default_image

7 months ago

November 3, 2024

वेस्ट इन्डिजका वाल्टन कर्णालीमा अनुबन्ध

1024 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सले नेपाल प्रिमियर लिग(एनपिएल) का लागि वेस्ट इन्डिजका विकेट किपर ब्याटर चाडविक वाल्टनलाई अनुबन्ध गरेको छ ।

याक्सले तेस्रो विदेशी खेलाडीको रुपमा वाल्टनलाई टोलीमा अनुबन्ध गरेको आइतवार सामाजिक संजाल मार्फत जनाएको छ ।

३९ बर्षिय वाल्टनले १ सय ८८ टि ट्वान्टीमा ३ हजार ५ सय ७८ रन बनाएका छन् । वाल्टनले विश्वका विभिन्न फ्रेन्चाइजी लिगको अनुभव लिइसकेका छन् ।

याक्सले विदेशी खेलाडीका रुपमा याक्सले पहिलो पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई र दोस्रो हङकङका ब्याटर बाबर हायातलाई अनुबन्ध गरेको थियो ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् ।

कर्णाली याक्सको टोली

सोमपाल कामी, गुलशन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे, हुसैन तलात, बाबर हायात र चाडविक वाल्टन।

May 23, 2025

न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले नवौं पिएम कप एनभिए लिगमा महिलातर्फ विजयी सुरुवात गरेको छ। पोखराको कभर्ड हलमा आज बिहान भएको खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३-० सोझो सेटको जितमा लिगमा सानदार सुरुवात गरेको छ। खेल एकपक्षीय बन्यो। जहाँ न्यु डायमण्डले २५-१३, २५-१० र २५-१० को जित निकाल्यो । आजै महिलातर्फ […]

May 23, 2025

मोड्रिचले रियल म्याड्रिड छाड्ने

एजेन्सी – रियल म्याड्रिडका कप्तान लुका मोड्रिचले सिजनको अन्त्यसँग क्लब छाड्ने निश्चित गरेका‌ छन् ।फिफा क्लब विश्वकपपछि स्पेनिस जायन्ट क्लबबाट उनले बिदा लिनेछन्। सन् २०१८ का बालेन डि’ ओर विजेता ३९ वर्षीय क्रोएसियन मिडफिल्डरले रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा शनिवार रियल सोसिडाडविरुद्धको सिजनको अन्तिम ला लिगा खेल खेल्दै क्लबबाट अन्तिमपटक मैदानमा उत्रनेछन्। ‘त्यो क्षण आइपुगेको […]

May 23, 2025

लखनउले शीर्षस्थानको गुजरातलाई हरायो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ। जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो। ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा […]

Success

Thank you for your time.