default_image

2 years ago

October 8, 2021

किशन र सूर्यको विष्फोटक ब्याटिङसँगै मुम्बईको कीर्तिमानी योगफल

एजेन्सी – ओपनर ईशान किशन र मध्यक्रमका ब्याटर सूर्यकुमार यादवको विष्फोटक ब्याटिङसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई २ सय ३६ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । मुम्बई शीर्ष चारमा रहँदै प्लेअफ खेल्न हैदराबादलाई यस खेलमा १ सय ७१ रनको फराकिलो अन्तरले हराउनुपर्ने समीकरण छ । अर्थात हैदराबादलाई ६५ भन्दा कम […]

60 views

0 Bookmark

एजेन्सी – ओपनर ईशान किशन र मध्यक्रमका ब्याटर सूर्यकुमार यादवको विष्फोटक ब्याटिङसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई २ सय ३६ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । मुम्बई शीर्ष चारमा रहँदै प्लेअफ खेल्न हैदराबादलाई यस खेलमा १ सय ७१ रनको फराकिलो अन्तरले हराउनुपर्ने समीकरण छ । अर्थात हैदराबादलाई ६५ भन्दा कम योगफलमा अलआउट गर्नुपर्ने हुन्छ ।

आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । मुम्बईले आफ्नो इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको हो । यसअघि २०१७ मा मुम्बईले पन्जाब किंग्सविरुद्ध २ सय २३ रन बनाएको थियो । आइपिएल इतिहासकै सर्वाधिक योगफल भने २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पुणे वारियर्सविरुद्ध २ सय ६३ रन बनाएको थियो । मुम्बईका ओपनर ईशान किशनले ३२ बलमा ११ चौका र ४ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । सूर्यकुमार यादवले ४० बलमा १३ चौका र ३ छक्का सहित ८२ रनमा क्याच आउट भए ।

तीव्र गतिका बलर उमरन मलिकको दशौं ओभरको पहिलो बलमा एज लागेर विकेटकिपर ऋद्धिमान शाहबाट क्याच आउट हुन पुगेका थिए । ईशान किशनले चौथो ओभरको अन्तिम बलमा जेसन होल्डरलाई चौका प्रहार गर्दै १६ बलमै अर्धशतक पूरा गरेका थिए । आइपिएल इतिहासमा सर्वाधिक छिटो बलमा अर्धशतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि २०१८ मा पन्जाब किंग्सबाट दिल्ली क्यापिटल्सविरुद्ध १४ बलमै अर्धशतक पूरा गरेका थिए । कोलकता नाइट राइडर्सका युसुफ पठान सुनिल नारायणले १५–१५ बलमा अर्धशतक पूरा गरेका थिए । त्यस्तै सुरेश रैनाले १६ बलमा अर्धशतक प्रहार गरेका थिए ।

मुम्बईलाई ओपनर रोहित शर्मा र ईशान किशले पहिलो विकेटका लागि मात्र ५.३ ओभरमा ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । राशिद खानको बलमा रोहित मोहम्मद नाबीबाट १८ रनमा क्याच आउट भए । उनले १३ बलमा ३ चौका प्रहार गरे । हार्दिक पान्ड्या १० रनमा क्याच आउट भए ।

काइरन पोलार्ड पनि १३ रनमा क्याच आउट भए । पोलार्ड अभिषेश शर्माको १३ औं ओभरको पाँचौं बलमा जेसन रोयबाट क्याच आउट भएका थिए । लगत्तै अर्को बलमा जेम्स निशम शून्यमा क्याच आउट भए । क्रुनाल पान्ड्या ९, नानथ कुल्टर नाइल ३ र जस्प्रित बुमराहले ५ रन बनाए ।

हैदराबादका जेसन होल्डरले ४ ओभरमा ५२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । राशिद खान र अविषेक शर्माले २–२ विकेट लिए । उमरन मलिकले १ विकेट लिए ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

Success

Thank you for your time.