default_image

3 years ago

July 18, 2021

‘पाकिस्तान विश्वको एक उत्कृष्ट टि२० टोली हो’

एजेन्सी – पूर्व तीव्र गतिका बलर शोएब अख्तरले पाकिस्तान विश्वको एक उत्कृष्ट टि२० टोली रहेको बताएका छन् । शुक्रबार राती इंग्ल्यान्डलाई पहिलो टि२० खेलमा ३१ रनले पराजित गरेपछि अख्तरले उक्त कुरा बताएका हुन् । ‘मैले पहिला पनि भनेको थिएँ । इंग्ल्यान्डले पाकिस्तानलाई धेरै कमजोर ठानि रहेको छ । पाकिस्तान टि२० को विश्वको एक उत्कृष्ट टोली […]

63 views

0 Bookmark

एजेन्सी – पूर्व तीव्र गतिका बलर शोएब अख्तरले पाकिस्तान विश्वको एक उत्कृष्ट टि२० टोली रहेको बताएका छन् । शुक्रबार राती इंग्ल्यान्डलाई पहिलो टि२० खेलमा ३१ रनले पराजित गरेपछि अख्तरले उक्त कुरा बताएका हुन् ।


‘मैले पहिला पनि भनेको थिएँ । इंग्ल्यान्डले पाकिस्तानलाई धेरै कमजोर ठानि रहेको छ । पाकिस्तान टि२० को विश्वको एक उत्कृष्ट टोली हो भन्ने उनीहरुले सोचेनन् । पाकिस्तानले यो वर्ष टि२० विश्वकप जित्छ भने कसैले आश्चर्य नमाने हुन्छ’ , शोएब अख्तरले भने । टि२० विश्वकप यूएईमा हुने हुँदा पाकिस्तानलाई धेरै फाईदा पुग्ने अख्तर बताउँछन् । यूएई पछिल्लो एक दशक देखि पाकिस्तानको घरेलु मैदान हुँदै आएको छ ।

इंग्ल्यान्डको दोस्रो रोजाईको टोलीसँग तीन ओडिआई सिरिज हारेपछि पाकिस्तानको चर्को आलोचना खेप्नु परेको थियो । इंग्ल्यान्डको प्रमुख टोलीविरुद्ध टि२० खेलमा पाकिस्तानले सर्वोत्कृष्ट ब्याटिङका साथ आफ्नो इतिहासकै सर्वाधिक योगफल बनाउन सफल भयो ।

‘पाकिस्तान विश्वको एक उत्कृष्ट टि२० टोली हो भन्ने इंग्ल्यान्डले अनुभव गरेको हुनुपर्छ । टि२० क्रिकेट पाकिस्तानले जस्तो अरु कसैले पनि जान्दैन । टि२० विश्वकप यूएईमा हुने छ । पाकिस्तानलाई टि२० मा रनमा रोक्न सकिदैन । पाकिस्तानलाई ५० ओभर भने खेल्न आउँदैन’ ,उनले भने । त्यसैमा उनले थपे, ‘बाबर तेस्रो वा चौथो नम्बरमा ब्याटिङको लागि आउँछन् भने जिम्मेवारी थप बढ्ने छ । बाबर खेलाडीको रुपमा महान् हुनु छ । त्यसैले बाबरलाई फिनिसरमा जानुपर्छ । इंग्ल्यान्डलाई लाग्न सक्छ यो त त्यो पाकिस्तान होईन’ ।

शुक्रबार पाकिस्तानले टस हार्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३२ रन बनाएको थियो । यसअघि पाकिस्तानको टि२० आईमा उत्कृष्ट प्रदर्शन २०१८ मा कराँचीमा वेस्टइन्डिजविरुद्ध २ सय ५ रन बनाएको थियो । पाकिस्तानलाई विशाल योगफलमा पुर्याउन ओपनर बाबर आजम र मोहम्मद रिजवानले १ सय ५० रनको उत्कृष्ट साझेदारी गरेका थिए । बाबरले ८५ र रिजवानले ६३ रनको योगदान दिए ।

उक्त विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.२ ओभरमा २ सय १ रनमा अल आउट भयो । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले ४३ बलमा १ सय ३ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । ४२ बलमा शतक प्रहार गर्दै उनी इंग्ल्यान्डबाट सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । दोस्रो टि२० खेल आईतबार हुने छ ।

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

April 15, 2024

कुवेतको दोस्रो जित 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कुवेतले दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध हार बेहोरेको कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बहराइन माथि २६ रनको जित निकालेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा १६२ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले ६ विकेट गुमाउँदै १३५ रन मात्र […]

April 15, 2024

ओमानको युएईविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कपमा घरेलु टोलीमा ओमानले लगातार तेस्रो जित दर्ता गरेको छ । लगातार तेस्रो जित हासिल गर्ने क्रममा ओमानले युएई माथि ९ विकेटको सानदार जित निकालेको हो । वर्षाका कारण १५ ओभर प्रति टोलीमा घटाइएको खेलमा युएईले दिएको १४३ रनको लक्ष्य ओमानले १२.४ ओभरमै १ विकेट मात्र गुमाएर […]

Success

Thank you for your time.