3 years ago
August 28, 2022
एजेन्सी – नेपालले तेस्रो टि२० आई खेलमा केन्याविरुद्ध राम्रो बलिङ सुरुवात गरेको छ । नैरोबीमा रहेको जिमखाना क्रिकेट क्लब ग्राउन्डमा केन्याले टस जित्दै पहिला ब्याटिङ थालेको केन्याले ७ ओभरमा २ विकेट गुमाउँदै ३५ रन बनाएको छ ।

तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं ओभरको दोस्रो बलमा सुखदीप सिंहलाई ८ रनमा सन्दीप लामिछानेबाट क्याच गराए । उनले १२ बलमा १ चौका हाने ।
आदिल अन्सारीले छैटौं ओभरको अन्तिम बलमा कोलिन्स ओबुयालाई १४ रनमा बोल्ड गरे । १८ बल खेल्दै उनले १ चौका र १ छक्का प्रहार गरे । क्रिवमा रकिब पटेल ४ र इमरान करिम ७ रनमा अविजित छन् । पाँच टि२० आई खेलको सिरिज १(१ को अवस्थामा छ ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, अर्जुन साउद (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, साहब आलम र पवन सरार्फ ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानदार पुनरागमन गर्दै काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजलाई ३-२ ले हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको अर्थहिन खेलमा दुवै टोली जितका साथ यो सिजनको लिग अन्त्य गर्ने दाउमा रहेको थियो। जहाँ लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। जहाँ २५-२३ र २६-२४ ले लगातार दुई सेट जितेर […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]