default_image

2 years ago

May 17, 2022

नेपालको निकै सुस्त सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको दोस्रो महिला टि२० आई खेलमा निकै सुस्त सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती ७ ओभरमा १ विकेट गुमाउँदै २८ रन बनाएको छ । नेपालले पावर प्लेको ३६ बल मध्य २३ बल डट खेलेको थियो । ओपनर इन्दु बर्मा १३ बलमा ५ […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको दोस्रो महिला टि२० आई खेलमा निकै सुस्त सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती ७ ओभरमा १ विकेट गुमाउँदै २८ रन बनाएको छ ।

नेपालले पावर प्लेको ३६ बल मध्य २३ बल डट खेलेको थियो । ओपनर इन्दु बर्मा १३ बलमा ५ रन बनाउँदै बोल्ड भइन् । अर्की ओपनर विन्दु रावल २३ बलमा १ चौकासहित १८ रनमा अविजित छिन् ।

नेपालले पहिलो बाउन्ड्री सातौं ओभरको तेस्रो बलमा प्रहार गरेको थियो । अप्सरी बेगम ६ बलमा २ रनमा अविजित छन् ।

पहिलो खेलबाट नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । विकेटकिपर ज्योति पाण्डे, अस्मिना कर्माचार्य र रोमा थापालाई बेन्चमा राखेको छ । सीता रानामगर, काजोल श्रेष्ठ र सरिता मगरलाई आज प्लेइङ ११ मा उतारेको छ ।

पाँच महिला टि२० आई खेलमा युगान्डाले १–० को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । जितको लागि १ सय ३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाउँदै ९० रन जोड्न सकेको थियो ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री, इन्दु बर्मा, काजोल श्रेष्ठ (विकेटकिपर), कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, डली भट्ट, सबनम राई, सरिता मगर, सीता रानामगर र विन्दु रावल ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.