default_image

3 years ago

April 1, 2022

सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक एसपिए

122 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)ले ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई मुख्य प्रायोजन गरेको छ । धनगढीमा रहेको एसपिएले मुख्य प्रायोजन गरेपछि अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

एसपिएका निर्देशक सुवाश शाही र मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे । एसपिएका निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए । लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय शाहीले आगामी दिनमा अवार्डसँग निरन्तर जोडिएर साथ दिने प्रतिबद्धता जनाए ।

अवार्डको तेस्रो संस्करणको तयारी तीब्र रुपमा भईरहेको मञ्चले छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी महिला र पुरुष विधाका विजेताले समान हजार, उत्कृष्ट प्रशिक्षकले ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले समान २० हजार रुपैयाँ पाउनेछन् ।

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । अवार्डमा केल्मीको सह प्रायोजन रहेको बताइएको छ ।

December 11, 2024

लुम्बिनीको एनपिएल : अक्सनमा सफल, मैदानमा असफल

भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 11, 2024

लगातारको तेस्रो जितपछि हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिपटप हेल्प नेपाल लगातारको तेस्रो खेलमा जितमा निकालेपछि एक खेल अगाडि नै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधवार भएको खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३-१ ले हराउँदै लगातारको तेस्रो जित दर्ज गरेको हो। लिग चरणको अन्तिम खेल खेलिरहेको एचडिसीलाई सेमिफाइनलमा […]

Success

Thank you for your time.