default_image

3 years ago

June 18, 2021

टेष्ट च्याम्पियनसिप फाइनल : न्युजिल्यान्ड विरुद्ध भारत (सम्पूर्ण जानकारी)

एजेन्सी – न्युजिल्यान्ड र भारतबीच आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल आज सुरु हुँदैछ । दुवै टोली टेष्ट इतिहासकै पहिलो विश्व टेष्ट च्याम्पियनसिप उपाधि जित्ने सोचमा छन् । विश्व क्रिकेटले पहिलो टेष्ट च्याम्पियन पाउने छ । यसलाई टेष्ट विश्वकप फाइनल पनि भन्ने गरिएको छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा इंग्ल्यान्डको दी रोज बाउल […]

33 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्ड र भारतबीच आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल आज सुरु हुँदैछ । दुवै टोली टेष्ट इतिहासकै पहिलो विश्व टेष्ट च्याम्पियनसिप उपाधि जित्ने सोचमा छन् । विश्व क्रिकेटले पहिलो टेष्ट च्याम्पियन पाउने छ । यसलाई टेष्ट विश्वकप फाइनल पनि भन्ने गरिएको छ ।

खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा सुरु हुने छ । पहिलो पटक भएको टेष्ट च्याम्पियनसिपमा आइसिसीका नौ उत्कृष्ट राष्ट्रले दुई वर्षसम्म प्रतिस्पर्धा गर्दा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । विश्व टेष्ट वरियतामा न्युजिल्यान्ड शीर्ष र भारत दोस्रो स्थानमा छन् । न्युजिल्यान्ड र भारतले दुई दशकपछि आइसिसीको प्रमुख प्रतियोगिता फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

विश्वका उत्कृष्ट दुई राष्ट्रबीच हुने फाइनल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । अर्कोतर्फ विश्वका दुई कप्तान पनि भिड्दै छन् । भारतका कप्तान विराट कोहली आक्रामक क्रिकेट बढी मन पराउछन् । विलियम्सन संयमित कप्तानीमा रमाउँछन् । यी दुबै विश्व क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमा पर्दछन् । विपरित शैलीका यी दुई खेलाडीमा को उत्कृष्ट कप्तान र ब्याट्सम्यानको परिक्षा हुने छ । गतवर्ष टेष्ट च्याम्पियनसिपमा भारतले न्युजिल्यान्डसँगको दुबै खेलमा हार बेहोरेको थियो । भारतले प्लेइङ–११ घोषणा गर्दा न्युजिल्यान्डको भने बाँकी छ ।

दुवै टोलीको ब्याटिङ र बलिङ लाइनअप

भारतको ओपनिङ रोहित शर्मा र सुमभन गिलले गर्ने छन् । यी दुबै खेलाडी लयमा छन् । तेस्रो स्थानमा विराट कोहली र चौथो स्थानमा चेतेश्वर पुजाराले सम्हाल्ने छन् । पुजारा र कोहली भारतका ब्याटिङ खम्बा हुन् । यी दुईको उत्कृष्ट प्रदर्शन विना जित कठिन देखिन्छ । अजिंक्या रहाणे पाँचौं र ऋषभ पन्तले छैटौं नम्बरमा ब्याटिङ गर्ने छन् ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेका आक्रामक ब्याट्सम्यान पन्त टोलीको नायक बन्न सक्छन् । रविन्द्र जडेजा र रविचन्द्रन आश्विन अलराउन्डरको रुपमा छन् । स्पिनमा पनि यी दुई खेलाडीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तीव्र गतिका बलरमा जस्प्रित बुमराह, मोहम्मद शामी र ईशान्त शर्मा जोडि छ ।

न्युजिल्यान्डको ओपनिङ टम लाथम र डेभन कन्वेले गर्दछन् । बायाँ हाते यी दुबै खेलाडी भारतीय बलरलाई निराश बनाउन सक्छन् । इंग्ल्यान्डविरुद्धनै लर्ड्समा अघिल्लो साता टेष्टमा कन्वेले डेब्यू गर्दै दोहोरो शतकीय इनिङ खेलेका थिए । तेस्रो नम्बरमा केन विलियम्सन, चौथो नम्बरमा रस टेलर र पाँचौं नम्बरमा हेनरी निकोलसले न्युजिल्यान्डको ब्याटिङ सम्हाल्ने छन् । विलियम्सनको प्रदर्शनले निर्णायक बन्ने छ । छैटौं नम्बरमा बिजे वाटलिङ रहने छन् ।

आफ्नो अन्तिम खेल उपाधिका साथ अन्त्य गर्न चाहेका वाटलिङले पनि सर्वोत्कृष्ट प्रदर्शन गर्न सक्छन् । तीव्र गतिका बलरमा टिम साउथी र ट्रेन्ट बोल्टको स्थान निश्चित छ । काइल जामिसन अलराउन्डरको रुपमा खेल्ने छन् । म्याट हेनरी र निल वाग्रर दुबै खेल्ने वा एक खेल्ने अन्यौल बनेको छ । स्पिनरमा अजाज पटेल खेल्ने छन् । न्युजिल्यान्डले चार तीव्र गतिका बलर खेलाउने सम्भावना छ ।

टेष्ट च्याम्पियनसिपको सुरुवात

टेष्ट इतिहासमा विश्व च्याम्पियनसिप फाइनल मार्फत पहिलो पटक विजेता बन्दै छ । आइसिसीले २०१३ मा टेष्ट च्याम्पियनसिप गर्ने जनाएको थियो । तर रद्द हुन पुग्यो । २०१७ मा पनि रद्द हुन पुगेको थियो । २०१९ मा आइसिसीले तत्कालिन टेष्ट वरियता शीर्ष नौं टोली भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकाबीच होम अवे सिरिजको आधारमा प्रतिस्पर्धा गरिएको थियो । भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा प्रतिस्पर्धा गरेका हुन् । अष्ट्रेलिया तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा रहे ।

उपाधि राशी

यस फाइनलको विजेताले १. ६ मिलियन डलर र उप विजेताले ८ लाख अमेरिकी डलर पाउने छन् ।

फाइनलको नियम :

आइसिसीले आफ्नो फाइनल कन्डिसन अनुसार टेष्ट बराबरीमा सकिएमा दुबै टोलीले संयुक्त रुपमा उपाधि बाँड्ने छन् । यदि पाँच दिनको क्रममा खेल वर्षाले प्रभावित भएमा छैटौं दिन पनि खेल हुने छ ।

हेड टु हेड :

भारत र न्युजिल्यान्डबीच हालसम्म ५९ टेष्ट खेल भएका छन् । न्युजिल्यान्ड १२ खेलमा विजयी हुँदा २१ खेलमा पराजित भएको छ । २६ खेल बराबरीमा सकिएका छन् । पछिल्ला पाँच भेटमा भारत तीन र न्युजिल्यान्ड दुई खेलमा विजयी भएका छन् ।

भारतमाथि न्युजिल्यान्ड भारी

आइसिसी प्रतियोगितामा भारतमाथि न्युजिल्यान्ड भारी हुँदै आएको छ । सन् २००३ मा न्युजिल्यान्डले भारतसँग एकदिवसिय विश्वकपमा हारेको थियो । अन्य आइसिसीका खेलमा न्युजिल्यान्डलाई भारतले हराउन सकेको छैन । न्युजिल्यान्डले सन् २००० मा आइसिसी नक आउट अर्थात च्याम्पियन्स ट्रफीमा भारतलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।

जुन न्युजिल्यान्डले जितेको एकमात्र आइसिसीको प्रतियोगिता हो । भारतले सन् १९८३ र २०११ मा एक दिवसिय विश्वकप जितेको थियो । २००७ मा टि२० विश्वकप जितेको थियो । २०१३ मा च्याम्पियन्स ट्रफी जित्दा २००२ मा श्रीलंकासँग बाँडेको थियो । २०१९ मा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्डले फाइनलमा स्थान बनाएको थियो ।

फाइनल अघि दुबै कप्तानको भनाई

‘यो कुनै ओडिआई र टि२० आई खेल होईन केहि घण्टामा सकिन । यो क्रिकेट हार्ड ब्रान्ड हो । यसमा हामीले धेरै गर्व गर्छौ । जो तपाईंले अष्ट्रेलियामा उदाहरण पनि देख्नुभयो । गतवर्ष सेमिफाइनल भारतको हार दिगमा राखेर खेल्ने छौं,’ विराट कोहली, भारत ।

प्रत्येक टिम चुनौतीदिन्छन् । केहि ब्यक्ति हामीलाई सानो जनसङ्ख्या भएको देख्छन् । हामी चुनौतीको अगाडि देखि राखेका छौं । हाम्रो लागि महत्वपूर्ण क्रिकेटको प्रतिबद्धता पनि छ,’ केन विलियम्सन न्युजिल्यान्ड ।

मौसम :

इंग्ल्यान्डमा मौसमको कुनै भर हुँदैन । टेष्टको पहिलो दिन वर्षाले प्रभावित हुने सम्भावना धेरै छ । फाइनल अघिल्लो दिन पनि साउथह्याप्टनमा वर्षा भएको थियो । मौसम विज्ञानका अनुसार अन्य दिन पनि केहि प्रभावित हुन सक्ने सम्भावना छ ।

वाटलिङको अन्तिम खेल

न्युजिल्यान्डका विकेटकिपर बिजे वाटलिङले यस खेल मार्फत अन्तर्राष्ट्रिय सबै खेलबाट सन्न्यास लिने छन् ।

लाइभ (प्रत्यक्ष प्रसारण)

नेपालमा लाइभ स्टार स्पोर्ट्स वान र स्टार स्पोर्ट्सका च्यानलमा हेर्न सकिने छ ।

टेष्ट च्याम्पियनसिपमा सर्वाधिक रनकर्ता

न्युजिल्यान्ड

केन विलियम्सन – ८ समय १७ रन

टम लाथम – ६ सय ८० रन

हेनरी निकोल्स – ५ सय ६८ रन

भारत

अजिक्ंया हराणे – १ हजार ९५ रन

रोहित शर्मा – १ हजार ३० रन

विराट कोहली– ८ सय ७७ रन

च्याम्पियनसिपमा सर्वाधिक विकेटकर्ता

न्युजिल्यान्ड

टिम साउथी ५१ विकेट

काइल जामिसन ३६ विकेट

ट्रेन्ट बोल्ट ३४ विकेट

भारत

रविचन्द्रन आश्विन ६७ विकेट

ईशान्त शर्मा र मोहम्मद शामी ३६–३६ विकेट

पछिल्ला पाँच खेल

न्युजिल्यान्डले पछिल्ला पाँच खेलमा चारमा जित र १ मा बराबरीमा सकाएको छ । भारतले आफ्ना पछिल्ला पाँच खेलमा चारमा जित र एकमा हारको सामना गरेको छ ।

भारतको प्लेइङ ११ : रोहित शर्मा, सुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, जस्प्रित बुमराह, ईशान्त शर्मा र मोहम्मद शामी ।

न्युजिल्यान्डको टोली : केन विलियम्सन (कप्तान), टम ब्लन्डेल, ट्रेन्ट बोल्ट, डेभन कन्वे, कोलिन डि ग्रान्डहोम, म्याट हेनरी, काईल जामिसन, टम लाथम, हेनरी निकोल्स, अजाज पटेल, टिम साउथी, रस टेलर, निल वाग्रर, बिजे वाटलिङ र विल योंग ।

यी पनि :

भारतले उपाधि जित्ने तीन आधार

भारतले फाइनल हार्न सक्ने पाँच कारण

भारतविरुद्ध घातक बन्न सक्ने पाँच खेलाडी

न्युजिल्यान्डले भारतलाई हराउँदै टेष्ट च्याम्पियनशिप जित्ने तीन आधार

कप्तानीमा को उत्कृष्ट : कोहली वा विलियम्सन ?

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.