9 months ago
August 17, 2024
एजेन्सी – क्यानडालाई हराउँदै नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लिएको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको जारी छ । त्रिकोणत्मक सिरिजको चौथो खेलमा घरेलु टोलीले क्यानडामाथि जित हात पारेको हो ।
नेदरल्यान्ड्सको हजेलारवेग, रोटरडैम भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित हात पारेको हो ।
नेदरल्यान्ड्सले दिएको २ सय २१ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ३५.४ ओभरमा अल आउट हुदै १ सय ५७ रन मात्र बनाउन सक्यो ।
क्यानडाका लागि विकेटकिपर ब्याटर श्रेयस मोभ्भाले ७२ बलमा अविजित रहँदै सर्वाधिक ४७, ओपनर ओरोन जोनसनले ३२, अर्का ओपनर दिलप्रित बाज्वाले २० रन जोडे । कप्तान साद विन जाफरले २३ बलमा १२, डेलिन हेलिङ्गरले २० बलमा १४, प्रगत सिंहले ५ रन जोडे ।
एक समय ५९ रनमा कुनै विकेट नगुमाएको क्यानडा सहज जित तर्फ उन्मुख रहेको थियो । तर, त्यसपछि ११ रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाउनु नै उसको हारको कारण बन्यो ।
नेदरल्यान्ड्सका पल भान मेकरमले ९.४ ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए । भिभियन किंग्माले ३ तथा आर्यान दत्त र शरिज अहमदले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ४७.२ ओभरमा २ सय २० रन बनाउदै अल आउट भयो ।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवाडर्सले सर्वाधिक ७२ रन जोडे । उनले ९४ बलमा ३ चौका प्रहार गरेका थिए ।
नोह क्रोसले ४४ बलमा ३१, विक्रमजित सिंहले २३ बलमा २५, म्याक्स ओडाउडले २७ बलमा १८, काइल क्लेनले १५ बलमा १० तथा शरिज अहमदले २७ बलमा १९ रन जोडे ।
क्यानडाका लागि कलिम सानाले ४, हर्ष ठाकर र डेलिन हेलिङ्गरले समान २ तथा जुनैद सिद्धिकी र कप्तान निकोलस किर्तनले समान १ विकेट लिए ।
८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ७ खेलमा १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
स्कटल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा झरेको स्थानमा रहेको छ । पराजित क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा झरेको छ ।
अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा आज जित निकालेको भारत समूह विजेता बन्न सफल रह्यो। नेपालको हैसियत उप विजेताको रहेको छ। भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे। यो गोल भएको […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ। शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेड २ खेल अगाडि ‘ए’ डिभिजनमा उक्लन सफल भएको छ। बाँसबारी क्लबलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो। यो जितमा प्लानिङ ब्वाइजले ११ खेलबाट २७ अंक बनाएर २ खेल अगावै शीर्ष दुईमा रहने निश्चित भएको हो। एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजलाई बाँसबारीले पहिलो हाफमा गोल गर्न […]