default_image

3 years ago

September 27, 2021

दुर्गेशको दमदार डेब्यु

भुपेन्द्र जिसी, काठमाडौं एभरेष्ट प्रिमियर लिग (इपिलए) मा आइतबार भैरहवा ग्ल्याडियटर्सबाट पोखरा राइनोजविरुद्ध बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले सानदार डेब्यू गरे । भैरहवा बलियो स्थितिमा रहँदा खेल वर्षाको कारण नतिजाविहिन बन्यो । तर दुर्गेशले दमदार प्रदर्शन गर्दै धेरैको मन जिते र ध्यानआफूतिर आकर्षित गरे । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखरा […]

107 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

एभरेष्ट प्रिमियर लिग (इपिलए) मा आइतबार भैरहवा ग्ल्याडियटर्सबाट पोखरा राइनोजविरुद्ध बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले सानदार डेब्यू गरे । भैरहवा बलियो स्थितिमा रहँदा खेल वर्षाको कारण नतिजाविहिन बन्यो । तर दुर्गेशले दमदार प्रदर्शन गर्दै धेरैको मन जिते र ध्यानआफूतिर आकर्षित गरे ।

टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखरा १०.१ ओभरमा ६५–७ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा अंक बाँड्नु परेको थियो । संकटको अवस्थामा पुगेको पोखरालाई वर्षा ठूलो राहत बन्यो । भैरहवाको लागि घातक बलिङ गरेका दुर्गेशको प्रदर्शन भने केहि ओझेलमा पर्यो ।

भैरहवाले खेलमा दुई युवा खेलाडीलाई डेब्यू क्याप दिएको थियो । दुर्गेशलाई श्रीलंका पूर्व तीव्र गतिका बलर धाम्मिका प्रसादले डेब्यू क्याप दिएका थिए । अर्का युवा चाइनाम्यान स्पिनर तुलबहादुर थापाले बंगलादेशका सर्वाधिक सफल ओपनर तमिम इकबालबाट सो क्याप पाएका थिए ।

बायाँ हाते दुर्गेशले डेब्यू खेलको आफेनो पहिलो र टोलीको दोस्रो ओभरमै सानदार बलिङ गरे । टियु एन्डबाट धामीका प्रसादले बलिङ गर्दै पोखरालाई दबाबमा राखेका थिए । लगत्तै चोभार एन्डबाट बलिङमा आएका उनीबारे धेरैलाई थाहा थिएन । विशेषगरी उनले आफ्नो गतिले मैदानमा उपस्थित सबैको ध्यान तानेका थिए ।

दोस्रो बलमा पोखराका विपिन रावलले उनको बल ठम्याउन नसक्दा टप एज लागेर चौका गएको थियो । पाँचौ बलमा भने उनले विपिनलाई प्रदीप ऐरीबाट ९ रनमा क्याच आउट गराए । प्वाइन्टमा प्रदीप ऐरीले उत्कृष्ट क्याच लिँदै दुर्गेशलाई डेब्यू विकेट दिलाएका थिए । लगत्तै अर्को बलमा दुर्गेशले पोखरा कप्तान तथा नेपाली क्रिकेट टोलीका विकेटकिपर विनोद भण्डारीलाई बोल्ड गर्दै गोल्डेन डकमै पेभिलिएन फर्काए । दुर्गेशले विनोदको लेग स्टम्प उडाइदिएका थिए । फाइन लेगमा सट खेल्न खोजेका विनोद दुर्गेशको गतीमा बिट भएपछि बोल्ड हुनु परेको थियो ।

चौथो ओभरमा दुर्गेशलाई ह्याट्रिको अवसर थियो । तर सुनिल धमलाले पहिलो बल संयमित रुपमा रोकेका थिए । ह्याट्रिक बलबाट बचेपनि दोस्रो बलमा दुर्गेशको गती चाल पाउन नसक्दा बोल्ड आउट हुन पुगे । दुर्गेशले विकेट मेडन राख्दै डेब्यूलाई अझ यादगार बनाए । छैटौं ओभरको पहिलो बलमा श्रीलंका असेला गुणरत्नेले लङअफमा उत्कृष्ट छक्का प्रहार गरेका थिए । समग्रमा दुर्गेशले ३ ओभरमा १ मेडन सहित १ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिएका थिए । वर्षाको कारण आफ्नो स्पेल पूरै गर्न पाएनन् । तर उनको डेब्यू सम्झनलायक हुन पुग्यो ।

दुर्गेशले आफू निरन्तर मिहिनेत गरिरहेका कारण डेब्युमा विकेट लिन पाउँदा खुसी लागेको बताए । ‘इपिएल जस्तो ठूलो प्रतियोगितामा मौका पाएपछि खुसी त पक्कै थिएँ । आफूलाई प्रमाणित गर्ने मौका थियो । र मैले प्रमाणित पनि गरें’, उनले भने ।

‘विकेट लिँदा त्यो कप्तान होस् वा जो सुकै होस् खुसी लागिहाल्छ । मेरो काम सहि लेन्थ र लाइनमा बल फ्याल्ने थियो । विकेट आयो । त्यो अझ राम्रो भयो’, उनले सुनाए ।

डेब्यु खेलमा नै दुर्गेश एक समय ह्याट्रिकनजिक पुगेका थिए । तर उनले आफूले ह्याट्रिक नसोचेको बताउँछन् । ‘आफ्नो सामान्य बल फाल्छु भन्ने नै थियो । विकेट आए ठिक छ नत्र केहि छैन भनेर बल फालेको थिएँ’, उनले भने ।

यस प्रदर्शनले आगमी दिनमा राम्रो गर्नेमा आत्मविश्वास बढेको उनी बताउँछन् । यस प्रदर्शनलाई लिएर धेरै सोच्न चाहदैनन् । आगामी दिनमा पोखराविरुद्ध नतिजा दोहोराउन खोज्ने बताए । भारतको नयाँ दिल्लीबाट दुई साता अघिमात्र इपिएल खेल्न नेपाल आएका थिए । बलिङ प्रशिक्षणको लागि उनले त्यहाँ तीन महिना बिताएका थिए ।

को हुन् दुर्गेश गुप्ता ?

दुर्गेशको जन्म कपिलबस्तु बाणगंगामा भएको हो । बुबा शेषराम र आमा कौसल्या गुप्ताको तेस्रो सन्तानको रुपमा जन्मिएका हुन् । उनका एक दिदी र दाई छन् । उनी क्रिकेट सिक्न र खेल्न भनेरै ६–७ वर्षदेखि भैरहवामा रहँदै आएका छन् । भैरहवामा लुम्बिनी खुकुरी क्रिकेट क्लबबाट खेल्दै आएको छन् । क्रिकेट खेल्नकै लागि भैरहवामा कोठा लिएर बस्न थालेको ६–७ वर्ष भएको दुर्गेश बताउँछन् । क्रिकेटमा लाग्न परिवारको सबैभन्दा ठूलो साथ र सहयोगले सम्भव भएको बताउँछन् । उनको परिवार सानैदेखि क्रिकेटर बनाउन चाहन्थें ।

‘परिवारको धेरै साथ र सहयोग छ । क्रिकेटमा मेरो परिवारले गर्दा यो स्थानमा छु । परिवारले जति खर्च लागेपनि सहयोग गर्नुभएको छ । म जे छु परिवारको कारण छु’, उनले भने । उनलाई परिवारको सबै जनाले सानैदेखि क्रिकेटर बनाउन चाहेको बताए ।

दुर्गेशले २०१७ को पहिलो संस्करणको धनगढी प्रिमियर लिग रुपन्देही च्यालेन्जर्सबाट खेलेका थिए । धनगढीविरुद्ध खेल्ने मौका पाउँदा एक विकेट लिएका थिए । १ ओभरमा १६ रन खर्चेर १ विकेट लिएका थिए । त्यसपछि उनले घरेलु क्रिकेटमा मौका पाउन सकेनन् ।

दुर्गेशले गत माघमा भएको प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशबाट छनोट रुपन्देहीबाट खेलेका थिए । दुर्गेशसँगै दाङका तीव्र गतिका बलर कमल वली र बर्दिया अलराउन्डर विक्रम केसी लुम्बिनी प्रदेश टोलीमा नपरेपाछि छनोट समितिको आलोचना भएको थियो ।

पिएम कपमा नपर्नुमा आफूनै सायद टिमको लागि योग्य नभएको हुन सक्ने उनी बताउँछन् । ‘म मा केहि कमी कमजोरी थियो होला र परिन । अहिले ती कमजोरी सुधार गरेपछि टोलीमा परेको छु । मैले त्यसबेला प्रदर्शन नगरेरै परिन होला भन्ने लाग्छ’, उनले भने ।

दुर्गेश इपिएल खेल्न सेप्टेम्बर १६ मा नेपाल आइपुगेका थिए । पुबुदु गत वर्ष नै भैरहवा ट्यालेन्ट हन्टको लागि नेपाल आएका थिए । उक्त ट्यालेन्ट हन्टमा राम्रो प्रभाव छाडेपछि पुबुदुले दुर्गेशसहित तीन खेलाडी छनोट गरेका थिए । अघिल्लो महिना भैरहवाले न्यूनतम मूल्य ५० हजारमा दुर्गेशलाई अनुबन्ध गरेको थियो । दुर्गेशले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् ।

दुर्गेशले नेपालबाट उमेर समूह क्रिकेट भने खेलेनन् । २०२० मा नेपाली यू१९ टोलीले भारत भ्रमण गर्दा दुर्गेश नेपालको वैकल्पिक सूचिमा थिए । दुर्गेश अवसर नपाउँदा ओझेलमा परेका थिए । तर इपिएलको पहिलो खेलमा सानदार प्रदर्शन गर्दै आफ्नो क्षमता देखाएका गरेका छन् । अब उनले शीर्ष स्तर क्रिकेटका लागि तयार भएको प्रमाणित गर्न नियमित प्रदर्शन गर्नुपर्ने हुन्छ ।

यो पनि : डेब्यु विकेटमै तुलबहादुरको ‘रोनाल्डो सेलेब्रेसन’

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.