default_image

2 years ago

January 14, 2024

म्यानचेस्टर सिटीको पुनरागमन जित

995 views

0 Bookmark

एजेन्सी- म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार उत्कृष्ट पुनरागमनका साथ जित निकालेको छ। अन्तिम १७ मिनेटमा २ गोल गर्दै सिटीले न्युक्यासललाई ३-२ ले पराजित गर्यो।

खेलमा सिटीले अग्रता बनाएपनि पहिलो हाफमा २-१ ले पछाडि परेको थियो। केभिन डिब्रुएनले ७४ औं मिनेटमा बराबरी गोल गरेका थिए। ओस्कार बबले इन्ज्युरी समयमाको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई जित दिलाएका थिए।

खेलको २६ औं बर्नान्डो सिल्भाको गोलमा सिटीले अग्रता दिएका थिए। न्यूकासलका लागि ३५ औं मिनेटमा अलेक्जेन्डर इसाकले बराबरी गोल गरेका थिए। ३७ औं मिनेटमा एन्थोनी गोर्डोनले गोल गर्दै अग्रता लिएको थियो।

जितपछि २० खेलमा ४३ अंक सहित सिटी प्रिमियर लिगको अकं तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुलभन्दा सिटीको २ अंक कम छ। २९ अंक सहित न्युक्यासल १०औं स्थानमा छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.