default_image

3 years ago

July 19, 2021

सन्दीपले खेल्ने द हन्ड्रेड बारे १० जानकारी

एजेन्सी – इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय) बलको प्रतियोगिता बिहिबारदेखि सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ओभल इन्भिन्सिबल्सबाट खेल्नेछन् । सन्दीपले इंग्ल्यान्डमा पहिलो पटक फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । द हन्ड्रेड विश्व क्रिकेटमा पहिलो पटक हुन लागेको हुँदा पनि प्रतियोगितालाई महत्त्वपूर्ण रुपमा हेरिएको छ । […]

61 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय) बलको प्रतियोगिता बिहिबारदेखि सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ओभल इन्भिन्सिबल्सबाट खेल्नेछन् । सन्दीपले इंग्ल्यान्डमा पहिलो पटक फ्रेन्चाइज लिग खेल्न लागेका हुन् ।

द हन्ड्रेड विश्व क्रिकेटमा पहिलो पटक हुन लागेको हुँदा पनि प्रतियोगितालाई महत्त्वपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय विश्व क्रिकेटमा एकपछि अर्को शैलीको क्रिकेट विकास हुँदै आएको छ । द हन्ड्रेडको खेल्ने शैली पनि फरक छ । सन्दीप द हन्ड्रेडमा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका हुन् ।

आगामी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकपको लागि इंग्ल्यान्डले खेलाडी छनोटमा यस प्रतियोगिता प्रदर्शनलाई पनि आधार मान्ने छ । बिहिबारदेखि सुरु हुने द हन्ड्रेडबारे १० जानकारी ।

१. सहभागी टोली : प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । सिंगल राउन्ड रोबिनको आधारमा हुने यस प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् ।

२. लिग चरणपछि शीर्ष टोली फाइनमा पुग्ने छ । त्यसपछि दोस्रो र तेस्रो टोलीले एलिमिनेटरमा प्रतिस्पर्धा गर्ने छन् । एलिमिनेटरको विजेताले फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । अन्य फ्रेन्चाइज लिगमा जस्तो पहिलो र दोस्रो क्वालिफायर हुने छैन । एलिमिनेटर अगष्ट २० र फाइनल अगष्ट २१ मा हुने छ ।

३. एक इनिङ एक सय बलको हुने छ । पावर प्ले सुरुवाती २५ बलको हुने छ । पावर प्लेरमा ३० यार्ड सर्कल बाहिर मात्र दुई फिल्डर राख्न पाइनेछ ।

४. एक बलरले लगातार पाँच वा दश बलसम्म गर्न पाउने छन् । पाँच र दश बल गराउने कप्तानले निर्णय लिने छ । एक बलरले इनिङमा बढीमा २० बल मात्र गर्न पाउँछ ।

५. १० बलपछि एण्ड परिवर्तन हुनेछ । १० बलपछि फिल्ड पनि परिवर्तन हुनेछ ।

६. लिग चरणको खेल टाई भएमा दुवै टोलीले एक एक अंक बाँड्नु पर्ने हुन्छ । एलिमिनेटर र फाइनलको खेल टाई भएमा सुपर पाईभ (पाँच बल) को खेल हुनेछ ।

७. एलिमिनेटर र फाइनलमा सुपर फाईभ टाई भएमा अर्को सुपर फाईभ हुने छ । तर दोस्रो सुपर फाइभ पनि टाई भएमा भने लिग चरणको प्रदर्शनको आधारमा विजेता निर्धारण गरिने छ ।

८. एक खेल दुई घण्टा तीस मिनेटमा सकिने छ । इंग्ल्यान्डको घरेलु क्रिकेटमा पहिलो पटक डिआरएस (डिसिजन रिभ्यु सिस्टम) लागु हुनेछ । बलरको नो बलमा थर्ड एम्पायरले निरन्तर निगरानी गर्नेछन् ।

९. खेलको समयमा प्रशिक्षक मैदानको बीचमा हिँड्न र खेलाडीसँग छलफल गर्न सक्नेछन् । सर्वाधिक रन बनाउने टोलीनै विजयी हुनेछ ।

१०. टाइमआउट दुई मिनेट तीस सकेन्डको हुनेछ ।

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

Success

Thank you for your time.