default_image

9 months ago

December 26, 2023

किड्स कपमा टिपटो स्पोर्ट्सको उपाधिमा क्लिनस्वीप

455 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दियालो फूडल्याण्डको प्रायजोनमा प्रथम टिपटो किड्स कप – २०२३ सम्पन्न भएको छ । उक्त खेलमा तीन विभिन्न उमेर समूहमा सम्पन्न भएको थियो । तीनै उमेर समूहमा टिपटो स्पोर्ट्स एकेडेमीले उपाधि जित्न सफल भयो ।

यू-८ विधामा टिपटो स्पोर्ट्स एकेडेमी र दीपज्योति एफसीबीच खेल निर्धारित समयसम्म बराबरीमा सकिएको थियो । बराबरीमा सकिएपछि टाईब्रेकरमा २-१ को नतिजा निकाली टिपटो स्पोर्ट्स एकेडेमीले खेल जित्न सफल भयो। यसै गरि यू-११ मा टिपटो एकेडेमीले काठमाडौँ शिक्ष्यालयलाई ७-१ को फरिकलो अन्तरले हराउँदै उपाधि जित्यो ।

यू-१३ मा टिपटो एकेडेमीले चौर एकेडेमीसँग सामना गरेको थियो। निक्कै रोमाञ्चक उक्त खेल पनि निर्धारित समयसम्म बराबरीमा सकिएपछि टाईब्रेकरमा ४-३ को गोल अन्तरले खेलको नतिजा आफ्नो नाममा राख्न सफल भयो।

खेलको विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरु :
यू-८

१ . उत्कृष्ट खेलाडी : सुशान्त छन्त्याल (दीपज्योति एफ सीं)

२ उत्कृष्ट गोलरक्षक : आयुष्मान श्रेष्ठ (टिपटो स्पोर्ट्स एकेडेमी)

यू-११

१.उत्कृष्ट खेलाडी : राघव बस्नेत (टिपटो स्पोर्ट्स एकेडेमी)

२. उत्कृष्ट गोलरक्षक : अनुज जंग थापा (टिपटो स्पोर्ट्स एकेडेमी)

यू.१३

१.उत्कृष्ट खेलाडी : सौगात महर्जन (चौर एकेडेमी)

२. उत्कृष्ट गोलकिपर : रोदीन भाई आचार्य (टिपटो स्पोर्ट्स एकेडेमी)

September 11, 2024

एन्फा महिला लिग- शीर्ष स्थानको कोशी र पुलिस खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बुधवार दुई खेल हुँदैछन् । लिगमा आजबाट चौथो राउन्डका खेलहरु सुरु हुदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । कोशी तीन खेलमा शतप्रतिशत जितका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । […]

September 11, 2024

पाराग्वेसँग ब्राजिलको हार

एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ। पाराग्वेले ब्राजिललाई बुधवार १-० ले हराएको हो। पाराग्वेले आठौं खेलमा दोस्रो जित निकालेको हो। पराग्वेको जितमा २०औं मिनेटमा डियगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो । जित पछि १० टोली सहभागी छनोटमा ९ अंकका साथ पराग्वे सातौं स्थानमा छ । अर्को खेलमा […]

September 11, 2024

केनको २ गोलमा इङ्ग्ल्यान्डको जित

एजेन्सी – युइएफए नेसन्स लिगको पहिलो चरणमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । इङ्ग्ल्यान्डले मंगलवार फिनल्यान्डमाथि २-० को जित हात पार्यो । घरेलु मैदानमा भएको खेलमा इङ्ग्ल्यान्डलाई जित दिलाउन दुवै गोल ह्यारी केनले गरे । इङ्ग्ल्यान्डबाट केनको‌ त्यो एक सयौं खेल थियो। केन इङ्ग्ल्यान्डको लागि आफ्नो सयौं खेलमा २ गोल गर्ने पहिलो खेलाडी […]

Success

Thank you for your time.