3 years ago
May 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजन गरेको छ ।
ब्यायाम मन्दिरले काठमाडौं महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा बतायो । वैशाख २३ र २४ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।
१६ औं धर्मश्रीका विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । खेलकुदको क्षेत्रमा व्यक्तिगत विधा तर्फ यो सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता हो । यस अघिको संस्करण विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।
२०१० सालमा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ साल देखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आएको छ । पहिलो र दोश्रो संस्करणमा तौल समूह तथा तेश्रो संस्करण २०५० सालबाट प्रत्येक तौल समूहका विजयी खेलाडीहरुको अन्तिम प्रतिस्पर्धाबाट धर्मश्री विजेता घोषित गर्ने परम्परा सुरु भएको थियो ।
२०५० सालमा पहिलो पटक रविन सन शाक्यले धर्मश्रीको उपाधि जितेका थिए । २०५३ मा सागर ताम्राकार, २०५४ मा लाल बहादुर गुरुङ, २०५५ मा जीवन गिरी, २०५७ र २०५९ मा नरेश महर्जन, २०५८ मा हरिष श्रेष्ठ, २०५९ मा नरेश महर्जन, २०६२ र ६४ मा सानु गुरुङ, २०६८ मा लोकेन्द्र परियार, २०७१ मा महेश्वर महर्जन, २०७३ मा अर्जुन वर्णवाल र २०७५ मा मिलन सिजापतीले धर्मश्री उपाधि जितेका थिए ।
शारीरिक सुगठनको इतिहासमा प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ विधा पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स विधालाई थप गरिएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुको बीचमा अन्तिम प्रतिस्पर्धा गराई विजयी हुने हुनेलाई धर्मश्रीको उपाधि प्रदान गरिनेछ । प्रतियोगिातको विजेताले १० लाख, दोस्रो हुनेले ५ लाख, तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रत्येक तौल समूहका दोस्रो हुनेलाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार दिइने बताइएको छ । प्रतियोगितामा ९० लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ ।
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर स्टेफन स्किनाजीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध शनिवार सहज निकाल्दै काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग(एनपिएल) को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा काठमाडौंले पोखरामाथि ६ विकेटको सहज जित हात पार्यो । १ सय ३९ रनको मध्यम लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । काठमार्डौका ओपनर स्किनाजीले सर्वाधिक […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को शनिवारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले मध्यम लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखराबाट १ सय ३९ रनको मध्यम लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको […]