default_image

11 months ago

January 24, 2025

निरजलाई पहिलो पटक वेस्टर्न ओपनको उपाधि

540 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल वेस्टर्न ओपनको २५औं संस्करणको उपाधि पहिलो पटक निरज तामाङले जितेका छन् ।

निरजले समग्रमा १-अन्डर २०६ स्कोर जोड्दै जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराए । अन्तिम दिन ४-ओभर ७३ को खराब प्रदर्शनका बाबजुद पनि उनले तीन स्ट्रोकको जित निकालेका हुन् ।

उपाधिसँगै १ लाख ५० हजार जितेका उनको यो करियरको तेस्रो उपाधि हो । यसअघि उनले इस्टर्न ओपन जितेका थिए । गत सिजन उनले काठमाडौं ओपनको उपाधि हात पारेका थिए ।

हिमालयन गल्फ कोर्समा अन्तिम १८ होलको खेल सुरूवात गर्दा निरज भुवन कुमार रोक्का भन्दा मात्र एक स्ट्रोकले अगाडि थिए। त्यसैले फाइनल दिनको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको थियो। तर अन्तिम ग्रुपमा रहेका सुमन र सञ्जय लामले खेल बिगार्दा निरजको जित सहज बन्यो।

पहिलो चार होलमा पार बचाएका निरजले पाँचौं देखि सातौं होलमा लगातार तीन बोगी खेपे। फ्रन्ट नाइन ३-ओभर ३७ मा सकाए। यसपछि १०औं होलमा बर्डी प्रहार गरेपनि ११औं र १८औं होलमा एक-एक सट खेर फाल्दै। ब्याक नाइन १-ओभर ३६ मा पुरा गरे।

दोस्रो दिनको खेल सकिंदा संयुक्तरुपमा पाँचौं स्थानमा रहेका जयरामले इभन-पार ६९ स्कोर गर्दा दोस्रो स्थान प्राप्त गरे। उनले दिनको सुरूवात भने ट्रीपल बोगीबाट गरे‌। लगतै तेस्रो होलमा बोगी खेपे। छैटौं र नवौं होलको बर्डीको सहयोगमा फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। यसपछि ब्याक नाइनमा चार बर्डी र दुई बोगी प्रहार गरे। १०औं होलमा बर्डी प्रहार गरे भने १२औं होलमा बोगीको सामना गरे। यसपछि १५औं देखि १७औं खेलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरे। अन्तिम होलमा एक सट खेर फाल्दा ब्याक नाइन २-अन्डर ३३ मा सकाए। दोस्रो हुँदै उनले नगद एक लाख प्राप्त गरे।

समग्रमा ३-ओभर २१० को नतिजामा भुवन कुमार रोक्काले तेस्रो स्थानमा चित्त बुझाए। आज उनले ७-ओभर ७६ को खराब प्रदर्शन गरे। उनले ७५ हजार पुरस्कार पाए। नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले आज २-अन्डर ६७ को स्कोत दर्ज गरे। समग्रमा ४-ओभर २११ सहित चौथो हुँदा ६३ हजार प्राप्त गरे।

एमेच्योरतर्फ सुरेश तामाङले उपाधि जिते। आज इभन-पार ६९ बनाएका उनले समग्रमा ९-ओभर २१६ सहित सुमन परियारलई दुई स्ट्रोकले हराए। समग्रमा ११-ओभर २१८ सहित सुमन काउन्ट ब्याकमा दोस्रो भए। उनले आज ३-ओभर ७२ स्कोर गरे।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका महाप्रबन्धक केशव प्रधान, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जिवा राम गुरूङले पुरस्कार वितरण गरे।

५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गरी कुल ५२ गल्फरहरूले भाग लिएका थिए। प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रहेको थियो। भोलि प्रो-एम प्रतियोगिता हुनेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.