3 years ago
March 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध राम्रो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनाएको छ ।
ओपनर आसिफ शेख १८ बलमा ३ चौका सहित १९ रनमा अविजित छन् । रोहित पौडेल ८ रनमा अविजित छन् । ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । इनिङको पहिलो बलमै छक्का प्रहार गरेका कुशल दोस्रो बलमा रन आउट बाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा चाद सोपरबाट रन आउटकै सिकार बने ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), करण केसी, अभिनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहित कुमार पौडेल ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आज २२औं तथा २३औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्स र सातौं स्थानको लुम्बिनी लायन्सबीच खेल हुदैछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। कर्णालीले ५ खेलमा ६ अंक […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ । पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]