default_image

7 months ago

October 18, 2024

नेपाल र भुटानको पहिलो हाफ गोलरहित

1891 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भुटानबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली आक्रमण निरन्तर रोकेको थियो । साफको इतिहासमा नेपाल र भुटान पाँचौ पटक भिड्दा नेपालले पहिलो हाफमा गोल गर्न नसकेको यो पहिलो पटक हो ।

१३ औं मिनेटमा नेपालको अग्रता लिने प्रयासमा भुटानकी गोलरक्षक संगीता मोंगर बाधक बनिन् । रश्मी कुमारी घिसिङले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार संगीताले बचाइन् । त्यसको रिबाउन्ड भने भुटानी डिफेन्डरले क्लियर गर्दै खतरा टारे ।

२५ औं मिनेटमा नेपालका लागि सरु लिम्बुले अवसर सदुपयोग गर्न सकिनन् । प्रिती राईले डिफेन्स लाइन बिट हुने गरेर दिएको पासलाई सरुले पेनाल्टी क्षेत्र भित्र लग्दै गरेको प्रहार पोस्टको दिशामा रहेन ।

४० औं मिनेटमा नेपालले भुटानको पेनाल्टी क्षेत्रभित्र लगातार ३ पटक प्रहार गर्ने अवसर पाएपनि सबै प्रयासमा भुटानको डिफेन्स बाधक बन्यो । रश्मीको क्रसमा अमिषा कार्कीको सुरुवाती प्रयास सफल नहुँदा त्यसपछि आएको लगातार प्रयास पनि सदुपयोग हुन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते हुँदा स्ट्रेचरमा बाहिर लगियो । उनको स्थानमा विमला विक मैदान प्रवेश गरिन् ।

त्यसअघि दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको थियो ।

May 23, 2025

कमल र निकेन अगाडि

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व चेस खेलाडी कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २००० मुनि चेस प्रतियोगितामा नेपाल, भारत र इङ्ल्याण्डका गरि १ सय २७ जना खेलाडी सहभागी छन्‌ । भक्तपुर युवा टिमले आयोजना गरेको प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र निकेन कुसाथा समान ५ अंकका साथ शीर्ष स्थानमा छन्। पहिलो दिने सम्पन्न पाँचौं चरणको खेलमा […]

May 23, 2025

कोर्स रेकर्ड सहित शुक्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै डेढ वर्षपछि घरेलु टुरमा कमब्याक गरेका प्रो शुक्र बहादुर राईले कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्। समग्रमा १७-अन्डर २ सय ५५ को सानदार स्कोरमा शुक्रले एमेच्योर सदभाव आचार्यले रोयल नेपाल गल्फ क्लबको चार दिनको प्रतियोगिताको रेकर्ड तोडेका हुन्। सदभावले यही सिजन काठमाडौँ ओपनमा बनाएको १५-अन्डर ५७ को रेकर्ड […]

May 23, 2025

न्यु होराइजनलाई मेयर कप विद्यालय क्रिकेट उपाधि

सुमन अधिकारी, बुटवल न्यु होराइजन माविले प्रथम मेयर कप विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि जितेको छ । बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा गत साता सुरु भएको प्रतियागिताको फाइनलमा कान्ति माविलाई पराजित गर्दै न्यु होराइजन च्याम्पियन बनेको हो। बुटवल उपमहानगरपालिका वडा नं. १६ मा रहेको नरैनापुर क्रिकेट मैदानमा भएको फाइनलमा न्यु होराइजनले कान्तिलाई ७ विकेटले […]

Success

Thank you for your time.