3 years ago
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् ।
ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार मिस्लीले फाइनलमा लुम्बिनी प्रदेशकी अनिता पुन मगरलाई १२–४ ले हराउँदै च्याम्पियन बनेकी हुन् । प्रतियोगितामा आर्मीको यो दोस्रो स्वर्ण पदक हो । यसअघि शुक्रबार नै १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता कुसुम खड्काले ५० केजी तौल समूहमा आर्मीका लागि पहिलो स्वर्ण पदक दिलाएकी थिइन् ।
१३ औं सागमा ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी अनु अधिकारीले पनि जारी प्रतियोगितामा भाग लिएकी छैनन् । पहिलो खेलमा नेपाल पुलिस क्लबकी जिया कार्कीलाई ४–० ले हराएकी मिस्लीले सेमिफाइनलमा एपिएफकी एलिना विकेलाई ३–२ ले पराजित गरेकी थिइन् । रजत पदक जितेकी अनिताले पहिलो खेलमा प्रदेश १ की विपना राईलाई ५–१ ले र सेमिफाइनलमा बागमतीकी सोनु श्रेष्ठलाई ११–३ ले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । सो तौल समूहमा सोनु र एलिनाले कास्य पदक जिते ।
१७ मध्ये अहिले सम्म ८ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमा पुलिसले सर्वाधिक ४, आर्मीले २, एपिएफ र प्रदेश १ ले समान १ स्वर्ण पदक जितेका छन् । शुक्रबार नै पुलिसका बिप्लवलाल श्रेष्ठले ८४ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।
शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् ।
December 11, 2024
भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिपटप हेल्प नेपाल लगातारको तेस्रो खेलमा जितमा निकालेपछि एक खेल अगाडि नै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधवार भएको खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३-१ ले हराउँदै लगातारको तेस्रो जित दर्ज गरेको हो। लिग चरणको अन्तिम खेल खेलिरहेको एचडिसीलाई सेमिफाइनलमा […]