default_image

3 years ago

October 10, 2021

पन्त र शाको अर्धशतकमा चेन्नईलाई दिल्लीको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । दिल्लीका ओपनर पृथ्वी शाले ३४ बलमा ७ चौका र ३ छक्का […]

46 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । दिल्लीका ओपनर पृथ्वी शाले ३४ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ६० रनको योगदान दिए । कप्तान ऋषभ पन्त ३५ बलमा ३ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे ।

दिल्लीलाई ओपनर पृथ्वी शा र शिखर धवनले पहिलो विकेटका लागि ३.२ ओभरमा ३६ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । तीव्र गतिका बलर जोश हेजलवुडको बलमा धवन महेन्द्रसिंह धोनीबाट ७ रनमा समातिन पुगे । बाँकी १४ रन जोड्दा दिल्लीले युवा ब्याटर श्रेयस ऐरलाई १ रनमा गुमाएको थियो । हेजलवुडको छैटौं ओभरको तेस्रो बलमा ऐर ऋतुराज गायकवाडबाट १ रनमा समातिन पुगे ।

अक्षर पटेल ११ बलमा १ चौका सहित १० रनमा क्याच आउट भए । स्पिनर मोईन अलीको बलमार पटेल वैकल्पिक फिल्डर मिचेल सान्टनरबाट समातिन पुगेका थिए । स्पिनर रविन्द्र जडेजाको ११ औं ओभरको दोस्रो बलमा शा फाफ डु प्लेसिसबाट क्याच आउट भएका थिए ।

पाँचौं विकेटका लागि ऋषभ पन्त र शिम्रन हेटमायरले ८३ रनको साझेदारी गर्दै दिल्लीलाई बलियो अवस्थामा पुर्याएका थिए । ड्वेन ब्राभोले १९ औं ओभरको चौथो बलमा हेटमायरलाई जडेजाबाट ३७ रनमा क्याच आउट गराए । हेटमायरले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

चेन्नईका जोश हेजलवुडले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ड्वेन ब्राभो, रविन्द्र जडेजा र मोईन अलीले १–१ विकेट लिए ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.