3 years ago
April 22, 2022
एजेन्सी – पहिलो हाफमै गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा झिनो जित निकालेको छ ।
बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १–० ले पराजित गरेको हो । औवामियाङले ११औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए । रियाले एरिना डोनोसटिया सान सेवास्टिएनमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा औवामियाङको गोलपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।
खेलको सुरुवातमै पछि परेको घरेलु टोली रियल सोसिडाडले बल पोसेसन राख्दै बार्सिलोनालाई दवाव बढाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । ११औं मिनेटमा औसमाने डेम्वेलेको प्रहार क्रसबारमा लागेर फर्कदा बार्सिलोना अग्रता लिनबाट चुक्यो ।
लगत्तै ११औं मिनेटमै फेरान टोरेसको हेडर पासमा औवामियाङले गोल गर्न सफल भएका थिए । १६औं मिनेटमा ड्यानी आल्भेसको प्रयास सफल भएन । २८औं मिनेटमा फ्रान्की डि जोङको २५ यार्ड टाढाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
४८औं मिनेटमा एलेक्सान्डर सोर्लाेथले गोलको सुवर्ण अवसर गुमाउँदा घरेलु टोली बराबरीबाट चुक्यो । ५८औं मिनेटमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बार्सिलोनाको अर्काे संकट टारे । ६९औं मिनेटमा एडनान जानुजाजको अर्काे प्रयासमा गोलरक्षक टेर स्टेगन नै बाधक बने ।
यो जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३२ खेलबाट ६३ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १५ अंकले पछि छ । समान ६३ अंक नै रहेपनि सेभिया गोलअन्तरमा तेस्रो स्थानमा रहेको छ । पाँचौ स्थानमा उक्लने मौका गुमाएको पराजित सोसिडाड ५५ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ ।
ला लिगामै अर्काे खेलमा सेभियाले घरेलु टोली लेभान्टेलाई ३–२ ले पराजित गर्दै शीर्षचारमा रहने सम्भावना बलियो बनाएको छ । सेभियाको जितमा जेसस कोरोनाले दुई तथा जुलेस कुन्डेले एक गोल गरे । घरेलु टोली लेभान्टेका जोस लुइस मोरालेस र रोबर्टाे सोल्डाडोले समान एक गोल गरे । जोस लुइस मोरालेस पेनाल्टीमा चुक्दा लेभान्टे पनि बराबरीबाट चुक्यो ।
यो जितसँगै सेभिया ३३ खेलबाट ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित लेभान्टे २५ अंक जोडेर १९औं स्थानमा रहेको छ ।
December 14, 2024
हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]