3 years ago
September 4, 2022
काठमाडौैं(हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्तर्गत एनआरएनए स्पोर्टस् एकेडेमीले राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि १४ सदस्य क्रिकेट टोलीको घोषणा गरेको छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं अष्ट्रेलियाको एडिलेड विश्वबिद्यालय क्रिकेट क्लबका खेलाडी सुनाम गौतमले एनआरएनको कप्तानी गर्नेछन् । सुनाम लामो समय देखि अष्ट्रेलियामा घरेलु क्रिकेट खेल्दै आएका छन् । यसअघि नेपाली फ्रेन्चाइज लिग खेल्न आउने भनेपनि उनी आएका थिएनन् ।
पूर्व यु-१९ नेपाली टिमका कप्तान, पूर्व राष्ट्रिय खेलाडी तथा अल स्टार्स क्रिकेट टोलीका पृथु बास्कोटा उपकप्तान छन् । पृथु २०२० को प्रधानमन्त्रीकपपछि पहिलो घरेलु प्रतियोगिता खेल्नेछन् । नेपाली क्रिकेट टोलीका अलराउन्डर सागर पुनले चारवर्षपछि घरेलु क्रिकेटमा पूनरागमन गर्नेछन् ।

२०१८ को एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेनबाट खेल्नेक्रममा घाइते भएपछि सागरले पहिलो घरेलु प्रतियोगिता खेल्नेछन् । सागरले अमेरिकामा उपचार गराउँदै आएका थिए ।
टोलीको ब्यवस्थापकमा स्यंभुराज डङ्गोल, संयोजकमा किरण राणा, प्रशिक्षकमा मनोज गुरुङ (युके) र सहायक प्रशिक्षकमा ज्योति भण्डारी छन् । यस्तै अन्य सदस्यमा नविन प्रधान (न्यूजिल्याण्ड), दिवस गिरी (युके लण्डन), दिनेश खरेल (न्यूजिल्याण्ड), रसिम कँडेल (अष्ट्रेलिया), सन्दिप अधिकारी (अष्ट्रेलिया), बासु गिरी (अष्ट्रेलिया), सुनिल श्रेष्ठ (युके लण्डन), दिपेन श्रेष्ठ (युएसए), दीपक क्षेत्री (अष्ट्रेलिया), आशिष पोखरेल (अष्ट्रेलिया), गम बहादुर गुरुङ्ग (युके लण्डन) र सागर पुन (युएसए) रहेका छन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तरगतको पुरुष क्रिकेट भाद्र २३ गते देखि काठमाडौंनै आयोजना हुने भएको छ । एनआरएनएले अघिल्लो संस्करणको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पहिलो पटक केहि खेल मार्फत सहभागिता जनाएको थियो । टिम खेलमायो नै पहिलो हो ।
प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोली र एनआरएन हुनेछन् । दुई समूहमा विभाजन गरिनेछ । आधिकारीक खेल तालिका भने आएको छैन । प्रतियोगिता प्रतियोगिता भदौ २३ देखि ३१ सम्म टियु र मुलपानी मैदानमा हुनेछ ।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]