढी प्रभावकारी मानिन्छ । त्यसैले महिला क्रिकेट विकास गर्न लगातार घरेलु प्रतियोगिता आवश्यक देखिन्छ । धेरै खेलाडीहरु नेपालमा खेल नहुँदा भारतमा गएर क्लब प्रतियोगिता खेल्दै आएका छन् । महिला क्रिकेट विकास गर्ने हो भने निरन्तर घरेलु प्रतियोगिता हुन निकै आवश्यक छ ।

४. निश्चित योजना, उदेश्य र लगानी

महिला टोलीको लक्ष्य टि२० विश्वकप खेल्नु हो । नेपालको सम्भावना पनि उच्च छ । विश्वकप खेल्नु कुनै सामान्य उपलब्धी होईन । त्यसको लागि निश्चित योजना, लगानी र उदेश्यका साथ अघि बढ्नुपर्छ । विश्वकप छनोटमा के कस्ता समस्या तगारो बन्न सक्छन्, छनोट खेलमा कुन खेलाडी बढी उपयोगी हुन्छ, उक्त समय सम्म कसलाई तयार पार्दै लाने हो, कुन कुन कुरामा बढी सुधार गर्नुपर्छ भन्ने कुनै पनि योजना महिला क्रिकेटमा क्यानसँग छैन ।

उदाहरणलाई विश्वकप खेल्न महिला टोलीको ब्याटिङ समस्या मुख्य बाधक बन्न सक्छ । ब्याटिङ मजबुत बनाउन अहिले देखिनै ध्यान दिनुपर्ने हो । त्यसको लागि लगातार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलाएर हुन्छ कि, प्रमुख र युवा ब्याटरलाई विशेष ब्याटिङ प्रशिक्षणको लागि भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड जस्ता टेष्ट टोलीमा विषेश विदेश भ्रमणमा केहि समयको लागि पठाउने वा कुनै ब्याटिङ विशेषज्ञ्य मगाएर पो हो की यस्ता कुनैपनि योजना छैन । महिला मात्र होईन पुरुष टोलीमा पनि यस्तो योजना केहि देखिदैन । विकास र परिवर्तन त्यसै र सहजै हुँदैन । त्यसको लागि योजना र लगानी निकै महत्त्वपूर्ण हुन्छ ।

३. निरन्तर अन्तर्राष्ट्रिय खेल

नेपाली महिला क्रिकेटको लागि अन्तर्राष्ट्रिय प्रतियोगिता कहिले आउने र जाने खेलाडीलाई नै अत्तोपत्तो हुँदैन । पछिल्लो चार वर्षमा नेपाली महिला टोलीले तीन मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । सन् २०१९ डिसेम्बरमा पोखरामा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

लामो समयको अन्तरपछि एकै पटक नकआउट प्रतियोगिता खेल्न निकै कठिन हुन्छ । एउटा प्रतियोगिता प्रदर्शनले कुनैपनि खेलाडीको क्षमता औंलाउन र आलोचना गर्न पनि मिल्दैन । लगातार खेल खेल्दा खेलाडीले आफ्नो कमजोरी सुधार गर्दै एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्न सक्छ ।
यदि सुधार गर्नु छ भने आफू भन्दा बलिया टोलीसँग बढी खेल्नुपर्छ । आफूभन्दा कमजोर टोलीलाई सहजै हराउन भन्दा बलिया टोलीसँग फराकिलो अन्तरले हार्नुमा धेरै कुरा सिकाउँछ ।

महिला टोली प्रमुख प्रतियोगिता मात्र मुख ताकेर हुँदैन । थाईल्यान्ड, यूएईसँगै टेष्ट टोली जिम्बावे, आयरल्यान्ड, बंगलादेश, श्रीलंका जस्ता देशसँग राम्रो सहकार्य गर्दै सिरिज खेल्ने वातावरण बनाउनु पर्छ । त्यसको लागि क्यानले लगानी गर्न खुट्टा कमाउनु हुँदैन । क्यान कुनै फ्रेन्चाइज टोली र मालिक होईन, नाफा र घाटा हिसाब गर्न । क्यानको मुख्य उदेश्य क्रिकेट विकास नै हो ।

२. ग्रास रुट र उमेर समूहमा लगानी

कुनैपनि टोलीको विकासको मुख्य मेरुद्दड ग्रास रुट र उमेर समूह मानिन्छ । तर महिला टोलीको ग्रास रुट र उमेर समूह लगानी शून्य छ । सन् २०१४ पछि महिला टोलीको यू-१९ राष्ट्रिय प्रतियोगिाता भएको छैन । जसको नराम्रो असर सिनियर टोलीमा परेको छ । उमेर समूहको कारण पुरुष टोली विस्तारै बलियो हुँदै गएको छ ।

पछिल्लो समय सन्दीप लामिछाने देखि कुशल मल्ल सम्मका जतिपनि युवा खेलाडी सिनियर टोलीमा छन् ती उमेर समूह हुँदै आएका हुन् । तर महिला टोलीको यू-१९ प्रतियोगिता राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै शून्य जस्तै छ । सन् २०२५ देखि यू-१९ महिला विश्वकप हुँदैछ । अब क्यानलाई यू-१९ नगरी नहुने अवस्था आइसकेको पनि छ ।

कुनैपनि खेलाडी खेलमा लाग्ने वा नलाग्ने उमेर समूहको प्रदर्शनले पनि धेरै निर्धारण गर्छ । उमेर समूहमा राम्रो गर्छ भने विस्तारै अव राष्ट्रिय टोलीबाट खेल्न सकिन्छ र खेल्नुपर्छ भन्ने सोचका साथ मिहिनेत गर्दै जान्छ । उमेर समूहनै नभएपछि उसँग क्षमता भएपनि सिधैं राष्ट्रिय टोलीमा वा प्रतियोगितामा मौका पाउने कुरा हुँदैन । उमेर समूहको खेल नहुँदा खेलनै नखेल्न सक्छ । उमेर समूह प्रदर्शन सुधार र निपूर्णता ल्याउन अत्याधिक उपयोगी हुन्छ ।

२०१९ मा नेपाली महिला टोलीले बि एण्ड आर यू-१९ प्रतियोगिता खेलेको थियो । त्यो पनि एकेडेमी र घरेलु प्रतियोगितामा राम्रो खेल्ने खेलाडीलाई नाम तोकेर प्रशिक्षणमा बोलाउनु परेको थियो । पछिल्लो समय युवा खेलाडीले महिला क्रिकेटमा ठूलो सम्भावना देखाएका छन् । महिला क्रिकेट विकासको लागि क्यानले सबैभन्दा पहिला ग्रास रुट र उमेर समूहमा लगानी गर्नुपर्ने हुन्छ ।

१. दीर्घकालिन र स्तरिय विदेशी प्रशिक्षक आवश्यक

लगातार परिवर्तन प्रशिक्षक महिला टोलीको विकासको बाधक बन्दै आएको छ । महिला टोलीले प्राय फरक प्रतियोगितामा फरक प्रशिक्षकसँग सिक्नुपर्ने बाध्यता छ । वर्तमान समयमा क्यानले जगत टमटालाई महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । राजु बस्नेत, विनोद दास र जगत टमटाले पछिल्लो समय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

कुनैपनि प्रशिक्षकको खेलाडीलाई सिकाउने आफ्नै किसिमको शैली र कला हुन्छ । लगातार परिवर्तन प्रशिक्षकले खेलाडी झनै दोधारमा परेको छन् । कुन शैलीमा खेल्दा राम्रो हुन्छ खेलाडी आफैं अन्यौलमा पर्छन् । एउटा प्रशिक्षक आउँछ उसले सिकाएको शैलीमा आफूलाई ढाँल्न नपाउँदै फेरि परिवर्तन हुन्छ । जसले सोचेजस्तो प्रगति हुन सक्दैन । पछिल्लो समय देभ ह्वाटमोर पुरुष टोलीमा जोडिएसँगै ब्याटिङ सुधारको केहि राम्रो संकेत देखिएको छ ।

महिला टोलीमा ब्याटिङ, बलिङ, फिल्डिङ, फिटनेश, रणनीति र योजना सबै क्षेत्रमा सुधारको आवश्यक देखिन्छ । जगत टमटा नेपाली क्रिकेटमा सफल प्रशिक्षक हुन् । तर क्यानले महिला खेलाडीको विकासको लागि टेष्ट टोलीबाट सकेसम्म स्तरिय महिला नभए पुरुष प्रशिक्षक ल्याउन सक्नुपर्छ । महिला प्रशिक्षकनै भएपछि खेलाडीलाई धेरै सहज हुनेछ ।

महिला टोलीले नेपालमा भएका प्रशिक्षकको योजना र रणनीतिमा खेलि सकेका छन् । भनिन्छ सफलता पाउन एउटै कुरा बारम्बार गर्न भन्दा त्यहिँ काम अरुले भन्दा फरक तरिकाले गर्नुपर्छ । एउटै प्रशिक्षक बारम्बार रहँदा खेलाडीले खासै नयाँ कुरा सिक्न पाउँदैनन् । क्यानले त्यसैले अव दीर्घकालिन प्रशिक्षक राख्नुपर्छ ।

अझ विदेशी स्तरिय प्रशिक्षक ल्याउन सके झनै राम्रो हुने छ । जसरी पुरुष टोलीमा रोय डायस, पुबुदु दसानायिकेले लामो यात्रा गर्दै परिवर्तन गरे त्यस्तै स्तरिय विदेशी प्रशिक्षक कम्तिमा दुई तीन वर्ष महिला टोलीको लागि हुने हो भने चाँडै ठूलो फड्को मार्न सक्छ ।

यो पनि : महिला टोलीलाई महिला प्रशिक्षक नै उत्तम

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.