4 months ago
August 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – केल्मी नेपालले सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको नेपाल एपिएफ क्लबसँगको प्रायोजनलाई निरन्तरता दिएको छ ।
केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाले सोमबार सम्झौता पत्र हस्ताक्षर गरेका थिए ।
त्यस्तै केल्मी नेपालले केल्मीको खेल पोशाक र खेल सामाग्रीका एपिएफलाई छुटमा विक्री गर्नेछ । यो छुटको अवधि ५ वर्ष रहने बताइएको छ ।
प्रायोजन र छुट सिनियर महिला/पुरुष फुटबल टोली, महिला /पुरुष भलिबल टोली, पुरुष यु १६ र १८ , ग्रासरुट फुटबल र ब्याडमिन्टनमा लागू हुनेछ ।
सशस्त्र प्रहरी बल, नेपालका बहालवाला, भु.पु. सशस्त्र प्रहरी कर्मचारीहरु तथा आश्रित परिवार, सहादत प्राप्त अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरु, नेपाल एपीएफ स्कुल, सशस्त्र प्रहरी परिवार महिला संघ, नेपाल एपीएफ क्लबमा आवद्ध सदस्यज्यूहरु, खेलाडी, प्रशिक्षकहरुलाई देशभरका केल्मी नेपालका विक्री केन्द्रहरुबाट निश्चित प्रतिशत छुट दिने सम्झौता उल्लेख रहेको छ ।

December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]