4 months ago
August 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – केल्मी नेपालले सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको नेपाल एपिएफ क्लबसँगको प्रायोजनलाई निरन्तरता दिएको छ ।
केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाले सोमबार सम्झौता पत्र हस्ताक्षर गरेका थिए ।
त्यस्तै केल्मी नेपालले केल्मीको खेल पोशाक र खेल सामाग्रीका एपिएफलाई छुटमा विक्री गर्नेछ । यो छुटको अवधि ५ वर्ष रहने बताइएको छ ।
प्रायोजन र छुट सिनियर महिला/पुरुष फुटबल टोली, महिला /पुरुष भलिबल टोली, पुरुष यु १६ र १८ , ग्रासरुट फुटबल र ब्याडमिन्टनमा लागू हुनेछ ।
सशस्त्र प्रहरी बल, नेपालका बहालवाला, भु.पु. सशस्त्र प्रहरी कर्मचारीहरु तथा आश्रित परिवार, सहादत प्राप्त अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरु, नेपाल एपीएफ स्कुल, सशस्त्र प्रहरी परिवार महिला संघ, नेपाल एपीएफ क्लबमा आवद्ध सदस्यज्यूहरु, खेलाडी, प्रशिक्षकहरुलाई देशभरका केल्मी नेपालका विक्री केन्द्रहरुबाट निश्चित प्रतिशत छुट दिने सम्झौता उल्लेख रहेको छ ।

December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]