default_image

2 years ago

October 5, 2021

ब्याटिङ सुधार्दै सन्दीप भन्छन् – ‘बलिङ र कप्तानीमा असर गर्दैन’

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने वर्तमान समयमा एसोसियट क्रिकेटकै सर्वोत्कृष्ट बलर हुन् । लेग स्पिनरकै चर्चा गर्ने हो भने सन्दीपको नाम पछिल्लो समय विश्व क्रिकेट जगतमै अग्रपंक्तिमा आउने गरेको छ । विश्वका चर्चित इन्डियन प्रिमियर लिग देखि बिग ब्यास लिग खेल्दै आफ्नो गुगलीको जादु देखाइसकेका छन् । सन्दीपको क्षमता र मुख्य […]

78 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने वर्तमान समयमा एसोसियट क्रिकेटकै सर्वोत्कृष्ट बलर हुन् । लेग स्पिनरकै चर्चा गर्ने हो भने सन्दीपको नाम पछिल्लो समय विश्व क्रिकेट जगतमै अग्रपंक्तिमा आउने गरेको छ ।

विश्वका चर्चित इन्डियन प्रिमियर लिग देखि बिग ब्यास लिग खेल्दै आफ्नो गुगलीको जादु देखाइसकेका छन् । सन्दीपको क्षमता र मुख्य हतियार स्पिन बलिङ हो । तर, कमजोरीको रुपमा रहेको ब्याटिङमा पनि सन्दीपले बिस्तारै सम्भावना देखाउँदै आएका छन् । विश्व चर्चित टि२० फ्रेन्चाइज लिगमा खेल्दै आएका सन्दीपले बलिङसँगै ब्याटिङले पनि टोलीमा योगदान दिन सक्ने देखेपछि यसमा ध्यान दिँदै आएका थिए । र त्यसको नतिजा सोमबार देखियो पनि ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार काठमाडौं किंग्स इलेभेनका कप्तान सन्दीपले पोखरा राइनोजविरुद्ध आक्रामक ब्याटिङ गरे । उनकै आक्रामक अन्त्यमा काठमाडौंले १ सय ८२ रनको योगफल बनाउन सकेको थियो । दुर्भाग्यवश वर्षाले प्रभावित खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा काठमाडौं १४ रनले पराजित हुन पुग्यो ।

सोमबार पोखराविरुद्ध सन्दीपले ब्याटिङबाट समर्थकलाई राम्रो मनोरञ्जन प्रदान गरे । १७ औं ओभरको चौथो बलमा श्रीलंका अलराउन्डर असान प्रियंजन आउट भएपछि छैटौं नम्बरमा ब्याटिङ गर्न मैदान छिरेका थिए । उक्त समय काठमाडौं १६.४ ओभरमा १४०–४ को अवस्थामा थियो ।

राजु रिजाल र अमर सिंह राउटेला जस्ता प्रमुख ब्याटरलाई पेभिलिएन बक्समा राख्दै सन्दीप आश्चर्य रुपमा मैदान छिरेका थिए । आफ्नो निर्णयलाई सहि सावित गर्दै सन्दीपले ११ बलमा ३ छक्का र २ चौका सहित ३१ रन जोड्दै आउट भए । सन्दीपले पहिलो बलमै सहान अर्चाचिगेलाई चौका प्रहार गर्दै सुरुवात गरेका थिए ।

१९ औं ओभरको पहिलो बलमा श्रीलंका स्टार अलराउन्डर असेला गुणारत्नेलाई छक्का प्रहार गरे । त्यसै ओभरको पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई बलियो योगफलमा डोर्याएका थिए । त्यसअघिका गुणरत्नेलाई उक्त खेलमा बाउन्ड्री कसैले प्रहार गरेका थिएनन् ।

सुरुवाती दुई ओभरमा ७ रन खर्चेका गुणरत्नेले तेस्रो ओभरमा २४ रन खानु परेको थियो । २० औं ओभरको दोस्रो बलमा युवा तीव्र गतिका बलर विवेक यादवलाई सन्दीपले छक्का प्रहार गरे । लगत्तै बलमा टप एज लागेर थर्डमा किशोर महतोबाट समातिएपछि सन्दीपको आक्रामक ब्याटिङ अन्त्य भएको थियो ।

यसअघि २०१९ मा सन्दीपले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध टियु मैदानमा प्रथम श्रेणीको खेलमा उत्कृष्ट ब्याटिङ गरेका थिए । नेपाली प्रमुख ब्याटरलाई क्रिजमा टिक्नै मुश्किल भई रहँदा सन्दीपले पहिलो इनिङमा २१ बलमा २ चौका र ४ छक्का सर्वाधिक ३९ रन जोडेका थिए । दोस्रो इनिङमा सन्दीपले १९ बलमा १ चौका र २ छक्का सहित २५ रन जोडेका थिए । दुवै इनिङमा सन्दीपले १० औं नम्बरमा ब्याटिङ गरेका थिए । नेपाल कमजोर ब्याटिङकै कारण २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

‘५० ओभर होस् वा २० ओभरको खेल । जुनसुकै शैलीको खेल होस्, म बलिङसँगै ब्याटिङ र फिल्डिङमा पनि केहि योगदान दिन चाहन्छु । त्यो टिमको लागि साँच्चै राम्रो हुनेछ । पक्कैपनि ब्याटिङ सुधारमा लामो समयदेखि काम गरेको छु’, सन्दीपले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

‘पछिल्लो समय अलि अलि नेटमा ब्याटिङ पनि अभ्यास गर्ने गरेको छु । मुख्य त बलिङ नै हुनेछ । ब्याटिङ चाहिँ आफ्नो तर्फबाट कहिले काहिँ टिमलाई योगदान दिन चाहन्छु’, उनले भने ।

‘टिम अभ्यासको समयमा बलिङ एक घण्टा समय दिन्छु । त्यसपछि ब्याटिङ २० मिनेट गर्ने गर्दछु’, बलिङ र ब्याटिङलाई दिइरहेको समयबारे सन्दीपले भने ।

सन्दीप आइपिएलमा नबिकेपछि ब्याटिङमा सुधार केन्द्रित भएको अस्वीकार गर्छन् । ‘आइपिएलमा नबिकेको भन्ने त्यस्तो केहि होईन । यो समयको कुरा हो । मसँग यसको उत्तर छैन’, सन्दीपले हाँस्दै भने, ‘अलराउन्डरको भूमिका निर्वाह गर्दा टिमलाई नै फाइदा हुन्छ ।’

ब्याटिङमा केन्द्रित हुँदा बलिङ खस्किने हो समर्थकको चिन्ता बारे सोधिएको प्रश्नमा सन्दीपले भने, ‘त्यो समर्थकहरुको तर्क हो । अभ्यासमा बलिङ गर्ने समयमा ध्यान कहिल्यै पनि हट्दैन । ब्याटिङले बलिङलाई असर गर्दैन । ब्याटिङ, बलिङ र कप्तानी तीनै गर्न कुनै कठिन छैन ।’

विश्व क्रिकेटमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । टि२० क्रिकेटमा ब्याट र बल दुवैमा योगदान दिनसक्ने खेलाडी बढी महत्वमा पर्न थालेका छन् । आइपिएल २०२१ मा सन्दीप नबिक्नुको एक कारण कमजोर ब्याटिङ थियो । आइपिएल अक्सनमा नबिकेपछि सन्दीप ब्याटिङमा अझ बढी केन्द्रित देखिन्छन् । चैतमा भएको काठमाडौं मेयर्स कपमा सन्दीपले काठमाडौं मेयर्स ११ को कप्तानी गर्दै बागमती प्रदेशविरुद्ध विष्फोटक ब्याटिङ गरेका थिए ।

मुलपानी मैदानमा ब्याटरलाई रन बनाउन सहज छैन । नेपाली टोलीका प्रमुख र चर्चित ब्याटर पनि मुलपानीमा घुँडा टेक्दै आएका छन् । तर सन्दीपले बागमती प्रदेशविरुद्ध नौं नम्बरमा ब्याटिङ गर्दै २० बलमा ६ छक्कासहित ४२ रनको एक यादगार इनिङ खेलेका थिए । सन्दीपको आक्रामक ब्याटिङमा काठमाडौंले २ सय ४४ रन बनाएको थियो । २ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको बागमती १ सय ५० रनमै समेटिएको थियो ।

मेयर्स कपमा सिनियर टोलीका खेलाडीको बाहुल्यता रहेको नेपाल पुलिस क्लबविरुद्ध सन्दीपले सातौं नम्बरमा ब्याटिङ गर्दै १७ बलमा ३ चौका र २ छक्का सहित २६ रन जोडेका थिए । सन् २०१८ को डिभिजन २ मा क्यानडाविरुद्ध अविश्वसनिय जितमा सन्दीपले करणलाई राम्रो साथ दिएका थिए । तल्लोक्रमका खेलाडीबाट ब्याटिङमा ठूलो इनिङको आशा गर्न सकिदैन । तर आक्रामक अन्त्य भने सबै टोली चाहन्छन् ।

सन्दीपले गतवर्ष ओमानविरुद्ध ओडिआई खेलमा २७ बलमा ३ चौका र १ छक्का सहित २८ रन बनाएका थिए । दुई साताअघि ओमानविरुद्धनै ओडिआईमा १० बलमा १ चौका र १ छक्का सहित १६ रनमा आउट भएका थिए ।

तीव्र गतिका बलर सोमपाल कामी र करण केसी नेपालका वर्तमान समयका भरपर्दा अलराउन्डर हुन् । एक समय स्पिनरमा वसन्त रेग्मी र शक्ति गौचनले तल्लोक्रममा नेपालको ब्याटिङ पुरै सम्हाल्ने गर्दर्थे । तर पछिल्लो समय टोलीमा रहेका स्पिनरबाट ब्याटिङ कमजोर रहँदै आएको छ । त्यसमा सन्दीप सुधारमा केन्द्रित देखिन्छन् । विश्वका ठूला फ्रेन्चाइज लिगमा निरन्तर स्थान बनाइ राख्न आवश्यक देखिन्छ ।

टि२० क्रिकेटमा तल्लोक्रममा आक्रामक ब्याटिङकै आशा बढी गरिन्छ । सन्दीप पनि आफूलाई त्यहि शैलीमा ढाल्न थालेको देखिन्छ । सन्दीपले ब्याटिङमा सुधारमा केन्द्रित हुनु उनी र नेपाली टोली दुबैको लागि सकरात्मक पक्ष हो । समर्थकहरु सन्दीपले ब्याटिङमा केन्द्रित हुँदा बलिङ खस्किने हो कि भन्ने चिन्ता पनि व्यक्त गर्दछन् ।

बलिङमा सन्दीपको प्रदर्शन जादुमय छ । २०१६ यता सन्दीप नेपाली टोलीमा पहिलो रोजाईमा खेल्दै आएका छन् । लगातार उत्कृष्ट बलिङ प्रदर्शन गर्दै आएका उनले पछि फर्केर हेर्नु परेको छैन । सन्दीप पछिल्लो समय ब्याटिङमा पनि योगदान दिन चाहन्छन् । सन्दीप उमेरले २१ वर्षका छन् । उनलाई ब्याटिङ सुधारको पर्याप्त समय छ ।

सन्दीपको ब्याटिङ शैली हेर्दा आगमी दिनमा तल्लोक्रममा नेपाली क्रिकेटको आधार बन्न सक्छन् । घरेलु क्रिकेटनै तयार हुने राम्रो आधार र अवसर हो । सन्दीप घरेलु क्रिकेटमा आफैंले नेतृत्व गर्ने हुँदा ब्याटिङ आफ्नो इच्छा अनुसार गर्न पनि सक्नेछन् ।

यो पनि : नयाँ भूमिकामा जम्दै फेरिएका भीम

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

Success

Thank you for your time.