11 months ago
January 25, 2025
सुशील पन्त क्षेत्री, चितवन
चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आँबुखैरेनी गाउँपालिका विजयी भएको छ ।
आँबुखैरेनीले पेन्गुईन् भरतपुर २४ लाई ३-२ ले हराएको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा आँबुखैरेनीलाई जिताउन योमी फाकुमे, शन्त बहादुर गुरुङ र आकाश थापाले गोल गरे ।
भरतपुर २४ का गणेश हमाल र आशिष तामाङले गोल गरे पनि हार टार्न सकेनन् । आँबुखैरेनीका कप्तान शान्तबहादुर तामाङ प्लेयर अफ दि म्याच भए ।
आँबुखैरेनी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा आइतवार बागमती युथ क्लब सर्लाही र सूर्यपुर एफसी कालिका भिड्नेछन् ।
माघ १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ७ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी छन् ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गरेका थिए।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]