1 year ago
October 6, 2024
एजेन्सी – शीर्ष स्थानको इन्टर मियामिले मेजर सकर लिग (एनएसएल) मा टोरन्टो एफसीलाई पराजित गरेको छ ।
आइतवार बिहान २१औं जित दर्ता गर्ने क्रममा मियामीले १-० को जित हात पारेको हो । बिएमओ फिल्डमा भएको खेलमा मियामीको जितमा एकमात्र गोल लियोनार्डो क्याम्पानाले गरे ।
क्याम्पानाले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेका हुन्। सुरुवाती ११ मा नरहेका लिओनल मेस्सी ६१औं मिनेटमा मैदान छिरेका थिए ।
जितसँगै मियामीले ३३ खेलबाट ७१ अंकका साथमा शीर्ष स्थानमा छ । पराजित टोरन्टोको ३४ खेलबाट ३७ अंकमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]