default_image

2 years ago

October 8, 2021

‘जितेन्द्र मुखिया अझै छ, क्रिकेट छाडेको छैन’

भुपेन्द्र जिसी, काठमाडौं जितेन्द्र मुखिया, उनको नाम सुन्दा धेरैको मानसपटलमा सन् २०१४ टि२० विश्वकपमा उनले लगातार फ्याँकेको सटिक योर्करकै याद आउँछ । टि२० विश्वकपमा नेपालले अफगानिस्तानमाथि ऐतिहासिक जित निकाल्दा जितेन्द्र उच्च प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएका थिए । जितेन्द्रले ४ ओभरमा १८ रन खर्चेर प्रमुख ३ विकेट लिएपछि १ सय ४२ रनको विजयी लक्ष्य […]

130 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

जितेन्द्र मुखिया, उनको नाम सुन्दा धेरैको मानसपटलमा सन् २०१४ टि२० विश्वकपमा उनले लगातार फ्याँकेको सटिक योर्करकै याद आउँछ । टि२० विश्वकपमा नेपालले अफगानिस्तानमाथि ऐतिहासिक जित निकाल्दा जितेन्द्र उच्च प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएका थिए । जितेन्द्रले ४ ओभरमा १८ रन खर्चेर प्रमुख ३ विकेट लिएपछि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १ सय ३२ रनमै समेटिएको थियो । त्यसपछि भने जितेन्द्रको नाम सिनियर टोलीमा बिरलै सुनिएको छ ।

२०१५ मा आयरल्यान्डमा भएको टि२० ग्लोबल विश्वकप छनोटपछि जितेन्द्र नेपाली टोलीमा छैनन् । चोट, राम्रो उपचारको अभाव र पर्याप्त अवसरको कमीले जितेन्द्र टोलीमा पूनरागमन गर्न असफल रहे । पछिल्लो समय घरेलु क्रिकेटमा सानदार प्रदर्शनका साथ उनले पूनरागमनको संकेत दिएका छन् ।

गत माघमा त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री एकदिवसिय प्रतियोगिता उपाधि दिलाउन मुखियाको योगदान महत्वपूर्ण थियो । आर्मीका प्रमुख तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल टि१० को कारण टोलीमा नभएपछि कप्तान विनोद भण्डारीलेनै सुरुमै उपाधि जित्न कठिन हुने बताएका थिए । प्रमुख खेलाडी नहुँदा मुखियाले खेल्ने राम्रो अवसर पनि पाए ।

आर्मीले नेपाल एपिएफ क्लबलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा एपिएफका सुबास खकुरेल, शरद भेषावकर र आसिफ शेख प्रमुख तीन ब्याटरलाई आउट गर्दै जितेन्द्र प्लेयर अफ द फाइनल चुनिएका थिए । त्यसअघि सेमिफाइनलमा बागमती प्रदेशविरुद्ध मुखियाले ८.२ ओभरमा १ मेडन सहित २४ रन खर्चेर ४ विकेट लिँदै फाइनल यात्रा सहज बनाएका थिए ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा पनि उनले राम्रो प्रदर्शन गरे । काठमाडौं किंग्स इलेभेन एलिमिनेटरबाटै बाहिरियो । तर मुखियाले आफ्नो उच्च लयलाई निरन्तरता दिए । पहिलो खेलमै ललितपुर प्याट्रियट्सविरुद्ध ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिँदै आफू पुरानै जितेन्द्र रहेको झल्को दिए । मुखियाले इपिएलमा ५ खेलमा ९ विकेट लिन सफल रहे । सर्वाधिक विकेट लिने सुचिमा जितेन्द्र नेपालका तीव्र गतिका बलरमा शीर्षस्थानमा छन् । समग्रमा सर्वाधिक विकेट लिने सूचिमा तेस्रो ।

मुखिया राम्रो उपचार नपाउँदा सिनियर टोलीबाट लामो समयदेखि टाढा रहनु परेको बताउँछन् । ‘चोट (इन्जुरी) पछि खेलाडीहरुलाई अलि गाह्रो हुन्छ । विशेषगरि तीव्र गतिका बलरलाई ब्याक चोट निकै नराम्रो हो । ब्याक इन्जुरी ठिक पार्न धेरै समय लगाउने रहेछ, त्यसैले मलाई धेरै समय लाग्यो’, मुखियाले मनिल अनुहारमा भने ।

मुखियालाई सन् २०१४ को टि२० विश्वकपपछि उक्त समस्या सुरु भएको थियो । उनी नेपालमा धेरै ठाउँमा उपचारको लागि धाए । तर कतै ठिक भएन । अन्तिममा भारतको मुम्बईमा गएर उपचार गराएपछि आयरल्यान्ड टि२० विश्वकप ग्लोबल छनोट खेल्न गएका थिए । तर त्यसपछि पुन चोट बल्झिएको थियो । नेपालमा राम्रो फिजियो र चिकित्सको कमीको कारण उनलाई ठिक हुन धेरै समय लाग्यो ।

‘समयमै राम्रो उपचार पाएको भए बढीमा ६ महिनामानै ठिक हुन सक्थें । तर २ वर्षभन्दा बढी लाग्यो,’ उनले सुनाए ।

नेपाली खेलाडीले चोटपछि पूनरागमन गर्न नसक्नुको मुख्य कारण राम्रो उपचारको कमीनै भएको जितेन्द्र बताउँछन् । ‘खासमा नेपालमा खेलाडीले पूनरागमन गर्न नसक्नुको कारण राम्रो उपचारको कमी हो । हामीसँग न ट्रेनर छ । न फिजियो । अहिले विस्तारै त्यसमा ध्यान गएको छ । पहिला चोट भएपछि कसरी ठिक हुने केहिपनि थाहा थिएन । चोटपछि उपचार प्रक्रिया र पूनरागमन कुनै थाहानै थिएन’, चोटपछि भोगेको समस्या बारे भने ।

‘हामीले खेल्ने बेला सिकाउने मान्छे पनि कोहि थिएन । आफूलाई जति थाहा थियो त्यति गर्दथ्यौं । चोटले गर्दा कति जनाले क्रिकेट खेल्न छाडिसके,’ उनले भने, ‘चोट भएपछि के गर्ने भन्ने बाटो देखाउने मान्छेनै भएन । त्यो समय कोहि थिएन । त्यसैले हामीलाई धेरै गाह्रो भयो । चोटपछि नेपाली खेलाडीलाई हेर्ने मान्छे कोहि छैन । खेलाडीले आफैंले गरे ठिक छ, नत्र करिअरनै सकिने डर छ ।’

‘खेलाडी फिट हुँदा देशको लागि खेल्छन् । तर खेलको दौरानको समयमा चोट बोकेमा कसैले पनि उपचार खर्च हेर्दैन । नेपालमा अझैपनि क्रिकेट खेलेरै बाच्न धौधौ छ,’ उनले सुनाए ।

खेलाडीको उपचारमा नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कसैलाई पनि मतलब छैन । यो तितो अनुभवबाट मुखियाबाट अछुतो रहेनन् ।

‘स्पोर्ट्स चोटमा खर्च धेरै हुन्छ । नेपाली खेलाडीको हकमा हेर्ने हो भने आम्दानी त्यतिधेरै छैन । बाहिर गएर आफ्नै खर्चमा उपाचार गराएर आउने राम्रो पैसा हुँदैन । देशको लागि खेलिरहेका छौं । चोट लागेपछि सम्बन्धित निकायले हेरेको भए मलाई लाग्दैन कुनैपनि खेलाडीले कमब्याक बारे चिन्ता लिन्छ । आफैंले पैसा खर्च गर्ने, कहाँ जाने को सँग उपचार गर्ने थाहा पनि भएन । त्यसले गर्दा पनि धरै गाह्रो भयो,’ उनले अनुभव साटे ।

नेपाली टोलीमा फर्किन मुखियाले कडा मिहिनेत गरेको बताउँछन् । ‘घरमा (रौतहट) सिमेन्टको विकेट बनाएर अभ्यास र फिटनेस गरिरहेको हुन्थें । त्यसले मलाई निकै सहयोग पुग्यो । आफैंलाई म पूनरागमन गर्न सक्छु भन्ने आत्माविश्वास आयो । उर्जा थपियो । राम्रो प्रदर्शन हुनुमा त्यो मिहिनेत देखिएको हो । तर मैले सोचे अनुसार अझै भएको छैन । मबाट आउन केहि न केहि त अझै बाँकी छ’, उनले भने ।

पछिल्लो समय नेपाली टोलीमा तीव्र गतिका बलरलाई टोलीमा स्थान बनाउन सहज छैन । मुखियाले यो कुरा राम्रोसँग बुझेका छन् । त्यसैले मुखियाले अरुले भन्दा फरक प्रदर्शन गनुपर्ने बताउँछन् । ‘सिनियर टोलीमा प्रतिस्पर्धा पनि धेरै बढेको छ । सामान्य प्रदर्शनले पनि हुँदैन । किनभने क्रिकेटको स्तर फेरिएको छ । खेलाडीहरु नयाँ नयाँ आएका छन् । त्यसको लागि मैले अतिरिक्त केहि गर्न सक्नुपर्छ, राम्रो प्रदर्शन बाहेक अन्य कुनै विकल्प छैन,’ सिनियर टोलीमा पुनरागमन बारे उनले भने ।

मुखियाले पुनरागमन गर्न नसक्नुमा आर्मीको छायाँमा परेको पनि स्वीकार गर्छन् । ‘करण र सोमपाल सिनियर टोलीबाट खेलिरहेका छन् । उनीहरु टिममा खेल्छन् । विक्रम र म विकल्पको रुपमा छौं । अवसर पनि कम पाइरहेको छु । अब मैले जति मौका पाउँछु त्यसैमा उत्कृष्ट दिन्छु भन्ने सोचेको छु’, उनले भने ।

पछिल्लो समय मुखिया प्रदर्शन मात्र होईन मैदानमा उनले गर्ने सेलेब्रेसन पनि फरक पाइन्छ । खेलाडीमा इख कतिको हुन्छ भन्ने जवाफको प्रश्न दिँदै मुखियाले भने, ‘इख त एकदमै धेरै हुन्छ । किनभने इख छैन भने पुनरागमन गर्ने नसोचेपनि हुन्छ । जोसँग इख छैन त्यसले पुनरागमनको लागि सोच्दैन ।’

‘अवसर निकै कम पाएको छु । एउटा मौका होस् वा दुई । त्यसैमा म आफ्नो उत्कृष्ट गर्न खोज्छु । मान्छेलाई लागोस् जितेन्द्र मुखिया अझ पनि छ । क्रिकेट छाडेको छैन । पहिला जस्तो क्षमता रहेन भन्ने अनुभव नहोस् । प्रदर्शन यस्तो गरौं कि हेर्दा बितिक्कै मान्छेलाई लागोस कि यो जितेन्द्र मुखिया हो,’ जितेन्द्रले सुनाए ।

‘हामीले २०१४ मा टि२० विश्वकप खेल्दा वान डे खासै थिएन । त्यसैले मैले त्यो बेला टि२० मै केन्द्रित र तयारी गरेको थिए । टि२० मा राम्रो टोलीसँग सुरु र डेथ ओभरमा सबैभन्दा राम्रो बल योर्करनै हो । टिमलाई जति बेला चाहिन्छ त्यतिबेला योर्कर फाल्छु भनेर तयारी गरेको थिए । अव टि२० मात्र खेलेर हुँदैन । वानडे पनि खेल्नुपर्छ । वान र टि२० भनेको एकदमै फरक कुरा हो,’ २०१४ को योर्कर बारेभने ।

‘हामी जुन टि२० मा गर्छौ त्यो वानडेमा गरेर काम छैन । वानडे र टि२० को लागि तयारी फरक हुनुपर्छ । आफ्नो भूमिका थाहा पाउनुपर्छ । मैले त्यसै अनुसार योजना र तयारी गरिरहेको छु’, आफ्नो तयारीबारे उनले सुनाए ।

समर्थक, आफ्नो परिवार र नातेदार सामाजिक सञ्जाल र प्रत्यक्ष सम्पर्क गरेर पुनरागमनको लागि सधैं उर्जा थपेको बताउँछन् । उनीहरुलाई धन्यवाद व्यक्त गर्नु सानो शब्द हुने उनी बताउँछन् ।

पछिल्लो समय सिनियर टोलीमा चार देखि पाँच तीव्र गतिका बलर पर्दै आएका छन् । सोमपाल र करणको स्थान पक्का जस्तै छ । जितेन्द्रको प्रतिस्पर्धा तेस्रो तीव्र गतिका बलरसँग हुनेछ । यो अवस्थामा जितेन्द्रलाई सिनियर टोलीमा पर्न अहिलेको भन्दा उत्कृष्ट प्रदर्शन गनुपर्छ । छनोटकर्ताको नजरमा जितेन्द्र भन्दा युवा खेलाडी बढी प्राथमिकतामा पर्न सक्छन् । जुन स्वभाविक पनि हो । त्यसको लागि जितेन्द्रले घरेलु क्रिकेटमा सर्वोत्कृष्ट प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्छन् भने छनोटकर्ता र कप्तानले जितेन्द्रलाई मौका पनि दिनुपर्छ । प्रतियोगिता र खेललाई हेरेर युवा र अनुभवी खेलाडी दुबैलाई लिएर अगाडि बढ्न आवश्यक देखिन्छ ।

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

Success

Thank you for your time.