default_image

3 years ago

July 21, 2021

दाइले भाइलाई डेब्यू क्याप दिँदाको भावुक क्षण

एकै परिवारका दुई जनाले राष्ट्रिय टोलीबाट खेल्ने अवसर निकै कम हुन्छ हुन्छ । अझ एकैसाथ खेल्ने क्षण त निकै दुर्लभ मानिन्छ । यस्तै अवसर अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीमा बुधबार देखियो । अझ त्यो क्षण थप विशेष बन्यो जब दाजु एस्टन एगरले भाइ वेसलाई डेब्यु क्याप दिए । बुधबार बिहान पहिलो ओडिआई खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई […]

45 views

0 Bookmark

एकै परिवारका दुई जनाले राष्ट्रिय टोलीबाट खेल्ने अवसर निकै कम हुन्छ हुन्छ । अझ एकैसाथ खेल्ने क्षण त निकै दुर्लभ मानिन्छ । यस्तै अवसर अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीमा बुधबार देखियो । अझ त्यो क्षण थप विशेष बन्यो जब दाजु एस्टन एगरले भाइ वेसलाई डेब्यु क्याप दिए ।

बुधबार बिहान पहिलो ओडिआई खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गर्दै तीन खेलको सिरिजमा १–० को अग्रता लियो । तीव्र गतिका बलर मिचेल स्टार्कको पाँच र जोश हेजलवुडको तीन विकेटको सहयोगमा २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज २६.२ ओभरमा १ सय २३ रनमा अल आउट हुन पुगेको थियो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले कप्तान एलेक्स केरीको ६७ रनको अर्धशतको सहयोगमा निर्धारित ४९ ओभरमा २ सय ५२ रन बनाएको थियो । नियमित कप्तान आरोन फिन्च चोटका कारण उपलब्ध नहुँदा विकेटकिपर केरीले पहिलो पटक नेतृत्व गर्दै अष्ट्रेलिया २६ औं ओडिआई कप्तान बनेका थिए ।

अष्ट्रेलियाले खेलमा तीन खेलाडी युवा ओपनर जोश फिलिपे, बेन म्याकडेरमोट र तीव्र गतिका बलर वेस एगरलाई ओडिआई डेब्यू दिएको थियो । जोश र बेनले टि२० आई खेलि सकेका छन् । वेस एगरले भने अष्ट्रेलियाका लागि पहिलो पटक खेलेका हुन् । वेस अलराउन्डर एश्टन एगरका कान्छा भाइ हुन् । एश्टनले भाइ वेसलाई अष्ट्रेलियाको २ सय ३१ औं ओडीआई क्याप दिए ।

एगर परिवारको लागि यो एउटा ठूलो खुसीको क्षण थियो । एकै परिवारबाट दुबै सन्तानले राष्ट्रिय टोलीको जर्सीमा खेल्ने अवसर निकै कम पाउँछन् । त्यसमा दाइले भाइलाई वा भाइले दाइलाई डेब्यू क्याप दिएको अवसर विश्व क्रिकेटमा दुर्लभ छ । भाइलाई डेब्यू क्याप दिँदा दाइ एश्टनको खुसीको आशु रोकिएन ।

‘मम्मी, बुबा, विल (माइलो भाइ) र म तिमिलाई निकै माया र गर्व गछौं । जब मैले उसलाई डेब्यू क्याप दिएँ सबै भावनाहरु बाहिर आएँ । यो केवल गर्व मात्र हो । म उसलाई धेरै माया गर्छु । सबैले आफ्नो मान्छेले राम्रो गरेको देख्न चाहान्छन्’, एश्टनले डेब्यू क्याप दिएपछि क्रिकेट डटकमएयुसँग भनेका छन् ।

एश्टनले त्यो एक सुन्दर क्षण सधैं सम्झिरहने बताएका छन् । उनी अष्ट्रेलिया ओडिआई टोलीबाट खेल्ने छैटौं दाजुभाइ पर्दछन् । यसअघि ईयान, ग्रेग र ट्रभर च्याम्पल, स्टिभ र मार्क वा, शेन र ब्रेट ली, माइकल र डेविड हसी, मिचेल र शन मार्श दाजुभाइले अष्ट्रेलियाबाट ओडिआई खेलेका छन् ।

२७ वर्षिय एगरले अष्ट्रेलियाबाट ४ टेस्ट, १४ ओडिआई र ३४ टि२० आई खेल खेलेका छन् । बायाँ हाते एश्टन प्रमुख स्पिनरको रुपमा खेल्दा तल्लोक्रममा ठूला सटको क्षमता राख्छन् । उनी पछिल्लो समय अष्ट्रेलिया टोलीमा टि२० टोलीमा बढी प्राथमिकतामा छन् । त्यसैले उनी पहिलो ओडिआईमा बेन्चमा थिए । २४ वर्षिय वेस एगरले डेब्यू खेलमा ब्याटिङमा ६ बलमा १ चौका सहित ९ रनमा स्टम्पिङ आउट भएका थिए । बलिङमा ६ ओभरमा १ मेडन सहित १५ रन खर्चेपनि विकेट लिन सकेनन् ।

बायाँतर्फ एश्टन र दायाँतर्फ वेस

एगरका तीन दाजुभाइ छन् । उनको बुबाको नाम जोन, मम्मीको सोनिया र माईलो भाइको नाम विल हो । एश्टनले २०१३ मा इंग्ल्यान्डविरुद्ध नोटिङ्घममा टेस्टमा डेब्यू गर्दा उनको परिवार त्यहाँ पुगेको थियो । डेब्यू टेस्टको पहिलो इनिङमा ११ औं नम्बरमा ब्याटिङ गर्दै एश्टनले ९८ बनाउँदै विश्व कीर्तिमान कायम गरेका थिए ।

वेस एगर १७ वर्षको उमेरमा दक्षिण अष्ट्रेलियाबाट खेल्ने अवसर पाएका थिए । बाल्यकाल भिक्टोरियामा बिताएका एगर पछि दक्षिण अस्टेलिया गएका थिए । २०१६ को यू१९ विश्वकपमा उनी अष्ट्रेलिया टोलीमा थिए । २०१६/१७ को सिजनमा उनी बिग ब्यास लिगमा एडिलेड स्टाइकर्समा अनुबन्ध भएका थिए । उनको परिवार क्रिकेटमय थियो । बुबा पनि क्रिकेटरनै थिए । दाइ स्पिनर हुँदा उनले बुबाको रोजाईमा तीव्र गति बलिङ गर्न थालेका थिए । उनले १६ वर्षकै उमेरमा भिक्टोरिया प्रिमियर लिग खेलेका थिए । २०१७ जनवरी १० मा उनले बिग ब्यासमा मेलबर्न स्टार्सविरुद्ध टि२० क्रिकेटमा डेब्यू गरेका थिए ।

उनले २०१९ को घरेलु प्रतियोगिता दक्षिण अष्ट्रिेलियाबाट लिष्ट ए मा उत्कृष्ट प्रदर्शन गरेका थिए । २०१९/२० को शेफिल्ड शिल्डमा ८ खेलमा ३३ विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए । बिग ब्यास लिगमा त्यसै सिजनमा १२ खेलमा १७ विकेट लिएपछि सिनियर टोलीको ढोका सहज बनेको थियो । अष्ट्रेलियाले वेस्ट इन्डिज भ्रमणमा प्याट कमिन्स सहित प्रमुख खेलाडीलाई विश्राम पाउँदा वेसले अवसर पाएका थिए ।

२०१९ को मार्श वान डे कपमा मार्कस स्टोइनिसको बलमा वेसले प्रहार गरेको सट एश्टन एगरले मिडअनमा ड्रप गर्दा निधारमा चोट लागेको थियो । गत चैतमा भारतीय स्टार अलराउन्डर हार्दिक पान्ड्याले दाइ क्रुनाल पान्ड्यालाई इंग्ल्यान्डविरुद्ध डेब्यू क्याप दिनेक्रममा पनि निकै भावुक बनेका थिए ।

(एजेन्सीको सहयोगमा )

मैदानमा भावुक पान्ड्या दाजुभाई

राष्ट्रिय टोलीमा सँगै खेलेका पाँच नेपाली दाजुभाई

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

Success

Thank you for your time.