default_image

3 years ago

September 29, 2021

‘परिस्थितिले साथ नदिँदा क्यानले काम गर्न सकेन’

भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व पाएको दुई वर्ष पुगेको छ । चन्दले पूर्व अध्यक्ष विनयराज पान्डेलाई ४४–१५ को मतान्तरले पराजित गर्दै क्यान नेतृत्वमा पुगेका थिए । क्यान निर्वाचनसँगै आइसिसीले असोज २७ मा नेपाललाई २०७३ वैशाख देखि लगाएको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो । समग्र दुई वर्षमा क्यानको […]

53 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व पाएको दुई वर्ष पुगेको छ । चन्दले पूर्व अध्यक्ष विनयराज पान्डेलाई ४४–१५ को मतान्तरले पराजित गर्दै क्यान नेतृत्वमा पुगेका थिए । क्यान निर्वाचनसँगै आइसिसीले असोज २७ मा नेपाललाई २०७३ वैशाख देखि लगाएको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो ।

समग्र दुई वर्षमा क्यानको कामको प्रशंसा भन्दा आलोचना बढी रह्यो । केहि नयाँ आशाका किरण देखिँदा असफलताको वर्षा त्योभन्दा बढी रह्यो । पहिलो पटक महिला टोलीलाई पहिलो ग्रेड विभाजन, म्याच फि, उच्च स्तरिय मुख्य प्रशिक्षक नियुक्ति र कोरोना महामारीको समयमा सिनियर महिला तथा पुरुष घरेलु क्रिकेट सफल आयोजना गर्नु क्यानले गरेका केहि राम्रा काममा पर्दछन् । तर सँगसँगै ग्रेड विभाजनमा विवाद, नेपाल प्रिमियर लिग भारतीय कम्पनीलाई ठेक्का, जर्सी विवाद, जोरा स्पोर्ट्सलाई १५ लाखमा त्रिकोणामक टि२० सिरिज बेच्नु लगायत थुप्रै विवादको सामना पनि गर्यो । कोरोना महामारीको कारण क्यानले आफ्नो योजना अनुसार काम पनि पाएन ।

कोरोना महामारीले क्यानको योजनामा नराम्रो प्रभाव पार्यो । क्यानलाई पनि कोरोना महामारी बाहना बनाउने एउटा राम्रो अवसर बन्यो । उल्लेखनिय र अपेक्षा अनुसार क्यानले दुई वर्ष कार्यकालमा काम गर्न सकेन । क्यान अध्यक्ष चन्द सुरुवाती दुईवर्ष कार्यकाल सन्तोषजनक नै रहेको बताउँछन् । ‘कोरोना कारण आइसिसीको प्रतियोगिताहरु भएनन् । त्यसैले धेरै कामहरु गर्न सकेनौ । जे जस्तो भयो त्यसलाई सन्तोषजनक भन्नुपर्छ । कोरोनाले भिजन अनुसार काम गर्न पाएन’, दुईवर्ष कार्यकाल सम्झंदै चन्दले भने,’त्यसैमा थपे घरेलु प्रतियोगितालाई तीव्र रुपमा बढाउने भनेका थियौं । उमेर समूह, महिला, टु डे गर्ने कुरा थियो । तर केहि गर्न सकेन ।’

‘काम गर्न नसक्नुमा हाम्रो कमीकमजोरीले भन्दा पनि परिस्थीतिले साथ नदिएको अवस्था हो । सरकारले कुनै बेला पतियोगिता गर्न दिएन । प्रतियोगिता गर्न लागेको समयमै कारोना आउछ । कोरोनाले मान्छेको ज्यान कसरी बचाउने भन्न मात्रै भयो । क्रिकेट कसैको प्राथमिकता परेन’, उनले भने ।

निर्वाचनसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले क्यानमाथि लगाएको निलम्बन फुकुवा गर्ने सबैले अनुमान गरेका थिए । तर सशर्त फुकुवा मात्रै हुन सक्यो । आइसिसीले क्यानमाथि विश्वास गर्न सकेको थिएन । दुई वर्ष अवधिमा पनि आइसिसीले सशर्त फुकुवा हटाउन सकेन । सशर्त फुकुवा कारण हरेक काममा क्यान आइसिसीमाथि निर्भर रहँदै आएको छ ।

‘खास गरेर आइसिसीले आर्थिक रुपमा विश्वास गर्न नसक्दा पूर्णरुपमा फुकुवा गर्न सकेको थिएन । पहिला जसरी हचुवाको भरमा खर्च भएको थियो । त्यसरी पुन खर्चकुनसक्छ कि भन्ने शंका आइसिसीको छ । हामी आएपछि आइसिसीको दुई पटक रकम फुकुवा भएको छ । हामीले धेरै सुधार गरेका छौं । आइसिसीलेनै अडिट हेरेको छ । आइसिसीले नेपालमा आफ्नो अडिटर नियुक्त गरेको छ । आइसिसीले भनेको सबै शर्तहरु हामीले पालना गरेका छौं । नोभेम्बरमा हुने आइसिसीको बोर्ड बैठकपछि फुकुवा हुन्छ भन्नेमा मलाई विश्वास छ’, चन्दले भने ।

क्यान विवाद, निलम्बन अनि कोरोना महामारीमा सबैभन्दा ठूलो मारमा उमेर समूह र ग्रासरुट पर्यो । ७ वर्षदेखि उमेर समूह राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन । फाटफुट फ्रेन्चाइज लिग र सिनियर घरेलु प्रतियोगिताबाट बाहिर आएका छन् । क्षमता पहिचाननै हुन सकेको छैन । चन्दले निर्वाचनमा उठ्नुअघि उमेर समूह प्रतियोगिता उच्च प्राथमिकतामा राखेको जनाएका थिए । उमेर समूह क्यान कमजोरीले हुन नसकेको चन्द स्वीकर गर्दैनन् ।

‘उमेर समूह हामीले गर्न नसकेको होईन । गर्ने समयमा कोरोना लहर आयो । वाईवाईले यू१९ प्रतियोगिता आयोजना गर्न ७० लाखको सम्झौता गरिसकेको छ । यू१६ को बारेमा एक दुई ठाउँमा कुरा गरिरहेका थियौं । यो परिस्थीतिको कुरा हो । यू१९ तत्काल सुरुगर्ने तयारी भइरहेको छ । दशैंपछि सबै कार्यक्रम सुरु हुन्छन्’, यू१९ बारे चन्दले भने ।

काम गर्न नसक्नुमा क्यानभित्रकै गुट र एकता कमीको आरोप लाग्दै आएको छ । क्यानका केहि व्यक्तिमा दम्भ र अहमता बढ्दै गएको आरोप पनि छ । ‘क्यान एउटा परिवार हो । परिवारमा १८– १९ जना सदस्यहरु छन् । त्यसमा सबैको आ–आफ्नो धारणा र क्षमता छ । भित्री छलफल हुनु र विवाद हुनु सामान्य कुरा हो । तर वाहिरी नतिजा कस्तो आउँछ भन्ने हो’, उनले भने ।

क्यान पछिल्लो समय ठेक्कापट्टामा बढी आर्कषित देखिन्छ । आफैंले गर्नसक्ने र गर्नेपर्ने काम ठेक्का दिँदै विभिन्न झन्झटबाट उम्किदै हिँडेको छ । ठेक्का महमा कमिसनको आरोप पनि लाग्न थालेको छ । वैशाखमा नेपालमा भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मकटि२० सिरिजमा क्यानको चर्को आलोचना भयो । जर्सी विवाद चल्दै गर्दा जोरा स्पोर्ट्सलाई त्रिकोणात्मक सिरिज १५ लाखमा बेचेको थियो ।

‘ति समिति इभेन्ट थिए । जर्सी विवाद सुधार भयो । जर्सीको आलोचना भन्दा प्रशंसा धेरै थियो । आलोचना गर्नेले गरेको छ । १५ लाखको कुरा एउटा सिमित कार्यक्रम थियो । त्यो सकियो । हामीले पैसा लियौ । एउटा प्रतियोगिता सफल रुपमा सम्पन्न भयो । नेपालले सफलता पनि हात पार्यो । त्यहि समातेर बसि राख्ने कुरा होईन । कमीकमजोरी सुधार्दै जाने हो’, चन्दले भने ।

त्यसैमा उनले थपे, ‘त्रिकोणात्मक सिरिज समर्थक विना गर्दा हामीलाई ५० लाख घाटा हुन्थ्यो । प्रतिकुल समयमा हामीले जोखिम नलिएको हो । हामीले सुरक्षित क्षेत्र रोजेका हौं । नेपालको महत्वपूर्ण खेलमा दर्शक थिएनन् । क्यानको स्रोत दर्शक हो । टिभीबाट धेरै पैसा आउँदैन । भन्न सजिलो छ । हामी अव ती गल्ती नदोहोरोयाई काम गर्नेछौं ।’

नेपाल प्रिमियर लिग (एनपिएल) क्यानले गर्न नसकेको ठूलो र सबैले अपेक्षित प्रतियोगिता हो । नेपाली क्रिकेटको आम्दानीको सर्वाधिक ठूलो आर्थिक स्रोत एनपिएलनै हो । त्यहि एनपिएल क्यानले भारतीय कम्पनीलाई बेच्ने चर्चा रहँदै आएको छ । चन्द एनपिएल क्यानलेनै गर्ने बताउँछन् । भारतीय कम्पनी सेभेन थ्री कर्मसियल र रणनीतिक पार्टनर मात्र रहने बताउँछन् । कुनै विदेशी कम्पनीसँग काम गर्न राखेपको सिफारिसमा खेलकुद मन्त्रालयले स्वीकृति दिने गर्दछ । राखेपले सिफारिस नदिँदा एनपिएलले गती लिन सकेको छैन ।

कुनैपनि टोलीको विकास गर्न बेन्च स्ट्रेन्थ बलियो हुनुपर्छ । त्यसको लागि ग्रास रुट, उमेर समूह, सिनियर घरेलु प्रतियोगिता पर्याप्तसँगै नेपाल ए, बी टोली हुनुपर्छ । चन्दले आफू अध्यक्ष भएपछि नेपालए बी टोली बनाउने घोषणा गरेका थिए । तर सुरुवाती दुई वर्षमा सकेनन् । कोरोनाले राष्ट्रिय टोलीलाईनै राम्ररी प्रशिक्षण र सम्हाल्न नसकेको समयमा ए र बी धेरै टाढाको कुरा रहेको बताए ।

‘जुन वेला मैले घोषणा गरको थिए त्यो समय क्रिकेट र नेपालको अवस्था र वातावरण कति राम्रो थियो । मान्छेले मान्छेलाई देखेर डराउनु पर्ने, लुक्नुपर्ने अवस्था आउला भनेर कसैले परिकल्पना पनि गरेको थिएन । एउटा नेशनल लिग राम्रो नगरी नेपाल ए बी टिम आउँदैन । कम्तिमा १० टोलीको पूरा लिग गर्न सके मात्र राम्रो नतिजा आउँछ,’ चन्दले भने ।

चन्दका अनुसार क्यानले यस वर्षको पिएमकप लिग गर्ने तयारी गरेको छ । नेपाल ए टोली निर्माण, कम्तिमा टु डे सुरुवात, काठमाडौं उपत्यका बाहिर धेरै घरेलु प्रतियोगिता गर्ने योजनामा छन् । मैदान कम्तिमा गतिलो पिच र आउटफिल्डमा चोट नलाग्नी गरि तयार पार्न चाहेको सुनाए । चन्द नेतृत्वको अर्को नेतृत्व काम गर्ने सुस्त शैली हो । क्यानले गर्ने हरेक काम कछुवा गतिमा हुन्छन् । चन्द पनि स्वीकार गर्छन् । तर अव त्यसो नहुने चन्द दाबी पनि गर्दछन् ।

पहिला स्वयंसेवक कर्मचारी रहेकाले क्यानको काम प्राथमिकतामा नपर्ने गरेको चन्दले बताए । तर कर्माचारी नियुक्त गरि सकेपछि काम छिटो हुन बताउँछन् । चन्दले आफूले चाहेको थुप्रै कामहरु गर्न नसेको बताउँछन् । त्यसमा एनपिएल आफूले गर्न नसकेको सबैभन्दा ठूलो काम भन्छन् । काम हुन नसक्नुको जे कारण जे भएपनि त्यसको दोष क्यान र अध्यक्षलाई बढी लाग्दा आफूलाई नराम्रो लाग्ने उनी बताउँछन् ।

क्यानले म्यानेजर र महाप्रबन्धक नियुक्त गरेको छ । तर ठूला प्रायोजन भने भित्र्याउन सकेको छैन । आइसिसीको सहयोगले मात्र नेपाली क्रिकेट माथि उठ्न सक्दैन । त्यसको लागि ठूला ठूला प्रायोजक भित्र्याउन आवश्यक पर्छ । फ्रेन्चाइज लिगले करोडका प्रायोजन भित्र्याउँदा क्यान भने टुलुटुलु हेरेर बसिरहेका छन् ।

गतिलो खालको प्रतियोगिता गर्न नसक्दा प्रायोजन नपाएको चन्द बताउँछन् । ‘एक दुईवटा ठूला प्रतियोगिता गरेर देखायौं भने नेपालका सबै प्रायोजक हामीसँग आर्कषित हुन्छन् जस्तो मलाई लागेको थियो । ओडिआई, टि२० आई सिरिजसँगै अन्य थुप्रै कामहरु । अन्यहरुले बीच दुई चारवर्ष राम्रै काम पनि गर्नुभयो । क्यानलाई पत्याउने आधार हामीले दिने दिने बेलमा कोरोनाले असर गर्यो । धेरै थोरै पत्याएका छन् । तर सोचे जस्तो ठूलो प्रायोजक पाउन सकेका छैनौं’, उनले भने ।

नेपाली टोली अन्तराष्ट्रिय खेलमा व्यस्त हुन नसक्नुमा परिस्थीतिलेनै साथ नदिएको उनी बताउँछन् । चन्द वर्षमा चार वान डे खेलेर क्रिकेट अघि अगाडि बढ्न नसक्ने प्रष्ट पार्छन् । चन्दले नेपाली महिला टोलीले नोभेम्बरमा एसिया टि२० विश्वकप छनोट खेल्नुअघि आफूभन्दा बलियो टोलीसँग अभ्यास गर्ने बताए ।

क्यान असफलता मुख्य बाधक नै बहाना हो । त्यसैले क्यानले बहाना भन्दापनि काममा बढी जोड दिन आवश्यक देखिन्छ । क्यानको कामले नै नेपाली क्रिकेटको भविष्य र नतिजामा धेरै प्रभाव पार्छ । क्यानसँग अझैपनि दुइ वर्ष समय छ । यसअघि सरकार विपक्षीको हुँदा काम गर्न केहि कठिन भएको क्यानकै केहि सदस्यहरु बताउँदै आएका थिए । तर अव क्यानमा बाहुल्यता भएकै नेपाली काग्रेसको सरकार सत्तामा छ ।

चन्दपनि अब काम गर्नमा केहि फरक पर्ने स्वीकार गर्छन् । त्यसको लागि सबैले आ–आफ्नो स्वार्थ र बाहना त्याग्न आवश्यक छ । सबैको पहिलो सोच र उदेश्य नेपाली क्रिकेट विकास हुनुपर्छ । भिजनका साथ काम गर्ने हो भने दुईवर्ष अझैपनि पर्याप्त समय छ । चारपछि नेतृत्व छाड्दा सबैले आफ्नो कामको गर्व गर्नसकुन । आफूलाई ठूलो आत्माज्ञलानी हुने छ । आफ्नो अनुहार देखाएर भन्दा लुकाएर हिँड्नुपर्ने अवस्था बढी आउनसक्छ । सबैले समयमै सोच्न आवश्यक छ ।

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.