3 years ago
March 25, 2023
एजेन्सी – युरो २०२४ को छनोट खेलमा पोल्यान्डले चेकिया (चेक गणतन्त्र) सँग हार बेहोरेको छ । पोल्यान्ड घरेलु टोलीसँग ३–१ ले पराजित भएको हो ।

फोर्टुना एरिना प्राहामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा लाडिस्लभ क्रेची, टोमास सिभेनकारा र जान कुच्ताले गोल गरे । पोल्याण्डका डामिएन समास्कीले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमा नै लाडिस्लभ क्रेचीको गोलबाट चेकियाले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले भ्लादिमिर कोउफलको पासमा गोल गर्न सफल भए । तेस्रो मिनेटमा टोमास सिभेनकाराले गोल गर्दै चेकियाको अग्रता दोब्बर पारे । उनले डेभिड जुरासेकको पासमा गोल गर्न सफल भए ।
६४औं मिनेटमा जान कुच्ताले गोल गर्दै चेकियालाई ३–० ले अघि बढाए । उनले एलेक्स केरलको पासमा गोल गर्न सफल भए । ८७औं मिनेटमा डामिएन समास्कीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेकिया विजयी हुन सफल भयो ।

यस जितसँगै चेकियाले समूह ‘ई’ मा ३ अंक जोडेको छ । पराजित पोल्यान्डले अंकको खाता खोल्न सकेको छैन । यही समूहको अर्काे खेलमा फरोह आइल्यान्ड र मोल्दोभाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
अन्य नतिजा
बुल्गेरियाविरुद्ध मोन्टेनेग्रो (०–१)
जिब्राल्टारविरुद्ध ग्रीस (०–३)
सर्वियाविरुद्ध लिथुआनिया (२–०)
फ्रान्सविरुद्ध नेदरल्यान्ड्स (४–०)
अष्ट्रियाविरुद्ध अजरवैजान (४–१)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]