2 years ago
March 25, 2023
एजेन्सी – युरो २०२४ को छनोट खेलमा पोल्यान्डले चेकिया (चेक गणतन्त्र) सँग हार बेहोरेको छ । पोल्यान्ड घरेलु टोलीसँग ३–१ ले पराजित भएको हो ।
फोर्टुना एरिना प्राहामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा लाडिस्लभ क्रेची, टोमास सिभेनकारा र जान कुच्ताले गोल गरे । पोल्याण्डका डामिएन समास्कीले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमा नै लाडिस्लभ क्रेचीको गोलबाट चेकियाले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले भ्लादिमिर कोउफलको पासमा गोल गर्न सफल भए । तेस्रो मिनेटमा टोमास सिभेनकाराले गोल गर्दै चेकियाको अग्रता दोब्बर पारे । उनले डेभिड जुरासेकको पासमा गोल गर्न सफल भए ।
६४औं मिनेटमा जान कुच्ताले गोल गर्दै चेकियालाई ३–० ले अघि बढाए । उनले एलेक्स केरलको पासमा गोल गर्न सफल भए । ८७औं मिनेटमा डामिएन समास्कीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेकिया विजयी हुन सफल भयो ।
यस जितसँगै चेकियाले समूह ‘ई’ मा ३ अंक जोडेको छ । पराजित पोल्यान्डले अंकको खाता खोल्न सकेको छैन । यही समूहको अर्काे खेलमा फरोह आइल्यान्ड र मोल्दोभाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
अन्य नतिजा
बुल्गेरियाविरुद्ध मोन्टेनेग्रो (०–१)
जिब्राल्टारविरुद्ध ग्रीस (०–३)
सर्वियाविरुद्ध लिथुआनिया (२–०)
फ्रान्सविरुद्ध नेदरल्यान्ड्स (४–०)
अष्ट्रियाविरुद्ध अजरवैजान (४–१)
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् । यस खेलमा […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]