default_image

1 year ago

October 18, 2024

नेपाल र भुटानको पहिलो हाफ गोलरहित

1951 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भुटानबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली आक्रमण निरन्तर रोकेको थियो । साफको इतिहासमा नेपाल र भुटान पाँचौ पटक भिड्दा नेपालले पहिलो हाफमा गोल गर्न नसकेको यो पहिलो पटक हो ।

१३ औं मिनेटमा नेपालको अग्रता लिने प्रयासमा भुटानकी गोलरक्षक संगीता मोंगर बाधक बनिन् । रश्मी कुमारी घिसिङले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार संगीताले बचाइन् । त्यसको रिबाउन्ड भने भुटानी डिफेन्डरले क्लियर गर्दै खतरा टारे ।

२५ औं मिनेटमा नेपालका लागि सरु लिम्बुले अवसर सदुपयोग गर्न सकिनन् । प्रिती राईले डिफेन्स लाइन बिट हुने गरेर दिएको पासलाई सरुले पेनाल्टी क्षेत्र भित्र लग्दै गरेको प्रहार पोस्टको दिशामा रहेन ।

४० औं मिनेटमा नेपालले भुटानको पेनाल्टी क्षेत्रभित्र लगातार ३ पटक प्रहार गर्ने अवसर पाएपनि सबै प्रयासमा भुटानको डिफेन्स बाधक बन्यो । रश्मीको क्रसमा अमिषा कार्कीको सुरुवाती प्रयास सफल नहुँदा त्यसपछि आएको लगातार प्रयास पनि सदुपयोग हुन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते हुँदा स्ट्रेचरमा बाहिर लगियो । उनको स्थानमा विमला विक मैदान प्रवेश गरिन् ।

त्यसअघि दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको थियो ।

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.