default_image

3 years ago

September 4, 2021

स्पिनरलाई प्रतिस्थापन गर्दै तीव्र गतिका बलर

भुपेन्द्र जिसी, काठमाडौं नेपालले विश्व क्रिकेटमा हालसम्म हात पारेको उपलब्धिमा स्पिनरको प्रदर्शन निकै महत्वपूर्ण रहेको छ । स्पिन बलिङ नेपालको इतिहास देखिनै सर्वाधिक बलियो पक्ष र हतियार मानिन्छ । नेपालको भुगोल बनावट र माटो पनि स्पिनर सहयोगी छ । नेपालमात्र नभएर दक्षिण एसिया स्पिनर उत्पादनको उर्वर भूमिको रुपमा लिइन्छ । सुरुवात देखिनै नेपाली टोलीमा स्पिनरको प्रभाव बढी […]

53 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपालले विश्व क्रिकेटमा हालसम्म हात पारेको उपलब्धिमा स्पिनरको प्रदर्शन निकै महत्वपूर्ण रहेको छ । स्पिन बलिङ नेपालको इतिहास देखिनै सर्वाधिक बलियो पक्ष हतियार मानिन्छ ।

नेपालको भुगोल बनावट र माटो पनि स्पिनर सहयोगी छ । नेपालमात्र नभएर दक्षिण एसिया स्पिनर उत्पादनको उर्वर भूमिको रुपमा लिइन्छ । सुरुवात देखिनै नेपाली टोलीमा स्पिनरको प्रभाव बढी रह्यो । कुनै समय नेपालको प्लेइङ–११ मा चार प्रमुख स्पिनर खेल्ने गर्दथे । तीन स्पिनर खेलाउने रणनीति नेपाली टोलीले लामो समयसम्म अबलम्बन गर्यो ।

एक समय वसन्त रेग्मी, शक्ति गौचन, राहुल विक र सञ्जम रेग्मीले नेपालको प्लेइङ–११ मा सँगै खेल्थे । नेपालले २०१३ को डिभिजन थ्रि को उपाधि जित्दा फाइनलमा युगान्डाविरुद्ध र इटालीसँगको निर्णायक खेलमा यी चार स्पिनरको प्रदर्शन निकै महत्त्वपूर्ण थियो ।

नेपालको प्लेइङ–११ मा तीव्र गतिका बलरको संख्या दुई भन्दा माथि पुगेको केहि समय मात्र भयो । तीन स्पिनर टोलीमा खेलाउँदा सुरुमा करण केसीलाई धेरै खेलमा बेन्चमा बस्नु परेको थियो । पछिल्ला खेलहरुमा नेपाली बलिङ शक्ति फेरिएको छ । टोलीले तीव्र गतिका बलरलाई प्राथमिकतामा राख्दै एक जना मात्र स्पिनर मैदान उतारेको पनि देखिएको छ ।

गत वैशाखमा घरेलु मैदान टियुमा भएको त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले सोमपाल, करण, अभिनाश बोहरा र कमलसिंह ऐरी गरि चार तीव्र गतिका बलर सँगै खेलाएको थियो । नेपाल चार तीव्र गतिका बलर सँगै खेलाएको सायद यो पहिलो अवसर थियो ।

स्पिनर साहब आलम र सुशान भारीको प्रदर्शन कमजोर रहेपछि नेपालले कमललाई मलेसियाविरुद्ध टि२० आईमा डेब्यू दिएको थियो । उक्त खेलमा अभिनाशलाई विश्राम दिँदै कमलले मौका पाएका थिए । कमलले डेब्यूमै तीन विकेट लिएपछि फाइनलमा अभिनाश सहित चार तीव्र गतिका बलर खेलाउने निर्णय लिएको थियो ।

फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध आफ्नो टि२० आई इतिहासकै सर्वाधिक योगफल २ सय ३८ रन बनाएको थियो । चार तीव्र गतिका बलर खेलाएको नेपालले नेदरल्यान्ड्सलाई ९६ रनमा अल आउट गरेको थियो । करणले तीन, कमलले दुई, अभिनाशले एक विकेट लिँदा सोमपाल विकेट विहिन थिए ।

नेपाली टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज र पपुवा न्युगिनीसँगको दुई ओडिआई खेल्दैछ । १७ खेलाडी ओमान भ्रमण गर्दा पाँच तीव्र गति र दुई प्रमुख स्पिनर टोलीमा छन् । ओमान भ्रमणमा नेपालले कम्तिमा तीन तीव्र गतिका बलर खेलाउने निश्चित छ । करण र सोमपाललाई अलराउन्डर मान्दै आएको नेपाल पिचको अवस्था हेर्दा चार तीव्र गतिको बलर पनि खेलाउन सक्छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर चार तीव्र गतिका बलर हुनुमा ओमानको वातावरणले तीव्र गतिका बलरलाई धेरै सहयोग गर्ने बताउँछन् । ‘ओमानको वातावरण तीव्र गतिको बलरलाई सहयोग गर्ने छ । हामीले विगतमा पनि ओमानको खेल हेरेका छौं । त्यसैले टोलीमा तीव्र गतिको बलर बढी हुनु सामान्य हो,’ उनले भनेका थिए ।

सन् २०१० को डिभिजन पाँचको उपाधि जिताउँदा फाइनलमा ७ विकेट लिएका स्पिनर राहुल विश्वकर्मा टोलीको आवश्यकता अनुसार छनोट भर पर्ने बताउँछन् । राहुलको समयमा टोलीबाट चार स्पिनरसँगै खेल्थें । ‘टिम कम्बिनेशन कस्तो छ त्यसमा बढी निर्भर गर्छ । हामी खेल्दा चार जना स्पिनरको प्रदर्शन राम्रो हुन्थ्यो । अहिले सन्दीपको उपस्थितिले विपक्षी टोलीलाई मानिसक प्रभाव त पार्छ पार्छ नै । उसलाई साथ दिने एउटा राम्रो स्पिनरको आवश्यक देखिन्छ’, राहुलले भने ।

पछिल्लो दुई वर्षयता नेपालले टि२० खेलमा सोमपाल, करण र अभिनाशलाई तीन तीव्र गतिका बलर खेलाउँदै आएको छ । त्यसअघि सन्दीप, वसन्त र शक्तिले दुई वर्षसँगै प्लेइङ ११ मा खेलेका थिए । शक्ति र वसन्तले निरन्तर टोलीमा स्थान बनाउँदा थुप्रै युवा स्पिनर ओझेलमा परेका थिए । सुशान र भुवन कार्की त्यसका उदाहरण हुन् ।

सन् २०१८ मा शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । वसन्त पनि २०१९ पछि टोलीमा छैनन् । त्यसपछि नेपालको स्पिन आक्रमण तुलनात्मक रुपमा केहि कमजोर बनेको छ । सन्दीपलाई भुवन कार्की, ललित, साहब र सुशानले साथ दिइसकेका छन् । तर स्थायी सहयात्री पाएका छैनन् ।

इतिहास हेर्दा नेपालको पिच तीव्र गतिका बलरलाई खासै सहयोगी मानिदैन । तर पछिल्लो दुई घरेलु प्रतियोगितामा टियु मैदानमा तीव्र गतिका बलरले नयाँ आयाम थपेका छन् । प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कपमा उत्कृष्ट प्रदर्शन गर्ने सूचिमा तीव्र गतिका बलर अग्रस्थान थिए । कोरोना महामारीको कारण पिचलाई राम्रो विश्राम, दुबो र हरियो घाँसको कारण टियुमा तीव्र गतिका बलरले भरपूर्ण फाइदा उठाएका थिए । यस पटक पिचको कारण तीव्र गतिका बलर निराश बन्नु परेन ।

ओमानको पिच तीव्र गतिका बलरलाई बढी सहयोगी मानिन्छ । नेपालको प्लेइङ–११ मा स्पिनर सन्दीप लामिछानेले मात्र मौका पाउने सम्भावना छ । कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र शरद भेषावकर पार्टटाइम स्पिनरको रुपमा छन् । पवन सरार्फ स्पिन अलराउन्डरको राम्रो विकल्प हुन् ।

ब्याटिङतर्फ ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्ने निश्चित जस्तै छ । त्यसपछि ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र दीपेन्द्र मध्यक्रमका ब्याट्सम्यानको रुपमा खेल्ने छन् । कुशल मल्ल र विनोद भण्डारीले तल्लोक्रम सम्हाल्नेछन् । बाँकी चार खेलाडीमा तीन तीव्र र एक स्पिनरको सम्भावना देखिन्छ । दुई स्पिनर नै खेलाउने हो भने कुशल वा विनोद मध्य एकलाई बेन्चमा राख्नुपर्ने हुन्छ । तर त्यो सम्भावना कम देखिन्छ ।

पछिल्लो समय घरेलु क्रिकेटमा युवा तीव्र गतिका बलरको उपस्थीति र प्रदर्शन उत्साहजनक छ । तीन फ्रेन्चाइज लिग र केहि घरेलु क्रिकेटका कारण ती युवा खेलाडी नेपाली क्रिकेटमा देखिएका छन् । सम्भावना बोकेर नयाँ आशा देखाएका युवा तीव्र गतिका बलरलाई तयार पार्न अहिले देखि नै विशेष ध्यान दिनुपर्ने हुन्छ ।

नेपाली क्रिकेटमा कमजोर मानिने तीव्र गतिका बलिङ आक्रमण पछिल्लो समय बलियो बन्दै गएको छ । परम्परागत शक्तिको रुपमा रहेको स्पिन आक्रमण भने केहि खस्किएको छ । नेपालले उच्च स्तरको क्रिकेट खेल्दै जाँदा विभिन्न देशको आवश्यकता अनुसार टोली निर्माण गर्नुपर्छ । त्यसैले पनि तीव्र गति र स्पिन आक्रमण दुवैलाई सन्तुलित गर्न आवश्यक छ ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.