default_image

2 years ago

July 6, 2022

नेपालको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानाडासँगको दोस्रो अभ्यास खेलमा मध्यम सुरुवात गरेको छ । किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ४३ रन बनाएको छ । क्यानाडाका ओपनर आरोन जोनसन ३० बलमा ४ चौकासहित २८ रनमा अविजित छन् । भूपेन्द्रसिंह २८ बलमा १ […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानाडासँगको दोस्रो अभ्यास खेलमा मध्यम सुरुवात गरेको छ । किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ४३ रन बनाएको छ ।


क्यानाडाका ओपनर आरोन जोनसन ३० बलमा ४ चौकासहित २८ रनमा अविजित छन् । भूपेन्द्रसिंह २८ बलमा १ चौकासहित १० रनमा आउट भए । दोस्रो विकेटका लागि भुपेन्द्र र आरोनले ३९ रनको साझेदारी गरेका थिए ।

क्यानाडाका ओपनर रयान खान पठान पहिलो ओभरको अन्तिम बलमा १ रनमा आउट भए । तीव्र गतिका बलर किशोर महतोले पठानलाई बोल्ड गरेका थिए । आदिल अन्सारीले दशौं ओभरको अन्तिम बलमा भूपेन्द्रलाई बोल्ड आउट गरे । क्रिजमा अखिल कुमार आएका छन् ।

पहिलो खेल वर्षाको कारण मंगलबार राती रद्ध भएको थियो । क्यानाडा भ्रमणमा यो खेल नेपालको अन्तिम हुनेछ । नेपाल क्यानाडामाथि सानदार जितका साथ आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड जाने सोचमा हुनेछ । नेपालले सुरुवाती दुई अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन र ५५ रनले हराएको थियो ।

क्यानानडो बातावरण र स्कटल्यान्डको मिल्दोजुल्दो छ । त्यसैको कारण नेपाल क्यानाडामा अभ्यास गर्न गएको हो । उता क्यानाडाको कप्तानी साद बिन जाफरले गर्नेछन् । घरेलु मैदानको फाइदा उठाउँदै क्यानाडा उच्च प्रदर्शन गर्न चाहन्छ ।

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 19, 2024

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका […]

Success

Thank you for your time.