default_image

2 years ago

October 9, 2021

इपिएल फाइनल : पोखरा र चितवन भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा आज पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १२ : १५ मा टियु मैदानमा सुरु हुनेछ । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । पोखराको विनोद भण्डारी र चितवनको सोमपाल कामीले नेतृत्व गर्नेछन् । दुबै कप्तानले इपिएलमा पहिलो फाइनल […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा आज पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १२ : १५ मा टियु मैदानमा सुरु हुनेछ । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । पोखराको विनोद भण्डारी र चितवनको सोमपाल कामीले नेतृत्व गर्नेछन् । दुबै कप्तानले इपिएलमा पहिलो फाइनल खेल्दैछन् ।

लिग र क्वालिफायर खेलमा चितवनले पोखरालाई समान ९ विकेटले पराजित गरेको थियो । चितवन त्यहिँ नतिजालाई निरन्तरता दिँदै उपाधि जित्न चाहन्छ । पोखरा त्यसको बदला लिँदै उपाधि जित्ने सोचमा छ । चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पोखरालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पोखराले दोस्रो क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले स्तब्ध पार्दै फाइनलमा चितवनसँग भेट पक्का गरेको थियो

दुबै टोलीको ओपनर मुख्य समस्याको रुपमा छ । पोखराका रिचार्ड लेभीलाई अर्को खेलाडीले साथ दिन सकेका छैनन् । चितवनका मोहम्मद शाहजादले राम्रो साथ पाउन सकेका छैनन् । क्वालिफायरमा चितवनले हासिम अन्सारीलाई मौका दिएको थियो । हासिमले राम्रो साथ दिएको हुँदा त्यहिँ जोडिलाई निरन्तरता दिने सम्भावना छ । पोखरा लेभी र रित गौतमले ओपनिङ गर्नसक्छन् । पोखरा स्पिन आक्रामक केहि कमजोर छ । चितवनको मुख्य हतियार स्पिनर आक्रामण हो । चितवनका स्पिनर सागर ढकाल र साहब आलमले राम्रो प्रदर्शन गरि रहेका छन् । यी दुई स्पिनरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

पोखराले अन्तिम खेलमा सानदार जित हात पारेको हुँदा टोलीमा परिवर्तनको सम्भावना कम छ । कप्तान विनोद भण्डारी खराब लयबाट गुज्रिएका छन् । विनोदले जारी इपिएलमा ७ खेलमा २५ रन मात्र बनाएका छन् । पोखरा फाइनलमा विनोदबाट सानदार प्रदर्शन चाहन्छ । विवेक यादव र साहन अर्चाचिगे पोखरा प्रमुख हतियार हुन् । यी दुबै खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । श्रीलंका ब्याटर असेला गुणरत्नेलाई पनि ठूलो इनिङको दबाब छ । पछिल्लो खेलमा भैरहवालाई हराउन युवा ब्याटर विपिन रावलले उत्कृष्ट ब्याटिङ गरेका थिए । तीव्र गतिको बलिङ आक्रामणमा किशोर महतो, नन्दन यादव र विक्रम सोब छन् ।

यता चितवनका मोहम्मद शाहजादको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । शाहजाद यस इपिएलमा १ सय ९६ रनका साथ सर्वाधिक रन बनाउने खेलाडी हुन् । भीम सार्की र राजेश पुलामी मगर राम्रो लयमा छन् । अलराउन्डर करिम जन्नतले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । स्पिनर सागर ढकालले १३ विकेट लिई सकेका छन् । करिम जन्नत ९ र साहब आलमले ८ विकेट लिई सकेका छन् । तीव्र गतिका बलर कमलसिंह ऐरीले पनि उच्च प्रदर्शन गर्दै आएका छन् । चितवनको मुख्य हतियार बलिङ आक्रामण हो । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसअघि इपिएलको पहिलो संस्करणको उपाधि २०१६ मा पन्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराउँदै उपाधि जितेको थियो । २०१७ मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो । २०१८ को फाइनलमा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

हेड टु हेड

इपिएलमा चितवन र पोखराबीच ४ खेल भएको छ । जसमा चितवन ३ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । पछिल्ला तीन खेलमा चितवनले लगातार जित हात पारेको छ ।


फाइनल अघि दुबै कप्तानको भनाई


‘फाइनल हो । धेरै सोचेर भन्नु पर्दैन । फाइनलमा जुन टोलीले राम्रो खेल्छ त्यहिँ टोलीले जित्ने हो । फाइनल पुग्ने दुवै टोली राम्रो हो । हाम्रो मात्र राम्रो भन्न मिल्दैन । फाइनल पहिला पनि खेलेको हो । फाइनलमा दबाब त हुन्छ । दबाबमा कसरी सम्हालेर जाने भन्ने हुन्छ । सामान्य खेल सम्झेर खेल्ने छौं’, पोखरा कप्तान विनोद भण्डारी ।


‘मेरा लागि फाइनल भन्दा पनि एउटा खेल जस्तै हो । अझै एउटा अवसर छ । खेलाडी भएपछि आत्माविश्वास हुनुपर्छ । मलाई लाग्छ क्रिकेट दबाबले सुधार हुने हो । दबाब भन्दा पनि जिम्मेवारी जति धेरै हुन्छ त्यतिनै प्रदर्शन गर्न मज्जा आउँछ । यो यात्रा सकिएको छैन । एकअर्कालाई कमजोरी राम्रोसँग थाहा छ । जतिपनि योजना बनाएका थियौं त्यसैमा काम गर्ने हो । यो सिक्ने कुरा हो । त्यसैले दबाब छैन,’ सोमपाल कामी चितवन टाइगर्स ।

चितवन टाइगर्स टोली :

सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, सन्दीप सुनार, देव खनाल, क्रिजन गुरुङ गौतम केसी, शेकुगे प्रसन्न, मोहम्मद शाहजाद, करिम जन्नत र वीरनदीप सिंह ।

पोखरा टोली :

विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही, देव शाह, शोहिल कुँवर, रिचर्ड लेभी, केस्रिक विलियम्स, असेला गुणरत्ने र सहान अर्चाचिगे ।

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

Success

Thank you for your time.