default_image

3 years ago

October 3, 2021

नयाँ भूमिकामा जम्दै फेरिएका भीम

भूपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर भीम सार्कीलाई घरेलु क्रिकेटमा शीर्षक्रम ब्याटिङमा विरलै देखिन्छ । प्राय तल्लोक्रम र मध्यक्रममा देखिने भीमले दुई वर्षअघिनै सिनियर टोलीमा स्थान बनाइसकेका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शनका साथ सन् २०१९ मा नेपालले युएई भ्रमण गर्दा भीमले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका थिए । तर उनलाई डेब्यूको अवसर जुरेन । […]

66 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

युवा अलराउन्डर भीम सार्कीलाई घरेलु क्रिकेटमा शीर्षक्रम ब्याटिङमा विरलै देखिन्छ । प्राय तल्लोक्रम र मध्यक्रममा देखिने भीमले दुई वर्षअघिनै सिनियर टोलीमा स्थान बनाइसकेका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शनका साथ सन् २०१९ मा नेपालले युएई भ्रमण गर्दा भीमले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका थिए । तर उनलाई डेब्यूको अवसर जुरेन । त्यसपछि टोली बाहिर रहेका उनी पछिल्लो समय बन्द प्रशिक्षणमै स्थान बनाउन सकेका छैनन् ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने भीमको पछिल्लो दुई घरेलु प्रतियोगितामा प्रदर्शन आशा अनुसार रहेन । भीम एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा चितवन टाइगर्सबाट इपिएलमा फरक भूमिका निर्वाह गरेका छन् । इपिएलमा भीमको भूमिका मात्र होईन, खेल्ने शैली र प्रदर्शन पनि फेरिएको छ । यसअघि भीम छैटौं र सातौं नम्बरमा बढी ब्याटिङ गर्ने गर्दर्थे । चितवनले लगातार तीन खेलमा जित सहित दुई खेल अगावै प्लेअफमा स्थान बनाउदा युवा ब्याटर भीम सार्कीको योगदान पनि महत्त्वपूर्ण रह्यो ।

२०७६ देखि त्रिभुवन आर्मी क्लवबाट घरेलु क्रिकेट खेल्दै आएका भीम पछिल्लो ७ महिनादेखि सिपाही तालिम गर्दै आएका थिए । विभागीय टोलीमा न्यूनतम तालिम अनिवार्य पर्छ । आर्मीको तालिमको कारण भीमले इपिएल खेल्न पाउने नपाउने अन्यौल थियो । आर्मीको तालिमको समयमा उनलाई क्रिकेटको लागि नछाड्ने बताइराख्दा गुम्ने खतरा पनि थियो ।

सिपाही तालिम व्यस्त हुँदा क्रिकेट खेल्न पनि पाएका थिएनन् । चितवनको विशेष आग्रह र अनुरोधपछि आर्मीले उनलाई इपिएल खेल्न फुकुवा गरेको थियो । चितवनको प्रशिक्षणमा केहि दिनको तयारीपछि इपिएल खेल्न टियु मैदान उत्रेका भीमले टोलीले दिएको भूमिका र विश्वासलाई न्याय गरेका छन् । भीमले इपिएल तयारी राम्रोसँग गर्न नपाएपनि खेलमा फरक रुपमा प्रस्तुत भएका छन् ।

चितवनले पहिलो खेलमा विराटनगरलाई २ विकेटले पराजित गर्दा भीमले आक्रामक सुरुवात दिलाउँदै आउट भएका थिए । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा भीमले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ११ बलमा ५ चौका र १ सहित आक्रामक ३० रन जोड्दै आउट भएका थिए । सुरुवाती समय लिएर खेल्ने भीम विराटनगरविरुद्ध फरक शैलीमा प्रस्तुत हुँदै आक्रामक ब्याटिङ गरे । टोलीको माग र आवश्यक अनुसार खेलेका थिए । पाँचौं ओभरमा जिम्बावेका स्टार अलराउन्डर सिकन्दर राजालाई अन्तिम चार बलमा लगातार चार चौका प्रहार गरेका थिए ।

जसक्रममा छैटौं ओभरको तेस्रो बलमा कप्तान करण केसीलाई डिप स्क्वायर लेगमा सानदार छक्का प्रहार गरेका थिए । अर्को बलमा बाउन्सरमा एज लागेर विकेटकिपर आसिफ शेखबाट समातिन पुगेका थिए । दोस्रो खेलमा भीम काठमाडौं किंग्स इलेभेनविरुद्ध रायन बर्लको बलमा ६ रनमा एलबीडब्लू आउट भएका थिए ।

तेस्रो खेलमा पोखरालाई ९ विकेटले हराउन भीम ४२ बलमा ५ चौका र २ छक्का सहित ५४ रनमा अविजित रहे । ओपनर ईशान पाण्डे शून्यमा आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङमा आएका भीमले दोस्रो विकेटका लागि मोहम्मद शाहजादसँग १ सय २२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । भीमले १७ औं ओभरको तेस्रो बलमा केज्रिक विलियम्सलाई फाइन लेगमा छक्का प्रहार इपिएलमा पहिलो अर्धशतक प्रहार गरे ।

‘म सात महिनादेखि आर्मीको ट्रेनिङमा थिए । त्यसैले क्रिकेटको खासै अभ्यास गर्न पाएको थिएन । ट्रेनिङको समयमा मलाई खेल्न अनुमति थिएन । हाम्रो टिम र मालिकहरुको पहलमा खेल्न पाएको हुँ । आफूलाई प्रमाणित गर्न भएपनि राम्रो खेल्नुपर्ने थियो’, भीमले भने ।

‘६–७ महिना देखि क्रिकेटको ट्रेनिङ पनि गर्न पाएको थिएन । त्यसैले मैले खासै दबाब नलिइ खेलिरहेको छु । केहि दिन चितवनको प्रशिक्षणमा अभ्यास गरे । मलाई कोचिङ स्टाफबाट पनि कुनै दबाब नलिई बल हेरेर खेल्न भन्नु भएको थियो । पहिला त ट्रेनिङबाट क्रिकेट खेल्न नपठाउने जस्तो थियो । मलाई खेल्ने व्यवस्था मिलाइदिने सबैलाई धन्यावाद । फरक शैली भन्दापनि टोलीले दिएको भूमिका अनुसार खेलिरहेको छु’, उनले भने ।

भीम आर्मीको तालिमपछि खेलमा सुधारमा सहयोग भएको बताउँछन् । ‘तालिममा समय पाएको बेला कहिलेकाहिँ अभ्यास गर्थें । आर्मीको ट्रेनिङले समय, निद्रा र भोक सबैको महत्व थाहा भयो । विशेषगरि समयको महत्त्व राम्रोसँग बुझाएको छ’, उनले भने, ‘तेस्रो नम्बरमा खेल्दा समय धेरै पाइन्छ । पावर प्लेको सदुपयोगसँगै सेट भएपछि समय लिएर खेल्न पाउँदा अझ राम्रो खेल्न सकिन्छ । माथि खेल्ने अवसर पाउँदा प्रदर्शनमा अझ सहज भएको हो, उनले भने ।

भीम घरेलु क्रिकेटमा सुरुवात पाएपछि ठूलो इनिङमा बदल्न चुक्दै आएका थिए । भीम पनि उक्त गल्ती स्वीकार गर्छन् । ‘हो, मैले राम्रो सुरुवात पाएपछि ठूलो इनिङ खेल्न सकेको थिइनँ । धेरै खेलहरुमा २०–२५ रन बनाएपछि त्यसलाई कसरी अगाडि बढाउन सकिरहेको थिएन । कहिलेकाहिँ ध्यान बाहिर हुने गर्दथ्यो । स्लो ओभर कम गर्न खोजेको छु । अहिले त्यही गल्तीलाई सुधार गर्न खोजेको छु । आगमी दिनमा पनि राम्रो गर्ने प्रयास गर्ने छु’, उनले यसअघिको कमजोरीबारे भने ।

कुनैपनि खेलाडी तल्लोक्रममा खेलेर राम्रो ब्याटर बन्न नसक्ने महान् खेलाडी बताउँदै आएका छन् । कप्तान सोमपाल कामीलाई यो कुरा राम्रोसँग थाहा थियो । आर्मीबाटसँगै घरेलु क्रिकेट खेल्ने भीमको क्षमता सोमपाललाई राम्रोसँग थाहा थियो । त्यसै अनुसार भीमलाई माथि ल्याउने निर्णय लिए ।

‘भीम फरक ब्याटर हो । उ हार्ड हिटर होईन । उसलाई समय दिने हो भने एकदमै राम्रो खेल्ने गर्दछ । लामो समय देखिसँगै क्रिकेट खेलेको हुँदा उसको क्षमता बुझेर तेस्रो नम्बरमा ल्याउने निर्णय लिएको हुँ’, सोमपालले भने ।

भीमको अबको नजर राष्ट्रिय टोलीबाट खेल्ने छ । ‘क्रिकेट नै सबैथोक भनेपछि पक्कैपनि राष्ट्रिय टोलीमा पूनरागमनको लागि मिहिनेत गरिरहेको छु । तर राष्ट्रिय टोलीमा पर्न अझ धेरै मिहिनेत गर्नुपर्छ जस्तो लाग्छ’, उनले भने ।

बच्चा देखिनै क्रिकेट खेल्दै आएको हुँदा ६–७ महिना अभ्यास नगर्दैमा खेल्नै बिर्सिने भन्ने नहुँने बताउँछन् । तर पूरानै लयमा फर्किन केहि समय लाग्ने उनको अनुभव छ । इपिएलको प्रदर्शनले आगमी खेलमा आत्माविश्वास बढेको बताउँछन् ।

सन् २०१९ को सुरुवातमा नेपालले संयुक्त अरव इमिरेट्स (युएई) सँग तीन टि२० आई र तीन ओडीआई सिरिजको लागि भ्रमण गर्दा भीम पहिलो पटक नेपाली टोलीमा थिए । त्यसबेला सन्दीप जोरा र पवन सरार्फले डेब्यू गर्दा उनले त्यो अवसर पाएनन् । भीम ब्याटिङ र स्पिन बलिङसँगै फिल्डिङ मार्फत खेल जिताउन सक्ने क्षमता भएका युवा खेलाडी हुन् । उनले २०१९ मा धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेन्जर्सबाट विराटनगर किंग्सविरुद्ध उनले लिएको क्याचले राम्रो चर्चा पाएको थियो ।

फिल्डिङका बादशाह भनेर दक्षिण अफ्रिका पूर्व क्रिकेटर जोन्टी रोर्ड्सलाई चिनिन्छ । भीमलाई नेपाली क्रिकेटको जोन्टी पनि भन्ने गरिन्छ । नेपाली क्रिकेटको कमजोर घरेलु प्रतियोगिता कारण अधिकाम्स युवा खेलाडी ओझेलमा पर्दै आएका छन् । टिमबाट बाहिरिएपछि फर्किने अवसर कमै पाउने गर्दछन् । दुई वर्ष कोरोना महामारीको कारण क्रिकेट गतिविधि ठप्प भयो । त्यसपछि भएको प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कपमा उनको प्रदर्शन औसत थियो ।

विभागीय टोलीमा प्रतिस्पर्धा उच्च हुँदा कमजोर प्रदर्शन गरेपछि मौका कमै अवसर पाउँछन् । त्यो भन्दा पनि सिनियर खेलाडीको छायाँमा पर्दा तल्लोक्रममा ब्याटिङ गर्ने बाध्यतासँगै पर्याप्त अवसर पनि पाउदैनन् । बन्द प्रशिक्षणमा २० देखि २२ खेलाडी बोलाउने परम्पराले पनि टोलीमा स्थान बनाउन सहज छैन ।

वर्तमान नेपाली टोलीमा सर्वाधिक प्रतिस्पर्धा मध्यक्रममै छ । राष्ट्रिय टोलीमा पूनरागमन गर्न उनले सर्वोत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । त्यसको पहिलो आधार घरेलु क्रिकेटनै हो । त्यसैले अवसर पाएका खेलमा सानदार प्रदर्शन गर्दै छनोटकर्ताको मन जित्न आवश्यक देखिन्छ ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.