default_image

3 years ago

July 16, 2022

नेपालको मध्यम सुरुवात

367 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले सुरुवातमा दुई विकेट गुमाएको छ ।


जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपालले १२ ओभरमा २ विकेट गुमाउँदै ३९ रन बनाएको छ । नेपालका आसिफ शेख २९ बलमा ६ चौकासहित ३३ रनमा अविजित छन् । उनलाई रोहित पौडेलले २८ बलमा ५ रनमा साथ दिएका छन् ।

तीव्र गतिका बलर ज्यान फिंलिकको पहिलो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल शून्यमा रुबेन ट्रम्पलम्यानबाट क्याच भए । फ्रिंलिककै पाँचौं ओभरको तेस्रो बलमा देव खनाल डिप मिडविकेटमा बेन सिकोन्गोबाट १ रनमा क्याच आउट भए ।

त्यसअघि कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाए ।

खराब सुरुवात गरेपनि चौथो विकेटका लागि एरास्मस र जान निकोल लोफ्टी इटनले ६८ रनको साझेदारी गर्दै नामिबियालाई खेलमा फर्काएका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।

November 9, 2025

झापा महिला गोल्डकप- पुलिस र एपिएफ फाइनलका लागि तयार

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा फाइनल भोलि (सोमवार) दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतवार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा […]

November 9, 2025

नेपाल काभा महिला यु १९ भलिबलमा दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल श्रीलंकामा भएको काभा महिला यु १९ भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ। कोलम्बोमा आज भएको फाइनलमा कीर्गिस्तानसँग ३-२ ले पराजित हुँदै नेपाल दोस्रो स्थानमा सिमित भएको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो र चौथो सेट जितेको नेपाल पाँचौं तथा निर्णायक सेटमा ४ अंकले पछाडि पर्यो । कीर्गिस्तान २२-२५,२५-२०,२५-२१,१३-२५ र १५-११ ले विजयी भएको थियो। […]

November 9, 2025

विजय स्पोर्ट्स र लालीगुराँसको पहिलो जित

रविन्द्र वाईबा ,हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक […]

Success

Thank you for your time.