default_image

4 years ago

August 22, 2021

गुलशनको अविश्वसनिय राष्ट्रिय टोलीको यात्रा

272 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

सामान्यतया नेपाली क्रिकेटमा राष्ट्रिय टोलीको यात्रा तय गर्न उमेर समूह हुँदै घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको हुनुपर्छ । हरेक खेलाडीको सपना उमेर समूह हुँदै घरेलु क्रिकेटमा उच्च प्रदर्शनका साथ राष्ट्रिय टोलीमा स्थान बनाउने हुन्छ । तर १७ वर्षिय तीव्र गतिका गुलशन झा भने राष्ट्रिय स्तरको दुई खेलको प्रदर्शनलेनै नेपाली टोलीमा पर्न सफल भए ।

यसै महिना ओमानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक ओडिआई सिरिजको लागि गुलशन नेपालको टोलीमा परेका छन् । ६ महिना अघिसम्म नेपाली क्रिकेटमा गुलशनलई चिन्ने उनको परिवार र साथीभाइ बाहेक सायद बिरलै थिए ।

फागुनमा काठमाडौं मेयर्स कप एकदिवसिय प्रतियोगितामा नेपाल पुलिस क्लबबाट दुई खेल खेल्दै उत्कृष्ट प्रदर्शन गर्दै उनले सिनियर टोलीको यात्रा पक्क गरे । राष्ट्रिय र उमेर समूह प्रतियोगिता बिनानै सिनियर टोलीको यात्रा गर्ने नेपाली क्रिकेटका उदाहरणीय खेलाडी हुन् । काठमाडौं मेयर्स कपमा तीन विभागीय, बागमती प्रदेश र काठमाडौं मेयर ११ सबै प्रदेश मिलेर बनेको हुँदा राष्ट्रिय प्रतियोगिता भने थिएन ।

काठमाडौं मेयर्स कपमा पुलिसले तीव्र गतिका बलर राशिद खानको स्थानमा गुलशनलाई काठमाडौं मेयर–११ विरुद्ध मौका दिएको थियो । पहिलो खेलमा काठमाडौं मेयर–११ विरुद्ध विकेटलिन नसकेपनि उत्कृष्ट गति र बाउन्सरको सबैलाई प्रभावित पारेका थिए । उनको धारिलो बाउन्सरबाट प्रभावित हुँदै पुलिसले फाइनलमा एपिएफविरुद्ध निरन्तरता दिएको थियो । फाइनलमा पुलिसलाई उपाधि जिताउन गुलशन सुपर हिरो बने ।

गुलशनको तीव्र गति र बाउन्सरमा एपिएफका ब्याट्सम्यान टियु मैदानमा धेरै समय क्रिजमा टिक्न सकेनन् । यसअघि उनी नेपाली क्रिकेटमा कतैपनि देखिएका थिएनन् । त्यसैले गुलशनको गति र बाउन्सर बल धेरैलाई बुझ्नै कठिन पर्यो । फाइनलमा ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । उनको घातक बलिङमा एपिएफ १ सय ५ रनमै अलआउट गर्दै पुलिसले आठ विकेटको जितका साथ च्याम्पियन बनेको थियो ।

गुलशनले चोटको कारण एक हप्ता विश्राम पछि सिधै खेलेका थिए । डीप मिडविकेटबाट फाइनल हेरि रहेका नवनियुक्त प्रशिक्षक डेभ ह्वाटमोर पनि उनको बाउन्सरबाट प्रभावित हुन पुगे । कुनैपनि खेलाडीलाई आफ्नो प्रतिभा र क्षमता देखाउन धेरै समय चाहिँदैन । राम्रो प्रशिक्षकले पनि प्रतिभा चिन्न समय लगाउँदैनन्। गुलशनको हकमा यहि लागु हुन्छ ।

दुई विभागीय टोली र फाइनल खेलको करण पनि उक्त खेल आर्कषण र महत्वपूर्ण रुपमा धेरैले हेरेका थिए । फाइनलमा उनले गरेको प्रर्दशनले धेरै समर्थकको मनमा बस्न सफल भए । माघमा भएको प्रधानमन्त्री कप प्रतियोगिता प्रदेश–२ छनोट सर्लाहीबाट खेलेका थिए । तर प्रदेशको फोहोर राजनीतिको कारण उनले स्थान बनाउन सकेनन् ।

‘दिउँसो अभ्यास सकेपछि फर्कने क्रममा थियौं । त्यतिबेला फिजियो विक्रम न्यौपाने दाइ आएर टिममा परेको जानकारी दिनु भयो । मेरो नाम छ भन्दा निकै खुसी भए । खुसीले एकछिन केहि गर्न सकिन’, गुलशनले नेपाली टोलीमा परेपछिको अनुभव सुनाए, ‘सोचेको थिएन यसरी एकै पटक यस्तो हुन्छ । तर मैले तयारी र अभ्यास भने गरिरहेको थिएँ ।’

‘पिएमकप छनोट खेल्न आएको समय मलाई कुनै थाहा थिएन । त्यो बेला टिममा पनि परिन । प्रदर्शन त छनोटमा राम्रो भएको थियो । ६ ओभरमा १० खर्चेर ४ विकेट लिएको थिएँ । सायद ममा कुनै कमी भएर नै प्रदेश टोलीमा परिन होला’, उनले भने ।

‘अब छिटो भन्दा छिटो डेब्यू गर्दै देशको लागि राम्रो गर्ने सोच छ । यो स्तरमा आउँदा बितिक्कै प्रतिस्पर्धा धेरै उच्च स्तर हुन्छ । आफूलाई हरेक मिनेट र सकेन्डमा प्रमाणित गर्नुपर्छ । आफ्नो उत्कृष्ट गर्ने र आफूलाई उत्कृष्ट बनाउने अबको सोच छ,’ उनले सुनाए ।

प्रशिक्षक डेभ व्हाटमोरले पनि गुलशन प्रतिभावान खेलाडी रहेको र उनलाई समय दिनुपर्ने बताए । ‘गुलशन राम्रो खेलाडी हुन् । उनमा निकै क्षमता छ तर अहिले सिक्ने क्रममा छन् । हामीले उनलाई राम्रोसँग अघि बढाउन आवश्यक छ,’ उनले भने । कप्तान ज्ञानेन्द्र मल्ले पनि गुलशनको प्रशंसा गर्दै उनले राष्ट्रिय टोलीमा आएर अझै धेरी कुरा सिक्न पाउने बताए । उनको ब्याटिङ पनि तल्लोक्रमका लागि राम्रो रहेको मल्लले बताए ।

को हुन् गुलशन झा ?

गुलशनको जन्म प्रदेश–२ को सर्लाहीको मलंगवामा बुबा अखिलेश कुमार र आमा अन्जु कुमारी झाको पहिलो सन्तानको रुपमा भएको हो । उनको एक भाइ र बहिनी छन् । उनी सानै देखिनै क्रिकेट खेल्थे । गुलशन भन्दा अझ बढी रुची क्रिकेटमा उनको बुबाको थियो । त्यसैले उनले सुरु देखिनै क्रिकेटमा घरपरिवारबाट राम्रो साथ र सहयोग पाए ।

गुलशनलाई क्रिकेट खेल्दै जाँदा राम्रो क्रिकेटर बन्ने सपना जाग्यो । त्यसैले २०१६ को मध्य समयमा राम्रो क्रिकेटर बन्ने सपनाका साथ भारतको झारखण्डमा गएका थिए । त्यहाँ उनले अरुणोदय क्रिकेट एकेडेमी क्रिकेट सिके । उनलाई बुबालेनै क्रिकेट सिक्न भारत पठाएको बताउँछन् । झारखण्ड क्रिकेट एकेडेमीमा चार वर्ष बसेपछि उनी गत वर्ष नेपाल आएका थिए । उनी ६ फिट १ इन्च अग्ला छन् । त्यसैले उनलाई गति र बाउन्सर बलको लागि धेरै फाइदा हुन्छ ।

गुलशनले सिक्ने झारखण्डको उक्त क्रिकेट एकेडेमीमा भारतीय क्रिकेट टोलीका आक्रामक विकेटकिपर ईशान किशन, सौरभ तिवारीसँगै रणजी खेलेका चर्चित खेलाडीसँगै खेलेको र नेटमा बलिङ पनि गर्ने गरेको बताउछन् । प्रदेश २ बाट घरेलु क्रिकेट खेल्ने उनले गत माघमा भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा टोलीमा भने परेनन् । सर्लाहीबाट प्रधानमन्त्री कप प्रदेश २ छनोट खेलेका थिए । तर टोलीमा परेनन् । नेक्सस क्रिकेट एकेडेमीका प्रमुख भरत शाहीले उनलाई छात्रवृती प्रदान गर्दै होस्टेलमा राखेर ट्रेनिङ गराउन काठमाडौं बोलाएका थिए ।

नेक्ससले नेपाल पुलिस क्लबसँग मुलपानी क्रिकेट मैदानमा अभ्यास खेल खेलेको थियो । जसक्रममा उनी पुलिसको नजरमा पर्न सफल भए । प्रधानमन्त्री कप क्रिकेटमा कमजोर प्रदर्शनका साथ समूह चरणबाट बाहिरिएको पुलिसलाई मेयर्स कपमा उत्कृष्ट प्रदर्शनको दबाब थियो । प्रमुख तीव्र गतिका बलर ललितसिंह भण्डारी सडक दुर्घटनाको कारण गभ्भीर घाइते भएपछि पुलिस पनि राम्रो तीव्र गतिको बलरको खोजीमा थियो ।
त्यसैले गुलशनलाई मेयर्स कपको लगि टोलीमा समेटेको थियो ।

उक्त प्रतियोगिताको सुरुवाती तीन खेल भने चोटका कारण बेन्चमा बसेका थिए । चौथो खेलमा लुम्बिनीविरुद्ध डेब्यू गर्दा फाइनलमा उनी नायक मात्र बनेनन् राष्ट्रिय टोलीको ढोका पनि सहज बनाए । त्यसपछि उनको चर्चा नेपाली क्रिकेटमा एकाएक चुलिएको थियो । उनको बाउन्सर र बलिङको गति समर्थक सामू निकै चर्चाको विषय बन्यो । नेपाली क्रिकेट र समर्थक पनि त्यस्तै उत्कृष्ट बाउन्सर बल फाल्न सक्ने बलरको खोजीमा थिए ।

गुलशनको बाउन्सरबाट प्रभावित भएपछि छनोट समितिले बन्द प्रशिक्षणमा बोलाएको थियो । बन्द प्रशिक्षणमा अझ उत्कृष्ट प्रदर्शन गरेपछि उनले सिनियर टोलीमा यात्रा पक्का गरेका हुन् । देब्रे हातले ब्याटिङ गर्ने उनी ब्याटबाट पनि राम्रो प्रदर्शन गर्न सक्छन् । तीव्र गतिका बलरमा बाउन्सरको कमी र कमजोर डेथ ओभर नेपाली क्रिकेटको समस्या रहँदै आएको थियो । जसको खोजी र समाधानको रुपमा गुलशन देखिएका छन् ।

गुलशनको बाउन्सर टेस्टबाट निखारिएका खेलाडीको जस्तो छ । बाउन्सर बल विपक्ष्य खेलाडीलाई दबाबमा राख्न सहयोग निकै सहयोग गर्दछ । ओमान भ्रमणमा गुलशनलाई राम्रो अवसर छ । त्रिकोणात्मक सिरिज अघि नेपलले पपुवा न्युगिनीसँग दुई ओडिआई खेल अभ्यास स्वरुप खेल्ने छ । जुन अभ्यास खेलमा गुलशनले राम्रो प्रदर्शन गर्न सके ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिजमा पनि मौका पाउने छन् ।

नेपाली टोलीमा उत्कृष्ट गतिसँगै बाउन्सर फाल्ने बलरको कमी छ । जसको कारण गुलशनले ओमान भ्रमणमा राम्रो प्रभाव छाड्न सके टोलीमा नियमित स्थान बनाउन सक्छन् । नियमित स्थान बनाउन फिटनेशमा भने उनले निकै ध्यान दिनुपर्ने हुन्छ । छोटो समयमै उनले जुन आशा र सम्भावना देखाएका छन् त्यसलाई निखारीदै लैजाने हो भने आगामी दिनमा नेपाली क्रिकेटलाई धेरै फाइदा पुग्नेमा भने कुनै शंका छैन ।

गुलशन आफ्नो गति र बाउन्सरको झैं नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यम सहयात्री बन्न सक्छन् । त्यसको लागि उनको प्रतिभा र प्रदर्शन निखारिने वातावरण भने तयार पार्न आवश्यक देखिन्छ । अहिले नै उनीबाट प्रदर्शन भन्दापनि राष्ट्रिय टोली वरपर रहेर अनुभव बटुल्नु लक्ष्य हुनेछ ।

काठमाडौं मेयर्स कपमा पहिलो खेलपछि उनको बारे लेखिएको लेखः पुलिसका सरप्राइज प्याकेज गुलशन

यो पनि : नेपाली क्रिकेटमा हराएको ‘रातो बल र सेतो जर्सी’

November 18, 2025

विराटनगरको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]

November 18, 2025

विराटनगरद्वारा पोखरालाई कीर्तिमानी लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]

November 18, 2025

पोखराले पहिला बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ। टस जितेर पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र विराटनगर दुवैसँग गत संस्करण प्ले अफमा पुग्न नसकेको तीतो अनुभव रहेको छ। त्यसैले दुबै टोली जितबाट यो सिजनको सुरुवात गर्ने दाउमा रहनेछन्। विराटनगर स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा […]

Success

Thank you for your time.