default_image

2 years ago

September 30, 2021

इपिएलमा यस्तो रह्यो १२ विदेशी खेलाडीको प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा बिहीबार चितवन टाइगर्स विजयी हुँदा भैरहवा ग्ल्याडियटर्स र ललितपुर प्याट्रियटर्सले १–१ अंक बाँडेका छन् । दिनको पहिलो खेलमा चितवनले काठमाडौं किंग्स इलेभेनलाई ३ विकेटले पराजित गर्यो । चितवनको जितमा ब्याटिङ र बलिङ दुबैमा नेपाली खेलाडीको प्रदर्शन अब्बल रह्यो । काठमाडौंलाई १ सय ४१ रनमा […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा बिहीबार चितवन टाइगर्स विजयी हुँदा भैरहवा ग्ल्याडियटर्स र ललितपुर प्याट्रियटर्सले १–१ अंक बाँडेका छन् ।

दिनको पहिलो खेलमा चितवनले काठमाडौं किंग्स इलेभेनलाई ३ विकेटले पराजित गर्यो । चितवनको जितमा ब्याटिङ र बलिङ दुबैमा नेपाली खेलाडीको प्रदर्शन अब्बल रह्यो । काठमाडौंलाई १ सय ४१ रनमा रोक्न चितवनका स्पिनर सागर ढकालले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए ।

काठमाडौंका सुबास खकुरेलले ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रनको योगदान दिए ।१ सय ४२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा चितवनले १८.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका राजेश पुलामी २६ र कमलसिंह ऐरी २३ रनमा आउट भए । काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २–२ विकेट लिए । चितवनसँगको खेलमा समग्रमा नेपाली खेलाडी धेरै हाबी बने ।

दोस्रो खेलमा भैरहवा र ललितपुरबीचको खेल बराबर हुँदा अंक बाँडेका थिए । रातको कारण टियुमा लाइट नहुँदा सुपर ओभर सम्भव नभएपछि १-१ अंक बाँडेका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । ललितपुरका सान्दुन विराक्कोडीले सर्वाधिक ५८ रन बनाए । सन्दीप जोरा ३८ र आजमतुल्लाह ओमरजाईले ४२ रन बनाए ।

भैरहवाका अभिनाष बोहराले सर्वाधिक २ विकेट लिए । भैरहवाले १ सय ७८ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । भैरहवा उपुल थरंगाले सर्वाधिक ६७ रन बनाए । आरिफ शेखले २८ र कुशल मल्लले ३५ रन बनाए । ललितपुरका रिजन ढकालले २ र राशिद खानले ३ विकेट लिए । भैरहवा जितमा विदेशी खेलाडीको बलिङमा कमजोर प्रदर्शन रहेपनि ब्याटिङमा महत्वपूर्ण भूमिका रह्यो ।

तरपनि अपेक्षा गरेका केहि ठूला नाम गरेका विदेशी खेलाडी बिहीबार चल्न सकनन् । समग्रमा बिहीबार दुबै खेलबाट कुल १२ विदेशी खेलाडीको प्रदर्शन छोटकरीमा यस प्रकार रह्यो ।

रहमानउल्लाह गुरबाज (काठमाडौंं)

अफगानिस्तानका विकेटकिपर तथा ओपनर ब्याट्सम्यान गुलबाज चितवनविरुद्ध चल्न सकेनन् । काठमाडौंबाट ओपनिङ गर्दै ५ रनमा आउट भएका थिए । तीव्र गतिका बलर कमलसिंह ऐरीले मोहम्मद शाहजादबाट उनलाई दोस्रो ओभरको अन्तिम बलमै क्याच गराएका थिए । पहिलो खेलमा गुरबाजले ललितपुरलाई पराजित गर्न ५९ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

रायन बर्ल (काठमाडौं)

जिम्बावेका स्टार अलराउन्डर रायन बर्ल चितवनविरुद्ध खाता खोल्न सकेनन् । रायन चल्न नसक्दा काठमाडौं मध्यम योगफलमै समेटिएको थियो । रायनलाई स्पिनर सागर ढकालले ११ औं ओभरको तेस्रो बलमा शेकुगे प्रसन्नाबाट शून्यमा क्याच गराएका थिए । बलिङमा भने रायनले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । उनले भीम सार्कीलाई ६ र प्रसन्नालाई ५ रनमा आउट गरेका थिए । काठमाडौंलाई पहिलो खेल जिताउन बर्लले ७३ रनको अविजित इनिङ खेलेका थिए ।

जनक प्रकाश (काठमाडौं)

सिंगापुरका अलराउन्डर जनकले इपिएलमा डेब्यू गर्दै औसत प्रदर्शन गरे । ब्याटिङमा प्रकाशले १६ बलमा १ चौका र २ छक्का सहित २६ रन बनाएका थिए । बलिङमा उनले ३ ओभरमा ३४ रन खर्चेर १ विकेट लिएका थिए । उनले पहिलो ओभरको तेस्रो बलमै ईशान पाण्डेलाई शून्यमा बोल्ड आउट गरेका थिए ।

शेकुगे प्रसन्ना (चितवन)

श्रीलंका स्पिनर शेकुगेले काठमाडौंविरुद्ध ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए । उनले अमित श्रेष्ठलाई ६ रनमा बोल्ड आउट गरेका थिए । ब्याटिङमा प्रसन्ना ५ रनमा एलबीडब्लू आउट भएका थिए ।

मोहम्मद शाहजाद (चितवन)

अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद काठमाडौविरुद्ध १७ रनमा आउट हुन पुगे । शाहजादलाई जितेन्द्र मुखियाले गुरबाजबाट चौथो ओभरको चौथो बलमा क्याच गराएका थिए । उनले १३ बलमा ३ चौका प्रहार गरे । पहिलो खेलमा शाहजाद विराटनगरविरुद्ध १ रनमा आउट हुन पुगेका थिए ।

करिम जन्नत (चितवन)

अफगानिस्तानका तीव्र गतिका बलिङ अलराउन्डर करिम जन्नतको प्रदर्शन अलराउन्ड रह्यो । ब्याटिङमा जन्नतले १४ बलमा ३ चौका र १ छक्का सहित २१ रनको योगदान दिए । बलिङमा ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । उनले जनक प्रकाश र राजुको विकेट लिएका थिए ।

सान्दुन विराक्कोडी (ललितपुर)

श्रीलंका ओपनर सान्दुनले भैरहवाविरुद्ध उत्कृष्ट ब्याटिङ गरे । ललितपुरबाट सर्वाधिक रन बनाएका सान्दुनले ४१ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५८ रन बनाए । उनी आरिफ शेखको बलमा अभिनाष बोहराबाट क्याच आउट भएका थिए ।

ओशदा फर्नान्डो (ललितपुर)

श्रीलंका ब्याटर फर्नान्डो भैरहवासँग खेलमा २० रनमा बोल्ड आउट भए । कृष्ण कार्कीको बलमा बोल्ड हुनुअघि उनले १९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।

आजमतुल्लाह ओमरजाई (ललितपुर)

अफगानिस्ताानका युवा अलराउन्डर आजमतुल्लाहले भैरहवाविरुद्ध उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे । ब्याटिङमा उनले २२ बलमा ४ छक्का र २ चौका सहित ४२ रनको आक्रामक इनिङ खेलेपछि ललितपुरले बलियो योगफल तयार पारेको थियो । उनी अभिनाषको बलमा कुशल मल्लबाट समातिन पुगेका थिए । बलिङतर्फ ४ ओभरमा ३२ रन खर्चेका थिए ।

तमिम इकबाल (भैरहवा)

बंगलादेशका सर्वाधिक सफल ब्याटर तमिम इकबाल सुरुवाती दुई खेलमा अपेक्षा अनुसार चल्न सकेनन् । तमिम ललितपुरविरुद्ध १४ रनमा क्याच आउट भए । युवा बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । उनले १६ बलमा ३ चौका प्रहार गरे । पहिलो खेलमा तमिम विराटनगरविरुद्ध १२ रनमा आउट भएका थिए ।

उपुल थरंगा (भैरहवा)

श्रीलंका थरंगा भैरहवा खेलमा नायक बने । थरंगा ४४ बलमा ६ चौका र ३ छक्का सहित ६७ रनमा अविजित रहेपछि खेल बराबर भएको थियो । उनीनै खेलको प्लेयर अफ द म्याच चुनिए । पहिलो खेलमा थरंगा ३४ रनमा अविजित रहे ।

धाम्मिका प्रसाद (भैरहवा)

श्रीलंका तीव्र गतिका बलर धाम्मिका प्रसादको प्रदर्शन ललितपुरविरुद्ध मध्यम रह्यो । धाम्मिकाले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । उनले पवन सरार्फलाई १ रनमा बोल्ड आउट गरेका थिए । पहिलो खेलमा तीन विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

यो पनि पढ्नुहोस् :

थरंगाको छक्काले टियु क्यान्टिनको सिसा फुट्यो

शरदको छक्कासँगै भैरहवा र ललितपुरको खेल बराबर

चितवनको लगातार दोस्रो जित

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

Success

Thank you for your time.