default_image

11 months ago

January 16, 2025

आर्सनलले टोटनहमलाई हरायो

368 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ ।

आर्सनलले बिहीवार आफ्नो मैदानमा टोटनहमलाई २-१ गोलले पराजित गरेको हो । आर्सनलका लियान्ड्रो ट्रोसार्डले १ गोल र अर्को गोल आत्मघाती रह्यो । टोटनहमका लागि सन ह्युङ मिनले गोल गरे ।

खेलमा अग्रता टोटनहमले लियो । २५औं मिनेटमा सनले गोल गरे । ४०औं मिनेटमा टोटनहमका डोमेनिक सोलांकेको आत्मघाती गोलले खेलमा १-१ को बराबरी भयो । खेलको ४४औं मिनेटमा ट्रोससार्डले गरेको गोल आर्सनलको लागि निर्णायक बन्यो ।

जितसँगै २१ खेलमा ४३ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको लिभरपुल भन्दा आर्सनल ४ अंकले पछि छ । टोटनहम २१ खेलमा २४ अंकका साथ १३औं स्थानमा छ ।

बिहीवारका अन्य खेलमा न्युक्यासलले वल्भ्सलाई ३-०, क्रिस्टल प्यालेसले लेस्टर सिटी क्रिस्टललाई २-० र एस्टन भिल्लाले एभर्टनलाई १-० ले हरायो ।

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.