default_image

3 years ago

September 6, 2021

नेपाली ब्याटिङ र युवा पुस्ताको असली परिक्षा

भुपेन्द्र जिसी, काठमाडौं ब्याटिङ नेपाली क्रिकेटको परम्परा समस्या हो । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेदेखि नै नेपालका लागि ब्याटिङ फलामको चिउरा सावित हुँदै आएको छ । हरेक प्रतियोगिता र खेल खेल्नुअघि नेपाललाई सबैभन्दा बढी चिन्ता ब्याटिङको हुने गर्दछ । तर यस पटक ओमान भ्रमण अलि फरक छ । नेपाली टोली चिन्ताभन्दा बढी आशा लिएर त्यसतर्फ प्रस्थान गरेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज […]

48 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

ब्याटिङ नेपाली क्रिकेटको परम्परा समस्या हो । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेदेखि नै नेपालका लागि ब्याटिङ फलामको चिउरा सावित हुँदै आएको छ । हरेक प्रतियोगिता र खेल खेल्नुअघि नेपाललाई सबैभन्दा बढी चिन्ता ब्याटिङको हुने गर्दछ । तर यस पटक ओमान भ्रमण अलि फरक छ । नेपाली टोली चिन्ताभन्दा बढी आशा लिएर त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज तथा पपुवा न्युगिनीसँग दुई ओडिआई खेल खेल्दैछ । अधिकांश युवा खेलाडीसहित टोली नयाँ जोश, उत्साह र ठूलो आशाका साथ ओमान पुगिसकेको छ ।

नेपालले वैशाखमा घरेलु मैदान टियुमा मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टि२० आई सिरिजमा अपेक्षा भन्दा उत्कृष्ट ब्याटिङ गर्दै सनसनी मच्चाएको थियो । सधैं निराश बनाउने ब्याटिङलेनै त्रिकोणात्मक सिरिजमा निकै खुसी दिएको थियो । लगातार तीन खेलमा दुई सय माथिको योगफल बनाउँदै नेपालले विश्व क्रिकेटमा तहल्का पिटेको थियो । जसमा युवा खेलाडीको उच्च प्रर्दशन लोभलाग्दो थियो ।

डेब्यू खेलमै युवा ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेदरल्यान्ड्सविरुद्ध १ सय १६ रनको शतकीय ओपनिङ साझेदारी गरेका थिए । कुशल ४६ बलमा ६२ रनमा आउट हुँदा आसिफ ३८ बलमा ५४ रनमा अविजित थिए । १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

दोस्रो खेलमा १ सय १० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा आसिफ र कुशलले १ सय २ रनको शतकीय साझेदारी गर्दै सनसनी मच्चाए । सुरुवाती दुई खेलमा मध्यक्रम र तल्लोक्रम ब्याटिङ परिक्षण हुन पाएन । बाँकी तीन खेलमा नेपालले एकपछि अर्को सानदार ब्याटिङका साथ विशाल योगफल बनाएको थियो ।

तेस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध कुशलको ६२ र दीपेन्द्रसिंह ऐरीको ६० रनको सहयोगमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । कुशल टि२० आई डेब्यूको सुरुवाती तीनै खेलमा अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी बने । तर बलिङ नचल्दा नेपाल तीन विकेटले पराजित हुन पुग्यो । सानदार ब्याटिङको बाबजुद पराजित भएको हुँदा नेपाल खासै चिन्तित थिएन ।

चौथो खेलमा नेपालले मलेसियाविरुद्ध २ सय १७ रन जोडेको थियो । फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध तीन विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । नेपालले टि२० आईमा बनाएको सर्वाधिक ठूलो योगफल थियो । कुशल भुर्तेल ७७, कुशल मल्ल ५० र दीपेन्द्र ४८ रनमा अविजित थिए । नेदरल्यान्ड्सलाई ९६ रनमा अल आउट गर्दै नेपाल १ सय ४२ रनले विजयी भयो ।

त्रिकोणात्मक सिरिजमा युवा खेलाडीको प्रदर्शन उत्कृष्ट थियो । ओपनर, मध्य र तल्लोक्रम तीनै ब्याटिङ क्रम चलेको थियो । कुशल भुर्तेलले पाँच मध्य चार खेलमा अर्धशतक प्रहार गरेका थिए । मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोली सम्हालेपछि पहिलो अन्तर्राष्ट्रिय खेलमै ब्याटिङमा धेरै परिवर्तन देखिएको थियो । सट छनोट, डट बलमा कमी, स्ट्राइक परिवर्तन अनि रणनीति अनुसारको भूमिका निर्वाह टोलीमा देखिएको सुधार थियो ।

नेपालले घरेलु मैदान र समर्थकको राम्रो फाइदा उठाएको थियो । खेलाडीले त्यसअघि दुई घरेलु प्रतियोगिता प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कप खेल्दै निखारिएका थिए । तुलनात्मक रुपमा विपक्षी टोली केहि कमजोर थिए । मलेसिया भन्दा नेपालको स्तर माथि छ । नेदरल्यान्ड्सका केहि प्रमुख खेलाडी आएका थिएनन् । अर्कोतर्फ टियुको पिच ब्याटिङ सहयोगी थियो । घरेलु मैदान र समर्थक, ब्याटिङ सहयोगी पिच, कमजोर विपक्षी अनि राम्रो तयारीले ब्याटिङ अब्बल बनेको थियो ।

तर ओमानमा सबै फरक छ । विपक्षी टोली बलिया छन् । तीव्र गतिका बलरलाई सहयोग पुग्ने पिच छ । रन बनाउन पक्कै सहज हुँदैन । पछिल्लो पटक नेपालले टि२० शैली खेलेको थियो । तर ओमानमा ओडिआई खेल्दैछ । १९ महिना पछि नेपालले ओडिआई खेल खेल्दैछ । त्यसै अनुसार खेल्नुपर्ने हुन्छ ।

त्यसबेला टि२० आई सिरिजको हारले वरीयता र साख जोगउन बाहेक अन्य असर गर्ने थिएन । तर ओमान र अमेरिकासँग दुई दई खेल निकै महत्त्वपूर्ण छन् । विश्वकप छनोटमा पुग्ने रोडम्याप हुँदा हरेक खेल जित्नुपर्ने दबाब छ । वर्षाको कारण नेपालको तयारी पनि राम्रोसँग हुन पाएन ।

नेपालले पिएनजीसँग दुई ओडिआई खेल खेल्दै सुरुवात गर्नेछ । दुवै टोलीलाई तयारीको लागि निकै महत्वपूर्ण छ । पहिलो पटक टि२० विश्वकप खेल्न लागेको पिएनजी उच्च मनोबलका साथ ओमानमा आएको छ । पिएनजी नेपाललाई स्तब्ध पार्दै मनोबल अझ उच्च पार्न चाहन्छ । पछिल्लो पटक अमेरिका नेपालसँग दुवै खेलमा पराजित भएको थियो ।

अन्तिम खेलमा त मात्र ३५ रनमा अल आउट भएको थियो । यसपटक अमेरिकाले टोलीमा ६ परिवर्तन गरेको छ । उक्त हारको बदला लिन चाहन्छ । ओमान नेपालमाथि लगातार हाबी हुँदै आएको छ । ओमान घरेलु मैदानमा त्यस नतिजालाई निरन्तरता दिन चाहन्छ । पाकिस्तान र भारतीय मुलका खेलाडीको बाहुल्यता भएको ओमान निकै मजबुत छ ।

नेपाली क्रिकेट युवा पुस्तामा हस्तान्तरण भइसकेको छ । ओमान भ्रमणमा १७ सदस्य खेलाडी मध्य अनुभवी खेलाडीमा ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र शरद भेषावकर छन् । अन्य सबै खेलाडी युवा हुन् । ब्याटिङ र बलिङ दुबैमा नेपाल युवा खेलाडीमा बढी निर्भर छ । बलिङमा स्पिनर सन्दीप लामिछाने र सुशान भारी तथा तीव्र गतिका बलर गुलशन झा, अभिनाश बोहरा, सोमपाल कामी, करण केसी सबै युवा खेलाडी हुँदा नयाँ जोश छ ।

आोपनिङ नेपालले पछिल्ला चार वर्षमा भोगेको सर्वाधिक समस्या हो । तर त्रिकोणात्मक सिरिजबाट आसिफ र कुशलले त्यो समस्या समाधानको संकेत दिइसकेका छन् । तर निकै अपेक्षा गरिएका आशिफ र कुशल भुर्तेलमा ५० ओभरको अन्तर्राष्ट्रिय राम्रो अनुभव छैन । आसिफले नेपालबाट लिष्ट ए खेलेका छैनन् । उनले २०१७ मा इमर्जिङ टिम्स एसिया कपमा दुई एकदिवसिय खेल खेलेका थिए । कुशल भुर्तेलले तीन लिष्ट ए खेल खेलेका छन् । दुवै ओडिआईमा डेब्यू गर्दैछन् ।

कप्तान ज्ञानेन्द्र मल्ल ठूलो इनिङ खेल्न नसकेको भन्दै लगातार आलोचित हुँदै आएका छन् । पारस खड्काले सन्न्यास लिई सकेपछि ज्ञानेन्द्रको काँधमा जिम्मेवारी अझ बढेको छ । दीपेन्द्र र शरद मध्यक्रमका खम्बा हुन् । दीपेन्द्रले नेपालका १० ओडिआई खेल खेल्दा अर्धशतक बनाउन सकेका छैनन् । पछिल्लो समय राम्रो लयमा रहेका दीपेन्द्र यो पटक ठूलो इनिङ खेल्न चाहन्छन् । शरद २०२० फेब्रुअरीमा चोट लागेपछि पूनरागमन गरेका छन् । पछिल्ला दुवै घरेलु प्रतियोगितामा प्रदर्शन खराब रहेको उनी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो स्तर सिद्ध पार्न चाहन्छन् ।

सर्वाधिक अनुभवी खेलाडी शरदलाई उत्कृष्ट प्रदर्शनको दबाब छ । कुशल मल्ल राम्रो लयमा छन् । विनोद भण्डारीले पछिल्ला दुवै एकदिवसिय घरेलु प्रतियोगितामा शतक प्रहार गर्दै आफ्नो लय देखाएका छन् । सोमपाल र करण फिनिसरको रुपमा छन् । ब्याट्सम्यानलाई यसअघि प्लेइङ ११ मा स्थान बनाउन सहज हुन्थ्यो । तर यस पटक कठिन छ ।

युवा खेलाडीको काँधमा ठूलो जिम्मेवारी छ । पछिल्ला केहि वर्षहरुमा युवा खेलाडीहरु गैर जिम्मेवार बनेको आरोप लाग्दै आएको छ । त्यसलाई गलत सावित गर्नुपर्ने हुन्छ । ब्याटिङमा आशिफ, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र, आरिफ र रोहित लगायतका सबै युवा खेलाडीबाट ठूलो अपेक्षा राखेको छ । बलिङमा गुलशनको प्रदर्शन निकै प्रतीक्षामा छ । पछिल्लो समय फ्रेन्चाइज लिगमा अभागी मानिदै आएका सन्दीपलाई पनि उच्च प्रदर्शन गर्नुपर्ने दबाब छ । दबाब र बलिया विपक्ष्य सामू युवा खेलाडीको परिक्षण हुनेछ ।

मुख्य प्रशिक्षक ह्वाटमोरले ओमान भ्रमणपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पछिल्लो समय घरेलु क्रिकेटमा पनि ब्याटिङ सुधारको संकेत देखिन्छ । कागजी रुपमा ब्याटिङ निकै मजबुत छ । मजबुत ब्याटिङले टोलीको मनोबल उच्च छ । टि२० आई सिरिजमा जस्तै ब्याटिङमा उच्च प्रदर्शनका साथ नेपाल जित निकाल्न चाहन्छ । सुधार मानिएको नेपाली ब्याटिङ र बाहुल्यता भएको युवा पुस्ता असली परिक्षा ओमानमा हुने छ ।

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले पहिलो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा रहेको छ । नेपाल ३ […]

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

April 15, 2024

कुवेतको दोस्रो जित 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कुवेतले दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध हार बेहोरेको कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बहराइन माथि २६ रनको जित निकालेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा १६२ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले ६ विकेट गुमाउँदै १३५ रन मात्र […]

Success

Thank you for your time.