पोखरा (हाम्रो खेलकुद)– सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा दुई विभागिय टोली एपिएफ र नेपाल पुलिस क्लबले महिला तर्फ विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको दोश्रो दिन आइतबार एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई २५–९, २५–१७ र २५–१८ ले हरायो ।
लिगको आधारमा खेलाईएको प्रतियोगिताको दोश्रो खेलमा पुलिस क्लबले भारतको उत्तर प्रदेश भलिबल संघलाई २५–७, २५–२० र २५–१६ ले पराजित गर्यो । यस अघि पूर्व मन्त्री किरण गुरुङ्गले रेफ्रि विकास गुरुङ्गलाई बल हस्तान्तरण गर्दै खेलको सुरुवात गरेका थिए । करिब ३५ लाख लागतको प्रतियोगितामा नेपालका पाँच र भारतको एक गरि महिला तर्फ ६ टिमको सहभागिता रहेको छ ।
सोमबार महिलातर्फको खेल
पश्चिमाञ्चलविरुद्ध एपिएफ बिहान ९ः३० बजे
नेपाल पुलिसविरुद्ध न्यू डायमन्ड एकेडेमी दिउँसो १ः३० बजे