3 years ago
April 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती ६ ओभरमा २ विकेट गुमाउँदै ४४ रन बनाएको छ ।
पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ४.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । कुशल काबुआ मोरेआको बलमा स्क्वायर लेगमा लेगा सियाकाबाट २५ रनमा क्याच भए । कुशलले सुरुवाती ६ बलमै तीन चौकासहित १३ रन बनाएका थिए ।
तर त्यसपछि रनको गति बढाउन सकेनन् । २२ बल प्रहार गरेका कुशलले ५ चौका प्रहार गरे । रोहित पौडेल छैटौं ओभरको पाँचौं बलमा फाइन लेगमा चौका प्रहार गर्नेक्रममा स्क्वायर लेगमा राइली हेकुरेबाट २ रनमा क्याच आउट भए । ओपनर आसिफ शेख १३ रनमा क्रिजमा छन् । उनलाई दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । मलेसियासँग विश्राम दिएका तीव्र गतिका बलर सोमपाल कामी टोलीमा फर्किएका छन् । घाइते भएका कमलसिंह ऐरीको स्थानमा सोमपाललाई मौका दिएको हो ।
नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ (विकेटकिपर) , करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान)
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा शुक्रवार ६-अन्डर ६२ को सानदार स्कोरमा सदभावले समग्रमा १५-अन्डर २५७ सहित उपाधि जिते । साविक विजेता प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै प्रतियोगिताको रेकर्ड स्कोर सहित सदभावले करियरको चौथो उपाधि जितेका हुन्। उनले […]
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। माल्दिभ्सको क्लब एचडिसीलाई शुक्रवार ३-० को सोझो सेटले पराजित गर्दै हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँगको फाइनल भेट पक्का गरेको हो । लिग चरणमा दोस्रो भएको हेल्प नेपालले चौथो स्थानको एचडिसीलाई २५-१६,२५-१८,२५-२१ ले हराउँदै अन्तिम दुईको यात्रा […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]